नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला असंवैधानिक किसिमले प्रतिनिधिसभा भंग गरेपछि एकजुट भएको पाँचदलीय गठबन्धन सरकारले १ वर्ष बिताएको छ । गठबन्धन सरकारले स्थानीय तहको चुनावमा सम्पन्न पनि गरिसकेको छ । गठबन्धन सरकारमा रहेका पार्टीहरुले आपसमा गठबन्धन गरी चुनाव लडे । चुनावमा तिनीहरुले अपेक्षाकृत जीत हासिल गरे । तिनीहरु आगामी संसदको निर्वाचनमा पनि तालमेल गरेरै चुनाव लड्ने तयारीमा छन् । गठबन्धनका सम्बन्धमा जसले जे भने तापनि यो गठबन्धन सरकार चुनावसम्म जाने निश्चितप्रायः छ ।
यो गठबन्धनको विरोधमा धेरैले धेरै किसिमको अभ्यास गरे । खास गरेर सिद्धान्तवादी कम्युनिष्टहरु कम्युनिष्ट–कम्युनिष्ट मिल्नु पर्दछ भनेर पसिना पनि बगाए । अर्कोतिर समाजवादी फोरमको कुराले पनि केही समय बित्यो तर परिणाम पनि केही निस्केन । ती कुरा कतिपयले नेपाली कांग्रेससँग बार्गेनिङ गर्ने प्रायोजन गरिएको विषय पनि ठाने । त्यो जे भए पनि अहिले बाहिर ती दुवै विषय सुस्ताएको छ । उता गठबन्धनका नेताहरु भने चुनावी गठबन्धनका लागि आफ्नो छलफल सुरु गरेका छन् । गठबन्धनको आकर्षण बढ्दो छ । साना पार्टीहरु पनि गठबन्धनको छहारी खोज्देै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष जान थालेका छन् । यस्तो वातावरण बन्दै छ कि कोही न कोहीसँग तालमेल नगरी चुनाव जित्न सकिंदैन कि भन्ने वातावरण बन्दैछ । कोहीसँग तालमेल नगर्ने भनी अघि बढेको नेकपा एमाले पनि तालमेलका लागि साना पार्टीहरु खोज्दै छ ।
स्थानीय चुनावमा गठबन्धन सफल हुन्छ कि हुन्न भन्ने थियो । गठबन्धन पूर्णरुपले सफल त भएनन् तर जे जति सफल भयो र उनीहरुले जे जति परिणाम प्राप्त गरे, त्यसबाट तिनीहरु सन्तुष्ट छन् । त्यसै भएर तिनीहरु संसदको चुनावमा पनि गठबन्धन गरेर अघि बढ्नु पर्दछ भनेर उत्साहसाथ लागेका छन् । पहिले कांग्रेसका केही नेताहरु पनि गठबन्धनप्रति सकारात्मक थिएनन् तर अहिले गठबन्धनको औचित्य र आवश्यकताबारे बोल्न थालेका छन् । गठबन्धनप्रति एउटा भरोसा उत्पन्न भएको छ । त्यसैले लोकतान्त्रिक समाजवादी पार्टी लगायतका पार्टीहरु गठबन्धनतिर आएमा तिनीहरुको भविश्य सुरक्षित देखेका छन् । तैपनि अहिले चुनावको स्थिति कस्तो हुन्छ, वातावरण कस्तो हुन्छ, नभए पार्टी र स्वतन्त्रहरुको भूमिका के हुन्छ, ती अहिले नै आकलन गर्न सकिंदैन । राजनीति पनि एक खेल हो । खेलको परिणाम रातारात परिवर्तन हुन सक्छ । यो कुरा राजनीतिका पुराना खेलाडीहरुले समयमै बुझ्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
तस्करीको सुन जाँचबुझका लागि आयोग गठन
अनियन्त्रित बजार भाउ
धार्मिक सद्भाव कायम गर
श्रीकृष्णको महिमा अपरम्पार
फरक फरक मापदण्ड नबनाऊ
hero news full width
मुख्य समाचार
विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे
बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प
असाेज १६, २०८०विद्युत् नपुगेको छेन्तुङमा गण्डकी सरकारले पुर्यायो सोलार ऊर्जा
असाेज १६, २०८०पहिले दुर्व्यसनीको अखडा, अहिले बन्यो ड्रागन फ्रुटको बगैँचा
असाेज १६, २०८०कागबेनीको बाढीग्रस्त क्षेत्रमा मुख्यमन्त्री पाण्डे
असाेज १६, २०८०एमाले गण्डकीको अधिवेशन: ‘गठबन्धनले जनताको भाग्य र भविष्य बिगार्यो’
असाेज १६, २०८०