कमलपोखरीमा कमल फुल्न देऊ

Avatar सम्पादक
फागुन १७, २०७७

काठमाडौंको कमलपोखरीमा केही वर्षदेखि विवाद बढ्दै गएको छ । वरिपरि ठूल्ठूला भवन बनाएर कमलपोखरीमा पानी कम हुँदै गएको बेला २०७२ सालको भूकम्पले पोखरीलाई ठूलो क्षति बनाएको छ । पोखरी बनाउन काठमाडौं महानगरपालिकाले आफ्नै किसिमको नापनक्सा तयार गरी बनाउन सुरु गरेको थियो । तर स्थानीयवासीले त्यसरी बनाउँदा पोखरीमा पानी नरहने भनेर विरोध गरिरहेका छन् । स्थानीयको विरोध भए पनि महानगरले सौन्दर्यकरण गर्ने नाममा त्यहाँ कंक्रिटको संरचना बनाउन सुरु गरेको छ । महानगरले कंक्रिटको संरचना बनाउन साथ विवादले उग्ररुप लिएको छ । सरोकारवालाले त्यो कंक्रिटको संरचना तोडफोड गरेका छन् ।

कमलपोखरी ऐतिहासिक र सांस्कृतिक महत्वको स्थल हो । यस्तो स्थल निर्माणका लागि पुरातत्व विभागको भूमिका महत्वपूर्ण हुन्छ । तर महानगरपालिकाले पुरातत्व विभागसँग सल्लाह परामर्श गरेको देखिँदैन । त्यसले सुरुमा रानीपोखरा बनाउने क्रममा पनि पुरातत्व विभाग र स्थानीयको चर्काे विवादको कारण त्यो क्रंक्रिटको मन्दिर भत्काएर पुरातत्व विभागको मापदण्ड अनुसार निर्माण गरिएको हो । रानीपोखरी अहिले पुरानै शैलीमा निर्माण गरिएकाले त्यसले सबैको मन प्रफुल्ल बनाएको छ । स्थानीय तथा विषयविज्ञ कमलपोखरी पनि त्यस्तै किसिमले बनाउन जोड दिँदैछन् ।

काठमाडौं महानगरपालिका कमलपोखरीको सौन्दर्यकरणको नाममा नक्कली कमलको फूल बनाएर सजाउने पक्षमा देखिन्छ भने स्थानीय सरोकारवाला कमलपोखरीमा कमलको फूल फुल्न दिनुपर्छ भन्दैछन् । कमलपोखरीमा अझ पनि केही पानी छ । महानगरपालिका त्यो पानी फालेर त्यहाँ सुख्खा गरेर भौतिक संरचना निर्माण गर्न खोज्दैछ भने स्थानीय त्यसरी पानी सुकाएमा पछि पानी भर्न गा¥हो हुने तर्क अघि सार्दैछन् । रानीपोखरीमा पानी सुख्खा गरिएको कारण धेरै माटो भर्नु परेको र खर्च बढी लागेको विज्ञहरु बताउँछन् । कमलपोखरीको विवाद अब स्थानीयको मात्र सरोकारको कुरा रहेन । त्यसमा पुरातत्व विभागको ध्यान पनि आकर्षित भएको छ । निजी क्षेत्रका विज्ञहरुले पनि आफ्नो अनुभव आधारमा सुझाव दिन थालेका छन् । सबै राम्रो गर्ने पक्षमा नै रहेका देखिन्छन् । तर आवश्यक सल्लाह र समन्वयको अभावमा विवाद बढ्दै गएको छ । विवाद थाति राखेर समझदारी र समन्वय गरी सरोकारवाला अघि बढेमा कमलपोखरीको भविष्य सुनिश्चित देखिन्छ । कमलपोखरीमा कमलको फूल नै फुल्न दिनुपर्दछ ।

Related News

सम्बन्धित समाचार

    • मुलुक डुबाउने खेल रोक

      Avatar सम्पादक चैत्र ३०, २०७७
      नागरिकका अधिकार स्थापित गराउने भनेर ल्याइएको संघीयतामाथि कालो बादल मडारिएको छ । नागरिकमा निराशा छाएको छ । राजनीति दलका नेताहरु…
    • वैकल्पिक सरकारका प्रस्ताव

      Avatar सम्पादक चैत्र २९, २०७७
      वैकल्पिक सरकार गठन गरी प्रधानमन्त्री केपी ओलीको सरकारलाई विस्थापित गर्नुपर्दछ भनी लामो समयदेखि कराए तापनि त्यसबारे औपचारिक वार्ता भएको थिएन…
    • सरकारको नेतृत्व गर्न कांग्रेस तयार

      Avatar सम्पादक चैत्र २३, २०७७
      नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे लगत्तै देशको राजनीतिले अर्को…
    • देउवा र प्रचण्डको भेटघाट

      Avatar सम्पादक चैत्र १९, २०७७
      प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगामी भनेर सबैभन्दा बढी र चर्को गरी आलोचना गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…
    • राजनीतिमा विश्वासको संकट

      Avatar सम्पादक चैत्र ९, २०७७
      केही महिनादेखि प्रधानमन्त्री केपी ओलीको चौतर्फी विरोध भइरहेको छ । प्रतिनिधिसभा ब्यूतिएपछि नैतिकताको हिसाबले पनि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्दछ भन्नेहरुको संख्या…

    hero news full width

    sanil ads

    wordlink ads