भारतीय हेपाहापनको नमूना

सम्पादक
भाद्र २१, २०७८

नेपाल भारतको असल मित्र हो । नेपाल सधैं सबैसँग असल मित्र भएर रहन चाहन्छ । सधैं असल मित्र भएर रहन चाहेकाले नेपालले आफ्नोतर्पmबाट कसैलाई हानि–नोक्सानी हुने काम गरेको छैन र गर्दैन पनि । यो नेपालको विशेषता हो । नेपालले आफूले गरेकैजस्तो मित्रवत् व्यवहार अन्य राष्ट्रहरुबाट पनि होस् भन्ने आशा अपेक्षा गर्दछ । छिमेकी भारतबाट पनि नोपलले यस्तै मित्रवत् व्यवहारको अपेक्षा गर्दछ । तर त्यसको विपरीत छिमेकी भारतबाट बेला–बेलामा नेपाललाई अठ्यारो हुने र नेपालको नोक्सान हुने काम हुने गर्दछ । त्यसले बेला–बेलामा मर्यादापनको प्रर्दशनी, गर्ने भएकाले नेपाली जनतामा त्यसको नराम्रो प्रभाव बढ्दै भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक प्रधानमन्त्री भएर नेपाल आउ“दा नेपालीहरुले हृदय खोलेर उनको स्वागत गरेका थिए । उनले प्रतिनिधि सभा र राष्ट्रिय सभालाई संयुक्त रुपले महत्वपूर्ण सम्बोधन गरेका थिए । त्यसबेला नेपालका जनता र जनप्रतिनिधि तथा सरकारले भारतलाई धेरै सहयोग र सद्भावको अपेक्षा गरेका थिए तर त्यसको लगत्तै केही महिनापछि भारतले सीमा नाकाबन्दी गरेर नेपालीहरुले कहिल्यै बिर्सन नसकिने खराब व्यवहार गर्‍यो । त्यसबाट नेपालीहरुले धेरै दुःख भोग्नु पर्‍यो ।
भारतीय जनता पार्टी हिन्दु धर्ममा आधारित पार्टी भएको र नेपालमा अधिकांश हिन्दु धर्मावलम्बीहरु भएकाले त्यो पार्टीको सरकारले नेपालमाथि थिचोमिचो गर्ला, हेपाहा प्रवृत्ति प्रदर्शन गर्ला र नाकाबन्दी नै गर्ला भनेर नेपालीहरुले सोचेकै थिएनन् । केही हिन्दुवादी संगठनहरुलाई भारतमा भारतीय जनता पार्टीको सरकार गठन हुँदा आफ्नो खुसी जाहेर गरेका थिए र त्यसको प्रभावले नेपालमा हिन्दु राष्ट्र फर्कने आशा पनि गरेका थिए । त्यसबेला केही संगठनहरुको सक्रियता हेर्न लायक थियो । केही साधु, सन्यासीहरुले भविष्यवाणी गरेर हिन्दु राष्ट्र फर्कने तिथि मितिसमेत घोषणा गरेका थिए । यस्तो सहयोगको अपेक्षा गर्ने नेपालीहरुले के पाए भन्ने प्रश्न चिन्ह खडा भएको छ ।
नेपालमाथि नाकाबन्दी गर्ने त्यो सरकारले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा लामो समयदेखि आफ्नो सैनिक राखेको छ । सीमावर्ती क्षेत्रमा एकतर्फी बाँधलगायत भौतिक संरचना बनाएर वर्षामा नेपाली भूमि जलमग्न गर्ने गरेको छ । सीमा क्षेत्रका नेपाली जनता पीडित भएकोतर्फ सरकारले स्थलगत अवलोकन गर्ने र समकक्षीसँग समेत छलफल गरी समस्या सुल्झाउनतर्फ सरकार सक्रिय नभएको गुनासो पनि जनताबाट आउने गरेको छ ।
नेपाल र भारतका प्रबुद्ध वर्गले तयार पारेका दुई देशको सन्धि सम्झौता आदि विषयका प्रतिवेदन बुभ्mनसमेत मानेको छैन । अहिले फेरि नेपालको पश्चिमी क्षेत्रमा बिना इजाजत हवाईजहाज उडाएर एक किसिमको आतंक पैmलाउने काम गरेको छ । बिना इजाजत त्यसरी नेपालमा हवाईजहाज उडाउनु अन्तर्राष्ट्रिय उड्डयनको नीति नियम विपरीत हो । त्यो अन्याय हो, अत्याचार हो । त्यो विरोध भइरहेछ । त्यो विरोधमा हामी पनि ऐक्यबद्धता जनाउन चाहन्छौं र त्यो गैरकानुनी काम तुरुन्त रोक्नुपर्नेमा जोड दिन चाहन्छौं । नेपाल सरकारले पनि यसबारे तत्कालै कूटनीतिक पहल गरी समाधान गर्नेतर्फ लाग्नुपर्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width