नेपालको राजनीतिमा यो दुर्भाग्य नै भएको छ कि पार्टी फुट्ने रोगले हाम्रो नेताहरुलाई कहिल्यै छोडेन । पार्टी फुट्दा त्यसको असर विकास, निर्माणलगायत सरकारको गठन र सञ्चालनमा के–कस्तो पर्दछ, त्यो उनीहरुलाई थाहा छ । थाहा हुँदा हुँदै पनि तिनीहरु फुट्छन्, फुट्न चाहन्छन् । यो अचम्म र दुखलाग्दो कुरा छ । गत वर्ष चामत्कारिक रुपले एक भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुट्यो र एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी बन्यो । त्यसको असर र प्रभाव कहाँ कसरी पर्यो, त्यो सबैलाई थाहा छ । यतिसम्म कि त्यो फुटले छिमेकी चीनलाई समेत चिन्तित बनायो । जसको लागि त्यहाँका नेताहरु बराबर आएर एकताको प्रयास गर्नु परिरहेछ । एकातिरको स्थिति त्यस्तो छ भने अर्कोतिर अहिले जनता समाजवादी पार्टी विभाजनको संघारमा पुगेको छ । कुनै चमत्कार भएन भने यो साता तिनीहरुको विभाजन निश्चित छ ।
जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईको आपसी विवाद उत्कर्षमा पुगेको छ । तिनीहरु फुटको परिणाम नराम्रो हुन्छ भन्ने पक्षमा छैनन् । फुट्नुमा नै आफ्नो कल्याण देखेका छन् । फुटको रोगले तिनीहरुलाई यत्ति ग्रसित पारेको छ कि यादव पक्षले वीरगञ्जमा र भट्टराई पक्षले काठमाडौंमा आफ्ना केन्द्रीय स्तका नेताहरुको बैठक बोलाएका छन् । त्यसरी आ आफ्नो भनेर बैठक बोलाउनु नै फुट्नका लागि निहुँ खोज्नु हो । त्यति ठूल्ठूला नेताहरु पहिले के हेरेर मिले के भनेर मिलेर अहिले के भनेर छुट्टिन खोजिरहेका छन् यो सर्वसाधारणले बुझ्न नसकिने कुरा भएको छ । पार्टीमा तिनीहरुका आन्तरिक अरु नेताहरु पनि छन्, तिनीहरु के हेरेर बसिरहेछन्, मिलाउने प्रयास किन गर्दैनन्, यो अनौठो कुरा भएको छ ।
जनता समाजवादी यसअघि पनि विभाजित भएको थियो । विभाजित भएर लोकतान्त्रिक समाजवादी बनेको छ । यसअघि २०७६ सालमा तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएर समाजवादी पार्टी बनेको थियो । समाजवादी पार्टी २०७७ मा राष्ट्रिय जनता पार्टीसँग मिलेर जनता समाजवादी बनेको हो । जनता समाजवादीबाट अब के पार्टी बन्छ, त्यो भन्न सकिन्न तर बन्ने कुरा निश्चित प्राय छ । डा. भट्टराईले नयाँ पार्टीको नाम र रुपरेखा तयार गरेको बुझिन्छ । उनले माओवादी छोड्दा एउटा वैकल्पिक पार्टी बनाउने उद्देश्यले पार्टी छोडेका थिए । उनले एमाले र कांग्रेसको वैकल्पिक पार्टी बनाउन धेरै यता र उता गरे, तर जति उनले यताउता गरे, उति उनका साथीहरुले उनलाई छोड्दै गए । यस पटक विभाजन भएमा केही महत्वपूर्ण नेताहरुले उनलाई छोड्ने निश्चित छ । शायद यताउता लाग्दा लाग्दै उनी पनि हैरान भएको हुनुपर्दछ । त्यसैले आजभोलि उनले अब आफ्नो पुस्ता कार्यकारी पदमा बस्नु हुँदैन भन्न थालेका छन् । यो अभिव्यक्तिले उनको भविष्यको केही न केही संकेत गर्दछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१