यथार्थमा आधारित घोषणापत्र बनाऊ

सम्पादक
वैशाख १३, २०७९

राजनीतिक पार्टीहरुले स्थानीय तहको आसन्न निर्वाचनलाई दृष्टिगत गरेर आ–आफ्नो घोषणा पत्र, प्रतिबद्धतापत्र संकल्पपत्र आदि जारी गरेका छन् । ती पार्टीहरुले जारी गरेका घोषणा पत्रहरु विगतका तिनीहरुका घोषणा पत्रसँग सँगै राखेर हेर्दा हाम्रा नेताहरु कति हावादारी कुरा गर्दा रहेछन् भन्ने कुरा प्रष्ट हुन्छ । तिनीहरुको हिजोका घोषणापत्र पढ्दा र तिनीहरुका प्रतिनिधिहरुले गरेका कामहरु हेर्दा तिनीहरु आफैं लज्जित हुनुपर्ने अवस्था छ । त्यसरी लज्जित हुनुपर्ने अवस्था आएकाले होला तिनीहरुले यसपटकको घोषणापत्र हिजोको जस्तो असम्भव कार्यहरु गर्ने र धेरै सपना बाँड्ने काम त्यत्ति धेरै गरेको भने देखिएन । तैपनि अहिलेको घोषणापत्र पनि व्यावहारिक छैनन् । निर्वाचित जनप्रतिनिधिहरुले गर्न सक्छन् भन्ने छैनन् । सपनाका कुरा अहिले पनि धेरै छन् ।

घोषणापत्रमा सामाजिक महामारीको रुपमा फैलिएको भ्रष्टाचार हटाउने कामलाई महत्व दिएको देखिएन । अख्तियार दुरुपयोग निवारण आयोगले पटक–पटक स्थानीय तहमा भ्रष्टाचार र अनियमितता बढेको टिप्पणी गरेपछि त्यतातिर नेताहरुको ध्यान जानु पर्दथ्यो । पालिकाहरुले आन्तरिक प्रशासन सुधार्ने चुस्त र फुर्तिलो पार्न सके सेवाग्राहीलाई सुविधा हुने र विकास निर्माणको काम छिटो छरितो किसिमले सम्पादन हुन जान्छ । त्यसमा मितव्ययिता भए त्यो उदाहरणीय हुन जाने देखिन्छ । घोषणा पत्रमा वितरणका कुरा धेरै गरेर मतदाताहरुलाई लोभ्याउने काम गरेको देखिन्छ । तर रोजगारीको सिर्जना गर्ने, उत्पादन बढाउने काममा जोड दिएको देखिएन । स्थानीय तहको विशेषता के–के हुन् त्यसको पहिचान गर्ने, शक्ति र सामथ्र्य के छ, त्यो हेरेर कार्यक्रमहरु राख्ने गरिएमा त्यस्तो कार्यक्रम सफल हुन्छ ।

घोषणापत्रमा अझ पनि सपनाका कुरा छन् । सपनामा मात्र हामी बाँच्न सक्दैनौं । हामी बाँच्नु पर्ने यथार्थ धरातलमा हो । व्यवहारमा हो । हिजोको जस्तो आकाशको तारा खसाल्ने कुरा नगर्नु नै बेस हुन्छ । पोखरा महानगरपालिकाजस्तो साधन र स्रोत भएको संस्थाले डम्पिङ साइट हटाएर नयाँ ठाउँ खोज्न सकेन । बसपार्कको अवस्था दयनीय छ । त्यसलाई कसैले केही गरेन । फेवाताल स्वच्छ, सफा राख्ने, त्यसको संरक्षण गर्ने भनेर धेरै वर्षदेखि पार्टीहरुको घोषणापत्रमा उल्लेख थियो । तर त्यो विषयमा कसैले ठोस काम गरेन । खुब धेरै काम देखाउनेले पनि समिति गठन गरी बसे । जति समिति गठन ग¥यो उक्त फेवातालको क्षेत्रफल घट्दै गएको छ । यो बिडम्बनाको कुरा भएको छ । यस्तो अन्यत्र पनि धेरै ठाउँमा भएका छन् । घोषणापत्रमा लेखेको र गर्न सकिने यस्ता धेरै काम स्थानीय तहले नगरेका धेरै उदाहरण छन् । पदाधिकारीहरु प्रशासनको जञ्जालमा मात्र फस्दा त्यसको परिणाम के हुन्छ भन्ने यी केही उदाहरण हुन् । त्यसकारण घोषणापत्र यथार्थमा आधारित हुनुपर्दछ र कार्यान्वयन गर्न सकिने किसिमको हुनुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width