चर्चामा जगन्नाथ पौडेल

सम्पादक
वैशाख १८, २०७९

यस पटकको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका सुरुदेखि नै चर्चित रह्यो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिका मेयर प्रमुख पदमा यस पटक पनि आफ्नी छोरी रेणु दाहाललाई प्रस्ताव गरेदेखि त्यो महानगरपालिका चर्चित रहेको हो । सुरुमा माओवादी केन्द्रका अध्यक्ष दाहालले छोरीलाई प्रस्ताव गरेकाले चर्चित भएको थियो भने पछि माओवादी केन्द्रलाई मेयर पदको उम्मेदवार छोड्न हुन्न भनेर स्थानीय नेपाली कांग्रेसका नेताहरुले जसरी अडान लिए, त्यसबाट चर्चित भएको थियो । भरतपुर विवाद जति पछि भयो, उति बढ्दै गएको छ । विवादकै बीचमा त्यहाँका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले गठबन्धनका साझा उम्मेदवार रेणु दाहाललाई चुनौती दिँदै नगर प्रमुखको उम्मेदवार बनेका छन् । उनलाई मनोनयन फिर्ता लिन राज्य शक्ति नै लागे तापनि उनले उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिएनन् । उनले नाम फिर्ता नलिएकाले उनी देशभरि नै चर्चित उम्मेदवार भएका छन् ।

केही स्थानीय तहमा नेपाली कांग्रेसका लागि उम्मेदवारहरु छन् । तर भरतपुरको आकर्षण बेग्लै छ । भरतपुर माओवादी केन्द्रका अध्यक्ष दाहालको निर्वाचन क्षेत्र पनि हो भने भरतपुर नेपाली कांग्रेसको गढ पनि हो । दुवै पार्टीका लागि भरतपुर महत्वपूर्ण क्षेत्र हो । त्यहाँका कांग्रेसीहरुका अनुसार गत चुनावमा रेणु दाहाललाई छाडेको हो अब पनि छोड्नुको अर्थ सधैंको लागि छोड्नु सरह हुनसक्छ । माओवादी केन्द्रको आफ्नो प्रभाव क्षेत्र बनाए भने भोलि कांग्रेसलाई नै समस्या हुनसक्छ । यी सबै कुरालाई दृष्टिगत गरेर कांग्रेस पार्टीको अस्तित्व जोगाउन बागी उम्मेदवार उठ्नु परेको त्यहाँका पुराना कांग्रेसहरुको भनाइ रहेको छ ।

सत्तामा गठबन्धन गरेका पार्टीहरुले चुनावमा गठबन्धन गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने सम्बन्धमा त्यत्ति छलफल गरेनन् । छलफल गरे तापनि त्यो छलफल तल्लो तह सम्म आएन । माथिका शीर्ष नेताहरुले जे निर्णय गरे, त्यो तल्लो तहकाले मान्नुपर्ने गरी आदेश गरियो । गठबन्धन पार्टीहरुमा पनि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी गठबन्धनको पक्षमा थिए भने कांग्रेसका नेताहरु विपक्षमा थिए । कांग्रेसका नेताहरुले स्थिति केही सम्हालेका छन् । धेरै बागी उम्मेदवारहरुले नाम फिर्ता लिएका छन् तर भरतपुरमा जगन्नाथ पौडेलले जे–जस्तो लोभ लालच देखाए तापनि उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिन चाहेनन् । कांग्रेसका नेता पौडेल राष्ट्रिय सभामा पुगेका व्यक्ति हुन् । उनको निष्ठा, इमानदारिता, कर्तव्यपरायणमा कतै औंला ठड्याउने अवस्था छैन । पदकै लागि उनले मनोनयनपत्र दर्ता गरेका पनि होइन । त्यसमा उनी एक्लै छन् भनेर सोच्नु पनि हुँदैन । अधिकांश पुराना कांग्रेसीहरु उनको पक्षमा छन् । कांग्रेस बचाउनका लागि उनले यो कदम चालेको बताएका छन् । भरतपुरको स्थिति संवेदनशील छ । भोलि के हुन्छ, स्थिति कस्तो हुन्छ, त्यो अहिले भन्न सकिने अवस्था छैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width