जीर्णोद्वारले काँक्रे बिहार पुनर्जीवन

सम्पादक
जेठ २०, २०७९

कुनै बेला अत्यन्त महत्वरुपमा रहेको सुर्खेत जिल्लाको बौद्ध सम्पदा काँक्रे बिहार अहिले फेरि चर्चामा आएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम क्षेत्रको भ्रमणक्रममा मंगलबार काँक्रे बिहार अवलोकन भ्रमण गरेपछि बिहारले थप चर्चा पाएको हो । त्यो बिहार पश्चिममा खस साम्राज्य राम्ररी रहेको बेला त्यहाँका मल्ल राजाहरुले निर्माण गरिएको इतिहासमा उल्लेख छ । त्यसबेला त्यहाँका चल्ल–मल्ल राजाहरु सबै बौद्ध थिए । तिनीहरुको राज्यलाई बौद्ध राज्य मानिन्थ्यो । त्यो बिहार भारतको सारनाथको प्रख्यात शिखरशैलीको मन्दिरको प्रतिकृतिमा बनाइएको थियो । १० औं देखि १२ औं शताब्दीसम्म काँक्रे बिहारको ख्याति टाढाटाढासम्म फैलिएको थियो । मन्दिर बुद्ध धर्मको महायान धर्म प्रचार भएको बेला निर्माण गरिएकाले त्यसको वरपर केही हिन्दु देवताको आकृति कुँदिएका ढुंगाहरु पनि त्यहाँ पाइएका छन् । त्यो जे भए पनि नामबारे प्रष्ट छ कि काँक्रे बिहार महत्वपूर्ण बौद्ध सम्पदा हो ।

१३ औं शताब्दीपछि के भएर हो बिहार भत्कियो । र, त्यहाँका मूर्ति कुँदिएका ठूल्ठूला ढुंगाहरु यत्रतत्र अवस्थामा रह्यो । त्यसबेलादेखि त्यो भत्किएको मन्दिर बेवारिसे अवस्थामा रह्यो । २०२८/०२९ सालतिर तात्कालीन राजाले त्यस क्षेत्रको भ्रमण गरेपछि राजाका आज्ञाअनुसार लाटीकोइली गाउँपालिकाअन्तर्गतको त्यस क्षेत्रमा काँडेतार लगाएर संरक्षण गर्ने काम भयो । २०५६ सालतिर त्यहाँ उत्खनन् गरियो । तर उत्खनन्को प्रतिवेदन सार्वजनिक गरिएन । त्यसपछि काठमाडौंका कालीगढहरु लगेर त्यसको जीर्णोद्धार गर्ने काम सुरु भयो । सो काम सिद्धिने क्रममा छ ।

जीर्णोद्धारका साथ काँक्रे बिहारले पुनर्जीवन पाएजस्तै भएको छ । बौद्ध उपासक–उपासिकाहरु तीर्थ यात्राका रुपमा त्यहाँ जाने क्रम बढ्दै छ । बौद्धहरु त्यसलाई धार्मिक सम्पदारुपमा विकास गर्नु पर्दछ भन्दैछन् भने कोही पर्यटकीयस्थलरुपमा लग्न खोज्दैछन् । एकताका काँक्रे विहारकै आसपास बुद्धमूर्ति स्थापना गर्ने कुरामा पनि त्यहाँ विवाद भएको थियो । त्यो विवाद बढ्दै गएपछि त्यहाँ राख्न ल्याइएको बुद्ध मूर्ति प्रहरी थानामा पु¥याइएको थियो भने त्यससम्बन्धी विवाद अदालतमा पुर्‍याइएको थियो । त्यहाँको विकासमा त्यो एक दुर्भाग्यपूर्ण घटना भएको थियो । काँक्रे बिहारको जिर्णोद्धारको काम अन्तिम चरणमा पुगेको छ । त्यो काम छिटो सम्पन्न गरी त्यसलाई उहिले इतिहासकालमा जस्तै धार्मिक तीर्थस्थलको रुपमा विकसित गर्नु पर्दछ । त्यहाँ भएका विवादहरुलाई आपसी सहमति र समझदारीमा टुंंगाएर सौहार्दता र मैत्रीभावनाको स्थिति कायम गरिनु वाञ्छनीय छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width