संसदीय समितिको प्रतिवेदन

सम्पादक
श्रावण १५, २०७९

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो छानबिनको प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेको छ । ११ सदस्यीय छानबिन विशेष समितिलले प्रतिवेदनमा सिसीटिभी फुटेजमा अनाधिकृत व्यक्तिको प्रवेश नदेखिएको भन्दै पूर्व अर्थमन्त्री शर्मालाई सफाइ दिएको छ । प्रतिवेदनमा सफाई दिए तापनि नेकपा एमालेका सांसदहरुले फरक मत राखेका छन् । तिनीहरुले अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको टिप्पणी गरेका छन् ।

त्यसरी गर्ने एमालेका सांसदहरुमा खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकाल छन् । उनीहरुले छानबिनको क्रममा कल डिटेल र मोबाइल लोकेसन उपलब्ध नगराएको छ, बजेट निर्माणको रातिको दृश्य संग्रहित नगरेको, बजेट निर्माणमा संलग्न कर्मचारीहरुको विवरण नदिएको भनी फरक मत राखेका छन् । फरक मत राखे तापनि त्यो त्यत्ति दमदार नभएको टिप्पणी गरिएको छ ।

देशमा घटेका विगतका अन्य काण्डहरु जस्तै यो काण्ड पनि डढेलेको आगो जस्तै गरी फैलियो । सदन र सडकमा अर्थमन्त्री शर्माको राजीनामा मागियो । संसदीय छानबिन विशेष समितिको माग गरियो । वातावरण यस्तो बन्यो कि अर्थमन्त्री शर्माले राजीनामा दिन बाध्य हुनुप¥यो । छानबिन विशेष समिति पनि गठन भयो । तर समय बितेअनुसार अन्य काण्डहरुझैं यो काण्ड पनि सेलाएर जाने लक्षण देखियो । समितिले सर्वसम्मतिले निर्णय गर्न सकेन । छानबिन पनि सत्तापक्ष र विपक्षमा विभक्त भए । छानबिन भन्ने कुरा अर्थात् सत्य र तथ्य सर्वसम्मतिलेले हुनुपर्दथ्यो, त्यो भएन । यसमा पनि अल्पमत र बहुमत भन्ने देखियो । छानबिन समितिले आफ्नो प्रतिवेदन प्रतिनिधि सभामा पेस गरेपछि एउटा औपचारिकता पूरा भएको छ । पूर्व अर्थमन्त्री शर्माले सफाइ पाएका छन् । तर सर्वसाधारणको मनमा लागेको शंकाको दाग हटेको छैन ।

नेपालमा नेताहरु सोझै संलग्न भएको कुनै काण्डको पनि निष्पक्ष छानबिन भएको छैन । कुनै नेताले पनि दोषी भएर सजाय पाएका छैनन् । विगतका ती सबै याद गर्नेहरुले यो काण्ड पनि फासफुस भएर सकिने अनुमान समिति बन्ने बेलै गरेका थिए । तैपनि मानिसको मन न हो, आश गर्ने त्यसको प्रवृत्ति हो । आश गरेका थिए । तर त्यसैबीच प्रतिपक्षी पार्टी एमालेसँग सम्बन्धित एम अधिकारी को विषय बाहिर आयो । त्यो एउटा काउन्टरको रुपमा आएको विषय जस्तो भयो । एउटा विषयमा सत्ता पक्ष प्रतिरक्षात्मक भयो भने अर्को विषयमा प्रतिपक्षी एमाले प्रतिरक्षात्मक स्थितिमा रह्यो । यस्तो स्थितिमा आपसी समझदारी गरी काले काले मिलेर खाऊँ भाले भनेर दुवै पक्षलाई नोक्सान नहुने दुवैको व्यक्तित्व जोगिने र प्रतिष्ठा पनि रहने उपाय गरेको अनुमान पनि छ । यस पटक अर्थमन्त्री र बजेटका सम्बन्धमा धेरै कुरा आएका छन् । यस पटक यो फासफुस भएर गएर पनि पछि बन्ने अर्थ मन्त्रीलाई यसले सबक दिनेछ र बजेटको गोपनीयताको निर्वाह हुने अपेक्षा गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • असन्तोष फैलिँदै गएको समाज

    सम्पादक चैत्र १०, २०७९
    नेपालीहरुले आफ्नै प्रतिनिधिहरुले निर्माण गरेको संविधान पाएका छन् । गणतन्त्र पाएका छन् । धर्म निरपेक्षता पाएका छन् । समावेशी र…
  • द्वन्द्व पीडितलाई न्याय

    सम्पादक चैत्र ९, २०७९
    सरकारले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक संसदमा पेस गरेपछि त्यसको पक्ष र विपक्षमा चर्चा हुन लागेको छ । अधिवक्ताद्वय ज्ञानेन्द्रराज…
  • स्ववियुको महत्वपूर्ण चुनाव

    सम्पादक चैत्र ७, २०७९
    देशको सबभन्दा ठूलो र पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले १४ वर्षपछि यसपटक आफ्नो मातहतका आंगिक र सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन…
  • व्यङ्ग्यकलाकार वात्स्यायनको सम्मोहन

    सम्पादक चैत्र ५, २०७९
    सहरीकरणतिर अघि बढिरहेको पोखरामा दिनहुँ राजनीतिक, धार्मिक, सामाजिक एवं सांस्कृतिक समारोह एवं अनुष्ठान हुने गर्दछन् । ती कार्यहरुले पोखरामा निश्चय…
  • आर्थिक पक्षको महत्व सर्वाधिक

    सम्पादक चैत्र ३, २०७९
    आज उपराष्ट्रपतिको निर्वाचनसँगै देशमा चुनावी श्रृङ्खला एक किसिमले समाप्त भएको छ । सबभन्दा पहिले स्थानीय तहको निर्वाचन भएको थियो ।…

hero news full width