जनार्दनका कठिन दिनहरु

सम्पादक
असार २४, २०७९

आफूलाई राजनीतिका चतुर खेलाडी सम्झेका माओवादी केन्द्रका नेता जनार्दन शर्माले अन्ततः अर्थमन्त्री पदबाट राजीनामा दिन बाध्य भए । उनीमाथि छानबिन गर्न सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरेलगत्तै उनले प्रतिनिधिसभाको बैठकमा बुधबार राजीनामा घोषणा गरेका थिए । सभामुख सापकोटाले गठन गरेको संसदीय विशेष समितिमा लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् । प्रतिनिधिसभाले समितिको सभापति र कार्यविधि चयन गरी १० दिनभित्र सत्यतथ्य बुझेर प्रतिवेदन पेस गर्न म्यान्डेट दिएको छ । संसदीय विशेष समितिले के–कसरी सत्य र तथ्य छानबिन गर्दछ र कहिले प्रतिवेदन पेस गर्छ, त्यो सबैको चासो र जिज्ञासाको विषय भएको छ ।

शर्माले राजीनामा दिने बेलासम्म आफूले बजेट निर्माणको बेला अनधिकृत व्यक्तिलाई बोलाएर करको दर थपघट नगरेको र सिसिटिभीको फुटेज नभेटाएको जिकिर गर्दै आफूमाथि झुठो लाञ्छना लगाएको भन्दै आरोपको खण्डन गरेका छन् । तर घटनाक्रम र पछि अर्थ मन्त्रालयका सचिवलगायत कर्मचारीहरु बिदा बस्दै पलायन हुने जुनक्रम देखियो, त्यसले असाधारण स्थितिको संकेत गरेको छ । उनी अर्थमन्त्री भएसम्म मन्त्रालय नफर्कने गरी बिदा बस्नेहरु पनि देखिए । उनीहरु अर्थमन्त्रीले के निर्देशन दिन्छन् र फेरि के नियम विपरीत काम गर्नु पर्ला भनेर त्रसित भएका पनि देखिए । कर्मचारीहरुमा देखिएको त्यस्तो वातावरणले अर्थ मन्त्रालयभित्र सर्वविधिवत भएका छन्, सबै नियम कानुनअनुसार भएका छन् भन्ने कुरा देखाउँदैन ।

अछामका पृथ्वीबहादुर शाहको नाममा अमेरिकाबाट आएको शंकास्पद रकममा उनले जुन अभिरुचि देखाएर काम गरे त्यसबाट उनको स्वार्थ लोलुपता देखियो र त्यही कारणबाट उनको र राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको सम्बन्ध बिग्रियो उनले गभर्नरलाई निलम्बन गरे तर सर्वोच्चले त्यो निलम्बन खारेज गरिदियो । त्यो घटनाले उनको व्यक्तित्वलाई धेरै धक्का दियो । यस्ता प्रत्येक घटनाले उनको छवि धमिल्याउँदै लगेको थियो र बजेटको घटनाले उनलाई नराम्ररी पछारिदियो तर उनले त्यो कुरालाई गम्भीरतापूर्वक लिएनन् । बजेट निर्माणको बेला अनधिकृत व्यक्तिलाई कोठामा प्रवेश गराएको केश बाहिर आउँना साथ त्यो वास्तविकतालाई भन्न गरेर राजीनामा दिएको भए, यस्तो स्थिति आउने थिएनन् । उनले एकपछि अर्को गल्ती गर्दै गए । प्रत्येक गल्तीले उनलाई मासमा धकेलेको उनले बुझ्न सकेनन् । घमण्ड र बडप्पनले मानिसलाई कहाँबाट कहाँ पु¥याउने रहेछ भन्ने कुरा उनको यो घटनाले प्रष्ट देखाएको छ । आगामी १०÷१५ दिन उनको लागि कठिन दिन हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width