गुरुङ भाषाको सम्मान

सम्पादक
माघ १३, २०७७

गुरुङ भाषाका आदिकवि हर्कबहादुर गुरुङको सालिक कहाँ राख्ने कसरी राख्ने भन्ने लामो समयदेखिको विचार–विमर्श टुङ्गाउँदै गुरुङहरुको बाहुल्य भएको जिल्ला स्याङ्जाको फेदीखोला–१, रामकोटमा आदिकविको सालिक अनावरण गरिएको छ । आदिकवि गुरुङको ८४ औं जन्मजयन्तीका दिन आइतबार गण्डकी प्रदशेका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो सालिक अनावरण गरेका हुन् । हर्कबहादुर गुरुङ विक्रम सम्बत् १९९३ साल माघ १ गते स्याङ्जामा जन्मेका थिए । उनी किशोरावस्थादेखि नै गुरुङ भाषामा कविता लेख्थे । उनले आफूले रचना गरेका कविता आफैले लयमा हाल्थे । आफैले गीत गाउँथे । जुनबेला गुरुङ भाषा लोपोन्मुख थियो । त्यही बेला उनले गुरुङ भाषामा गीत गाएर भाषाको उत्थान गर्ने प्रयास गरेका थिए । धनबहादुर सरल थिए, सोझा थिए । आफ्नो जीवन निर्वाहका लागि भूमि सुधार मन्त्रालयमा नापी शाखामा काम गर्दथे । उनी २०६७ साल साउन १ गते उनी दिवंगत भएका थिए । उनको कामको उच्च मूल्यांकन गरेर उनलाई ठूलो श्रद्धाका साथ सम्मान भएको छ ।

उनको गीतमा एकातिर माया प्रीतिका कुरा हुन्थ्यो भने अर्काेतिर जातीय उत्थानका लागि शिक्षामा जोडदिनु पर्दछ भन्ने सन्देश हुन्थ्यो । त्यसका साथै विदेश नजाउ भनेर पनि उनले धेरै जोड दिने गर्दथे । उनले गाउँ–गाउँमा र मेला र महोत्सवहरुमा गति गाएर आफ्नो सन्देश सम्प्रेषण गर्दथे । उनले साढे तीन दर्जन भन्दा बढी गीत गाएर आफ्नो विचार व्यक्त गरेका थिए । पछि ती गीतहरुको रेकर्डनै भयो । पोखराको डाँफे कला मन्दिरले रेकर्ड गरेपछि ती गीतहरु धेरै लोकप्रिय भए । उनको महत्व बढ्दै गयो । ठूलो समारोहको आयोजना गरी उनलाई आदिकवि घोषणा गरियो ।

जति गुरुङ जातिको महत्व बढ्दै गयो र जति गुरुङ भाषाको उत्थान हुँदै गयो, उति उनको महत्व पनि बढ्दै गएको छ । उनको नाममा हर्कबहादुर गुरुङ प्रतिष्ठान बनेको छ । उनको नाममा स्मृति पार्क निर्माणका लागि फेदीखोला गाउँपालिका उनको सालिक रहेको ठाउँमा २ रोपनी जमिन प्रदान गरेको छ । उनको महत्व नेपालमा मात्र बढेको होइन । भारतको सिक्किममा पनि उनको ठूलो सम्मान गर्ने गरिन्छ । सिक्किमको विद्यालयमा उनको जीवनी पढ्नु पर्ने व्यवस्था गरिएको छ । त्यो कुरा कुनै पनि नेपालीका लागि गौरवको विषय हो । फेदीखोला गाउँपालिकाले पनि आफ्नो विद्यालयको पाठ्यपुस्तकमा उनको विषय राख्ने भएको छ । जसरी होस् आदिकविको योगदानलाई स्मरण गर्नु सकारात्मक पक्ष हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width