वन्यजन्तु मैत्री पार्क

सम्पादक
श्रावण १३, २०७७

१. कास्कीको मादी गाउँपालिकामा वन्यजन्तुमैत्री पार्कको निर्माण सुरु भएको छ । पोखरा–सिक्लेस सडक खण्डमा पोखराबाट २० किमी पर रहेको तप्राङ वन क्षेत्रमा उक्त पार्क बन्न लागेको हो । एक हजार सात सय रोपनी रहेको गाउँपालिकाले जनाएको छ ।

२. अन्नपूर्ण संरक्षण क्षेत्रको पदमार्गमा रहेको तप्राङ प्राकृतिक रुपले पनि मनोहर स्थान हो । यस स्थानबाट सिक्लेस, नामार्जुङ गाउँ, मादी नदी र हिम श्रृङ्खलाको दृष्यावलोकन गर्न सकिन्छ । त्यसवाहेक पनि विभिन्न जननातिहरुको बसोबास रहेको यस क्षेत्रमा साँस्कृतिक विविधता पनि रहेको छ ।

३. तप्राङको लेक पहिले देखि मृग, हरिण, झारल, घोरल, खरायो आदि जनवारहरु रहने स्थानको रुपमा प्रसिद्ध थियो । उक्त लेकाली वनमा चरणका लागि घरपालुवा जनवारहरु पनि लगेर छाड्ने चलन थियो । यसैगरी विविधजातिका लेकाली वनस्पति रहेको तप्राङ वन्य सम्पदा सम्पन्न स्थल हो । वनस्पतिबारे अध्ययन गर्नेको लागि पनि सो स्थान उपयुक्त रहेको छ ।

४. वनजन्तुलाई चिडियाखानामा जस्तो थुनेर नराखी खुला रुपमा विचरण गरिरहेको देख्न सकिने गरी निर्माण गरिने उक्त पार्कलाई सानो निकुञ्जको रुपमा लिन सकिन्छ । पार्क भित्रै पैदनमार्ग वनभोज क्षेत्र साना खेलकूद मैदान हाम्रै पहाडी गाउँहरुमा खेलिने लठ्ठे, चौहाली र रोटे पिङ तथा ठेलो हान्ने आदि खेल्न मिल्ने स्थान पार्क किनारामा क्षेत्रमा निर्माण गर्न सकियो भने अरु आकर्षण बढाउने छ । उक्त पार्क निर्माणले पर्यटन बृद्धिमा समेत सघाउ पुर्‍याउने छ ।

५. धेरै अघि देखि पहिरो पीडित बन्दै आएका तप्राङवासीका लागि उक्त पार्कको निर्माणले केही राहत मिल्नेछ । होटल व्यवसाय बढ्न सकनेछ । स्थानीय उत्पादनका वस्तुहरुले वजार पाउनेछन् । त्यसवाहेक दुग्ध तथा मासु उत्पादनका लागि पशुपालन बृद्धि हुनेछ । फलफुल, तरकारी आदि उत्पादनबाट राम्रो आयश्रोत बढाउन सकिनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width