विपद्को मारमा हाइड्रो

सम्पादक
असार ४, २०७८

मनसुनको सुरुआती दिनमा परेको घनघोर पानीले सानातिना खोल्सा पनि उर्लेर आएका छन् । मानवीय र भौतिक क्षति भएको छ । बाढीको मारमा यतिबेला जलविद्युत गृहहरु परेका छन् । रनअफ दि रिभर प्रणालीमा बनाइएका हाइड्रोहरु जहिले पनि जोखिममै हुन्छन् । नदी तिरमै पावरहाउस र अरु संरचना बनाउनुपर्ने भएकाले जोखिम हुने त भइ नै हाल्यो । मादीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकास्थित ४ वटा हाइड्रोपावरमा क्षति पुर्‍याएको छ । विद्युत उत्पादन गरिरहेका ३ र बन्दै गरेको १ हाइड्रो कम्पनीमा बाढीले क्षति पुर्‍याएपछि लगानीकर्ता अहिले टाउको समाउन बाध्य छन् । सिक्लेस हाइड्रो, सुपर मादी र हिमालयन हाइड्रो नामार्जुङ साथै अपर मादी हाइड्रोमा बाढीले ठूलै क्षति पु¥यायो ।

सिक्लेस, नामार्जुन र अपर मादीले उत्पादन सुरु गरिसकेको थियो । ४४ मेगावाटको सुपर मादीको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको थियो । सिक्लेस हाइड्रोको त पूरै संरचना नै बगाएको छ । पावर हाउसमा पानी छिरेको भएर विद्युत उत्पादन भएको छैन । सिक्लेस हाइड्रोको विद्युत प्रयोग गरिरहेका वडा १ र २ का बासिन्दा अँध्यारोमा छन् । निर्माणको चरणमा रहेको सुपर मादीमा निर्माण सामग्रीसहित संरचना र गाडी बगाएको छ । बाढीले सुपर मादी हाइड्रोमा १ अर्ब रुपैयाँभन्दा बढी क्षति पुगेको कम्पनीको दाबी छ । १० चक्के ट्रक, १ एक्साभेटरसहित निर्माण सामग्री बगाएको छ । बाढीकै कारण मादीको तटीय क्षेत्रका हुगु, सोंदा, ज्याउदु, भगवतीटारलगायत गाउँका घर जोखिममा परेका छन् ।

जलवायु परिवर्तकै असर होला केही वर्ष यता अनावृष्टि, अतिवृष्टि हुने गरेको छ । त्यसो त प्राकृतिक विपत्तिलाई रोक्न सकिँदैन । तर योजना निर्माणका क्रममा आयोजनास्थलको भौगोलिक अवस्था, जोखिमको लेखाजोखाका बारेमा अध्ययन गरिएको हुन्छ । अनि नदीमा बाढी आउँदा कहाँसम्म असर गर्ने हो, त्यसबाट जोगिनका लागि के कस्ता उपाय अपनाउनुपर्ने हो, ती सबै विषयमा मिहीन रुपमै हेरिन्छ । तर पनि पहाडी क्षेत्रमा बनेका हाइड्रोहरुमा बर्सेनि क्षति हुने गरेको छ । यसमा कतै इन्जिनियरिङ त्रुटि त होइन भन्ने आशंका पनि उब्जेको छ । लागत घटाउने नाममा नदीको छेवैमा संरचना बनाउने गर्दा यसले कालान्तरमा खर्च बढाउने नै हो । त्यसैले यस्ता योजनाहरु निर्माण गर्दा सुरुमा चनाखो हुन जरुरी छ । सरकारी निकायले अनुमगन पनि त्यही अनुसार गर्नुपर्छ । क्षति भइसकेको छ । अब त्यसबाट मर्कामा परेका लगानीकर्तालाई हेर्ने दायित्व सरकारको पनि हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width