‘ग्लास व्रिज’ को योजना

सम्पादक
असाेज २६, २०७७

१. पोखरा महानगरपालिकाको वडा नं. ९ र ११ लाई जोड्ने महेन्द्रपुलबाट देखिने सेती नदीको गल्छी पर्यटकहरुको आकर्षण स्थल बन्दै आएको छ । बाहिरबाट आउने र आन्तरिक पर्यटक मात्र होइन त्यही बाटो भएर हिड्नेहरु पनि दिनहुँ सेतीको गहिराई हेरेर आनन्द लिने गर्छन् । हिमालबाट आएको दुध जस्तै देखिने पानी भएको सेतीनदी साँघुरो ठाउँबाट बगेको देख्दा जो कसैको पनि मन लोभिन्छ ।

२. हालको पक्की पुल तत्कालीन पोखरा नगरपालिकाले २०४६ सालमा बनाएको हो । पोखरामा सेती सिंचाई आयोजनाको नहर बनाउन आएको चिनिया ठेकेदार कम्पनीले त्यो पुल बनाएको थियो । त्यस अघि फलामे पुल थियो । राजा महेन्द्रको पालामा २०१८ सालमा बनेको उक्त पुल साना गाडी गुड्दा धेरै हल्लन थालेपछि पक्की पुल बनेको हो । २०१८ सालको फलामे पुल अघि झण्डै ५० मिटर तल काठको पुल थियो ।

३. मुस्ताङ, म्याग्दी, बालगुङ, पर्वत देखि पोखरा भएर काठमाडौं जाने मुख्य मार्गमा रहेको सो पुल कोठे साँघु भनेर चिनिन्थ्यो । त्यस ताका कोठे साँघु मुख्य नाका कै रुपमा थियो । सेती नदीमा त्यस वाहेक नजिक अरु कुनै पुल थिएन । कोठे साँघुकै कारण वारी साँघुमुख र पारीपट्टी रानीपौवा बजार बनेको थियो । कवि शिरोमणि लेखनथ पौडेलको पूर्व स्मृति कवितामा–‘कोठे साँघु बजारको झिलीमिली मीठा उखु सुन्तला’ भन्ने पद्याशंले पनि त्यतिखेरको बजारको अनुमान गर्न सकिन्छ ।

४. पुराना वस्तुहरुको संरक्षणको कुरा चल्दा कोठे साँघु पनि पोखराको ऐतिहासिक महत्वको स्थान भएकोले यसलाई पनि संरक्षण गर्नुपर्ने आवाज उठ्यो । सीसाको पुल हाल्दा सेती गहिराई हेर्न पर्यटकहरु आउन सक्छन् भन्ने कुराले ग्लास व्रिज राख्ने सुझाव आयो । प्रदेश सरकारले योजना पनि बनायो । तर प्राविधिक नभएको वाहाना बनाएर योजना रोकियो । स्यानीयले भने ग्लास व्रिजका लागि पहल छाडेका छैनन् ।

५. साँघुमुखको संरक्षणको लागि वातावरण मैत्री उपभोक्ता समिति पनि गठन भएको छ । समितिले उक्त स्थानलाई सरसफाई गर्दै आएको छ । साथै सो स्थानमा पार्क निर्माण गरी पुलका विरुवा रोप्ने कार्य पनि अघि बढाएको छ । पहिले माथि महेन्द्रपुलबाट तल हेर्दा उक्त स्थानमा फोहोर थुप्रिएको देखिन्थ्यो । अहिले सरसफाई भएको छ । पार्क बन्दा अझ सौन्दर्य बढ्नेछ । ग्लास व्रिज बन्ने वातावरण पनि सिर्जना हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width