स्वतन्त्र पत्रकार संघको कार्यशाला

सम्पादक
मंसिर १३, २०७८

स्वतन्त्र पत्रकार संघ, कास्कीको आयोजनामा स्थानीय रामबजारस्थित कालिका नमूना विद्यालयका विद्यार्थीलाई उद्घोषण तथा नेतृत्व विकास कार्यशाला भएको छ । कार्यशाला २ दिनसम्म चलेको थियो । उद्घोषण तथा नेतृत्व विकासजस्तो ठूलो र गहन विषयलाई २ दिनको कार्याशाला प्रशस्त नहुन सक्छ, तर कार्यशालाले विद्यार्थी सहभागीलाई ती विषयका आधारभूत परिचय दिएको छ । संघले विद्यालयमा अनुगमनको कार्यक्रम राखी त्योभन्दा स्तरीय प्रशिक्षण दिनु आवश्यक छ । सहभागीहरुले स्वतन्त्र पत्रकार संघको परिचय पाएकोमा पनि खुसी प्रकट गरेका छन् ।
स्वतन्त्र पत्रकार संघभन्दा धेरैले पत्रकारहरु आफै स्वतन्त्र हुन्छ, होइन र भनेर पनि सोध्ने गरिन्छ । वास्तवमा पत्रकारहरु स्वतन्त्र हुनुपर्दछ र हुन्छन् तर हामीकहाँ पार्टीका मात्र संगठनका रुपमा पत्रकार संघ भएकाले स्वतन्त्र पत्रकार संघ भनेर नाम नै स्वतन्त्र राखिएको हो । कुनै बेला हाम्रो देशमा राजनीतिक पार्टीहरु प्रतिबन्धित हुँदा राजनीतिक सन्देश बोकेर पत्रकारहरुले काम गर्नु परेको थियो । तर अहिलेको परिस्थिति त्यस्तो छैन । विचार प्रधान पत्रिका भनेर कुनै राजनीति पार्टीको सिद्धान्त र सन्देश प्रवाह गर्नु पत्रकारलाई सुहाउँदैन । मिसन पत्रकारिता आज युगमा नसुहाउने र आवश्यक पनि नभएकाले कतिपय विचार प्रधान भनेर छापिने साप्ताहिक पत्रिकाहरु बजारमा देखिन छाडेका छन् । तैपनि पार्टीहरुले पत्रकारहरुलाई आपूmतिर तान्ने प्रयास भने गरिरहेका छन् । कुनै पार्टी विशेषमा नलाग्नु नै स्वतन्त्र हुनु हो । स्वतन्त्र पत्रकार संघको गठन पनि त्यस्तै आवश्यकताको एक परिणाम हो । स्वतन्त्र पत्रकार संघ, पोखरामा स्थापना भएको हो । यसले क्रमशः आफ्नो शाखा बिस्तार गरिरहेको छ ।
स्वतन्त्र पत्रकार संघ कास्कीले कार्यशालामा राखेको विषय व्यापक महत्वपूर्ण छ । विद्यार्थीहरुले किताबी ज्ञानमात्र लिएर हुँदैन । संगठन गर्न पनि सिक्नु पर्दछ र भाषण गर्न सिकिन्छ । हाम्रो नेतृत्व विकास गर्न भाषणले अहम भूमिका खेल्दछ । मीठो बोल्ने मानिसलाई सबैले रुचाउँछन् । उसको कुरा सबैले सुन्छन् र सुनेर ऊतिर आकार्षित पनि हुन्छन् । त्यसरी आकर्षित गर्न सक्नु पनि एउटा कला हो त्यो कलाको विकासका लागि केही आधारभूत कुराहरु सिक्नुपर्दछ, जान्नु पर्दछ । त्यस्ता कुराहरु पछि सिक्नुभन्दा विद्यालयबाटनै सिक्नु राम्रो हुन्छ । फेरि अहिले सिकेको त्यो ज्ञान हमी ठूला हुँदै गएपछि त्यो ज्ञान पनि विकास हुँदै जान्छ । यस्तो कुरालाई पछि सिकौंला भनेर बस्नुहँुदैन, आजको प्रतिस्पर्धाको युगमा पछि गरौंला भन्नेहरु धेरै पछि परेका छन् । जसले हान्यो, उसले जान्यो भनेभैmं विद्यार्थी अवस्थामा नेतृत्व गर्नेले पछि पनि नेतृत्व गर्न सबल र सक्षम हुन्छ । त्यसो भएकाले स्वतन्त्र पत्रकार संघ, कास्कीले विद्यालयमा आयोजना गरेको कार्यशाला उपयुक्त र सम–सामयिक छ । त्यसको अनुगमन गरी कार्यशालालाई अरु व्यापक र विस्तृत पार्दै लग्न सकियो भने त्यसले राम्रो प्रतिफल दिने आशा गर्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width