सूचना : सार्वजनिक सम्पत्ति

सम्पादक
वैशाख २०, २०७८

विश्वभरका पत्रकारले प्रेस स्वतन्त्रता दिवस मनाउने सुरसार गरिरहँदा नेपाल सरकारको एक निकायले सूचना जारी ग¥यो । जसमा भनिएको छ, काठमाडौं उपत्यका हकका सूचना विभागले जारी गरेको रातो कार्ड र अरु जिल्लाको हकमा प्रमुख जिल्ला अधिकारीले प्रदान गर्ने पास लिएर मात्र फिल्डमा जान पाइने । कोरोनाको महामारी फैलिएका बेला एकातिर यो सूचना ठिकैजस्तो लाग्छ । आधिकारिक परिचयपत्र लिएर मात्र समाचार संकलनका लागि खटिनु रामै्र हो । कोरोनाले पेसा चिन्दैन, मान्छे चिन्दैन, उमेर चिन्दैन । सजग भएको राम्रै हो । तर सरकार आफैं भीडभाड जम्मा गरिहरन्छ । सत्ता टिकाउने नाममा अनेक प्रपञ्च रचिरहन्छ, मान्छे ओसार्छ । अनि पत्रकारलाई भन्छ, रिपोर्टिङ गर्ने हो भने सिडिओले जारी गरेको पास लिएर मात्र बाहिर निस्क । लोकतान्त्रिक मुलुकमा यहाँभन्दा हास्यास्पद विषय अरु के हुन सक्छ । पत्रकार र पत्रकारिताका नाममा कार्डको दुरुपयोग भएको कुरालाई नकार्न सकिँदैन । तर त्यसैका बहानामा पत्रकारलाई कसैको नियत्रणमा राख्न खोज्नु पक्कै पनि स्वीकार्य हुँदैन । यसले प्रेसप्रति राज्यको अनुदार नीति प्रष्ट हुन्छ ।

सन्तर्भः विश्व प्रेस स्वतन्त्रता दिवस

हो, महामारीका कारण पोहोर र अहिलेको प्रेस स्वतन्त्रता दिवस विश्वभरका पत्रकारहरु बाहिर खुलेर मनाउन पाएका छैनन् । विश्वका २ सय १० वटै राष्ट्रमै कोरोना महामारीको प्रभाव छ । त्यसैले त नेपाली मात्र होइन संसारभरका पत्रकार आफ्नो दिवस सीमित घेरामा बसेर मनाउन बाध्य छन् । यसबीचमा फ्रन्टलाइनमा बसेर काम गर्ने थुप्रै पत्रकारले ज्यान गुमाएका छन् । एकातिर संक्रमणले ज्यान गुमाउनु त छँदै छ, अर्कोतिर आर्थिक मन्दीका कारण जागिर गुमाउनु परेको अवस्था पनि भयावह नै छ । वर्षौदेखि काम गरेर जागिर गुमाएकालाई सम्बन्धित संस्थाले दिनुपर्ने सुविधा दिएका छैनन् । विभिन्न बहानाबाजी गरिरहेका छन् । यस्तो अवस्थामा पनि खटिएर काम गरिरहेका पत्रकारप्रति किन राज्य अनुदार हुन्छ ? आखिर किन डराउँछ सरकार पत्रकारसँग ? यही महामारीको बहाना बनाएर राज्य संयन्त्र अनियमिततामा पनि व्यस्त छ । पत्रकारलाई समयमा सही सूचना दिन सरकारी अधिकारीहरु कहिल्यै तयार नै छैनन् । यसको कारण हो, अनियमितता पर्दाफास हुने डर ।

यसपालि विश्वभरका पत्रकार इन्फर्मेसन एज अ पब्लिक गुड अर्थात् सार्वजनिक सम्पतिका रुपमा सूचना भन्ने नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छन् । महामारी र विपद्का बेला अरु समयभन्दा अझै बढी सूचनाको महत्व हुनछ । त्यसका नागि नागरिकहरु आमसञ्चार माध्यमकै भर पर्छन् । तर आफैं सही सूचना पाउन नसकेका पत्रकारले कसरी सही समाचार प्रवाह गर्न सक्छन् र ? अहिले नेपालमात्र होइन पूर्वी एसिया र अमेरिकी मुलकमा सेन्सरसिप, इन्टरनेट बन्द, मनोमानीरुपमा पत्रकारलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपत्कालीन कानुन लागु गरेर प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यास भएका छन् । विश्वसनीय सार्वजनिक जानकारीको पहुँच अरु बेलाभन्दा महामारीका बेला हुने भए पनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुने क्रम बढेको छ । यस्तो अवस्थामा ‘सार्वजनिक सम्पतिका रुपमा सूचना’ भन्ने नाराको उपादेयता झनै बढेर गएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width