काहूँकोटमा अन्तर्क्रिया

सम्पादक
श्रावण ६, २०७९

काहूँकोट पर्यटकीयस्थल हो । पोखरा बजारदेखि नजिकै भए तापनि र पोखरा महानगरपालिकाले आफूमा समाहित गरेको भए तापनि यसको समुचित विकास भएको छैन । यसले पर्यटकलाई त्यत्ति आकर्षित गर्न सकेको छैन । पोखरामा पर्यटकको चहलपहल हुनुअघि नै यसलाई पर्यटकीयस्थल बनाउने जमर्को गरिएको थियो । त्यसको लागि २०२० सालतिरै काहूँकोटमा भ्यू टावर निर्माण गरिएको थियो र पर्यटकलाई घोडा चढाएर वरिपरिको रमणीय दृश्यावलोकन गराउँदै कोटमा पुर्‍याउने लक्ष्य राखिएको थियो । काहूँकोटमा भ्यू टावर निर्माण गर्दा सराङकोट र कास्कीकोटमा त्यस्तो कुनै भौतिक संरचना निर्माण भएकै थिएन । तर समयको क्रममा काहूँकोट धेरै पछि परेको महसुस गर्नुपरेको छ । तर समय सधैं एउटै हुँदैन । यसले धेरैलाई आकर्षित गर्दछ र धेरैको ध्यान काहूँकोटमा पुग्दैछ । स्थानीय जनताले यस क्षेत्रमा चहलपहल बढाउन प्रदर्शनी र मेला पनि आयोजना गरेका थिए ।

केही वर्षदेखि काहूँकोटको नामसँग जोडिएर एउटा भरोसालाग्दो बौद्ध परियोजना धम्मकाय बुद्ध मण्डला आउँदै छ । यो परियोजनाअन्तर्गत शाक्यमुनि बुद्धको विशालकाय मूर्ति निर्माण हुँदैछ । ध्यान भावना केन्द्रलगायत पर्यटकलाई आकर्षित गर्ने संरचना र स्थलहरु निर्माण हुँदैछन् । यसको गुरुयोजना तयार भई प्रारम्भिक कार्य सुरु भएको छ । यो महत्वाकांक्षी योजना हो । यो सिद्धाउने निश्चय नै केही वर्ष लाग्नेछ तर सिद्धिए पनि त्यो ठाउँको महत्व नै अर्को हुनेछ । पर्यटनविद्हरु र बौद्ध धर्मावलम्वीहरु यस क्षेत्रलाई के–कसरी आकर्षक र महत्वपूर्ण बनाउने भनेर लागिपरेका छन् । नेपालमा बौद्ध सर्किटको अवधारणा आएको छ । प्रस्तावित बौद्ध सर्किट निर्माण भएमा यो स्थल पनि त्यसमा जोडिने छ । यसको महत्व अरु बढ्ने छ ।

धम्मकाय बुद्ध मण्डलामा बौद्ध कार्यक्रम बराबर हुने गरेका छन् । त्यसको अतिरिक्त अन्य कार्यहरु पनि आयोजना गर्ने गरिएको छ । यसैक्रममा स्वतन्त्र पत्रकार संघ नेपालले त्यही स्थलमा पुगेर साउन ६ र ७ गते काहूँकोटको पर्यटकीय सम्भावनाका विषयमा बृहत् अन्तक्र्रियाको आयोजना गर्दैछ । स्वतन्त्र पत्रकार संघको जिल्ला अध्यक्ष र सचिवहरु तथा केन्द्रीय सदस्यहरु सहभागी भएर गरिने कार्यक्रमलाई महत्वका साथ हेरिएको छ । कार्यक्रममा त्यस स्थलको पर्यटकीय आकर्षणका सम्पदाबारे जानकारी दिने, स्थानीय समस्याको पहिचान गर्ने, सञ्चारकर्मीले खेल्नु पर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामबारे छलफल गरिने कार्यक्रम छ । संघले कार्यक्रमको निष्कर्ष लिपिबद्ध गरी पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई प्रतिवेदन बुझाउने भएको छ । कार्यक्रम महत्वपूर्ण छ । महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पोखरा आउने सम्पूर्ण सहभागीहरुलाई हामी हार्दिक स्वागत गर्दछौं र कार्यक्रमको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width