सरकारको काममा हस्तक्षेप नगर

सम्पादक
कार्तिक २६, २०७८

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ खाएलगत्तै गठबन्धनमा सामेल ५ दलले राजनीतिक संयन्त्र गठन गर्न लागेको समाचार प्र्रवाह भएको थियो । प्रधानमन्त्री देउवाले यस्तो समितिले आपूmलाई अनावश्यक दबाब दिने सम्झेर त्यसलाई पन्छाउँदै थिए भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल त्यस्तो समिति बनाउन लागिपरेका थिए । अहिले आएर गठबन्धनका ५ दलले प्रत्येक दलका २/२ जना रहने गरी उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गरेका छन् । समन्वय समितिमा ५ दलका १/१ जना २ महिनाको लागि संयोजक रहने व्यवस्था छ । त्यसको पहिलो संयोजक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भएका छन् ।
सत्तारुद दलहरुले यो राजनीतिक समन्वयमा समिति गठन गरेको समाचार प्रकाशित हुनासाथ त्यसको व्यापक विरोध भएको छ । त्यसरी विरोध गर्नेहरुले त्यो समन्वय समितिलाई नेपालको संविधानले नचिनेको गैरसंवैधानिक शक्ति केन्द्र पनि भनेका छन् । त्यसरी विरोध गर्नेहरुले पञ्चायतकाललाई सम्झाएको पनि उल्लेख गरेका छन् । पञ्चायतकालमा यस्तै तर भूमिगत समिति हुन्थ्यो । जसले सत्ता र प्रशासनलाई नियन्त्रण गर्दथ्यो । अपारदर्शी सत्ता चाहने र सरकारलाई सधैं मानसिक दबाब दिएर सरकारमा आफू हाबी हुनेले यस्तो अभ्यास गर्ने गर्दछन् । नेकपा विभाजित गर्ने बेलामा पनि केही हदतक यस्तै गैरसंवैधानिक कामको भूमिका खेलेको थियो । त्यसबेला प्रधानमन्त्री फेर्नु थियो भने संसदीय दलको बैठक बोलाएर संसदीय दलमार्फत प्रधानमन्त्री फेर्न सकिन्थ्यो । तर प्रजातान्त्रिक र संवैधानिक बाटो रोजिएन । पार्टीका विभिन्न समितिको बैठकबाट राजीनामा माग्ने काम भयो । प्रजातान्त्रिक र सोझो बाटो किन रोजिएन ? यो प्रश्न अहिले पनि उठ्ने गरेको छ ।
प्रधानमन्त्री देउवासँग ५ दलका शीर्षनेताले बेला मौकामा भेटेका छन् र आइपरेका समस्या सम्बन्धमा विचार विमर्श गर्ने गरेका छन् । जुन कुरा समाचारमा बराबर आइरहेका छन् । त्यसरी भेटेरे नभएर संयन्त्र बनाएर संयन्त्रमार्फत भेट्नु र संयन्त्रमार्फत सुझाव दिनु सरकारभन्दा ठूलो सुपरपावर बनाउनु हो । जुन कुरा गैरसंवैधानकि हो । प्रधानमन्त्रीको सल्लाह परामर्शको लागि विभिन्न विषयका सल्लाहकार हुन्छन् । उनीहरुले सल्लाह सुझाव दिने गर्दछन् । तर यो संयन्त्रले कुन हैसियतले सरकारलाई सल्लाह सुझाव दिन खोजिएको हो, त्यो प्रष्ट छैन । यो समितिले सरकारलाई बलियो पार्ने होइन, कमजोर पार्नेछ । त्यसले सरकारको काममा हस्तक्षेप गर्नेछ । अझ प्रष्टरुपमा भन्दा राम्रो गर्ने होइन, नराम्रो गर्नेछ । सरकारलाई कमजोर पार्नेछ । कसको के स्वार्थ पूरा गर्नेका लागि यो संयन्त्र निर्माण गरेको जस्तो देखिन्छ । अन्यथा जनाताबाट आमनिर्वाचनमा हारेकालाई राखेर कस्तो सकारात्मक कामकुराको अपेक्षा गर्ने एउटा ठूलो प्रश्न बनेर आएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width