निको हुँदाको खुशीयाली

सम्पादक
श्रावण २१, २०७७

१. पूर्वी नवलपरासी अर्थात् नवलपुरको रजहरस्थित प्राकृतिक चिकित्सालयमा उपचाररत रहेका कोरोना संक्रमितहरु निको भए पछि नाच्दै गाउँदै रमाउँदै घर फर्किएको समाचारले उत्साह थपिएको छ । कोरोना विरुद्धको लडाई जितेका उनीहरुलाई विदाई गर्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ स्वयम् त्यहाँ पुगेका थिए । उक्त चिकित्सालयमा रहेका संक्रमितहरु मध्ये २३ जना शनिबार निको भई घर फर्किएका हुन् ।

२. संक्रमणबाट निको भई घर फर्किनेमा ५ वर्षीय बालक पनि छन् । नवलपुरमा संक्रमित ३ सय २७ मध्ये ३ सय ६ जना निको भएर घर फर्किएका छन् । त्यस क्षेत्र कोरोना संक्रमितहरुको उपचार प्राकृतिक चिकित्सालयमा भईरहेको छ । योग तथा प्राकृतिक उपचारका माध्यमबाट पनि कोरोना संक्रमण कम गर्न सकिन्छ भन्ने उदाहरण उक्त चिकित्सालयले दिएको छ ।

३. प्राकृतिक चिकित्सालयमा प्राप्त सेवा सुविधाप्रति विरामीहरुले सन्तोष व्यक्त गरेका छन् । त्यहाँका स्वास्थ्यकर्मीले गरेको सेवाको पनि प्रशंसा गरेका छन् । धेरै ठाउँमा विरामीहरुले स्वास्थ्यकर्मीको मुख देख्न नपाइएको र कहिलेकाँही फोनमा मात्र कुरा हुने गरेको गुनासो रहेको पाइन्छ । स्वास्थ्यकर्मीहरु नै संक्रमणबाट त्रसित भएका कारण विरामीले चाहेजस्तो सेवा प्राप्त नभएको पनि हुनसक्छ ।

४. कोरोना संक्रमणको महामारी बढिरहेको छ । लकडाउन खुलेपछि भीडभाड बढ्दै जाँदा संक्रमितको संख्या बढ्दै गएको हो । चाडबाडहरु पनि सुरु भएकाले मानिसहरु बीच भेटघाट बढी हुँदा पनि संक्रमण फैलिन सक्दछ । कहिँ कतै औपचारिक कार्यक्रमहरु पनि भईरहेका छन् ।

५. मानिसहरुमा स्वास्थ्य सचेतना नहुँदा तथा लापरवाही गरिँदा संक्रमण बढ्दछ । अहिले गरिएको सानो गल्तीले पनि भोलि उग्ररुप लिन सक्छ । आफू पनि बाँचौं र अरुलाई पनि बचाऊँ भन्ने मूलमन्त्रलाई व्यवहारमा उतार्नु सबैको कर्तव्य हो, जिम्मेवारी हो । कोरोनासँगको लडाई जितेरै अगाडी बढ्ने प्रतिबद्धता हामी सबैको हुनुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width