गगन र विश्वप्रकाशबाट पलाएको आशा

सम्पादक
पौष ५, २०७८

यो २ महिनायता देशमा धेरै पार्टीहरुको अधिवेशन र महाधिवेशन भए । ती अधिवेशनमा राजनीतिक पार्टीहरुको आन्तरिक चुनाव भए । चुनावमा सयौं कार्यकर्ता र नेताहरु सहभागी भए । उनीहरुमध्य केही नेता र कार्यकर्ताहरु चर्चित भएका छन् । त्यसरी चर्चित भएकाहरुमा नेपाली कांग्रेसका महामन्त्री पदमा विजय हासिल गरेका गगन थापा र विश्वप्रकाश शर्मा उल्लेखनीय मानिन्छन् । उनीहरु दुबै बेग्ला–बेग्लै गुटबाट लडेका थिए । उनीहरुका दुबै गुटबाट लडेका सभापतिका प्रत्यासीहरुले हारे । तर ती दुई युवा नेताहरुले जितेर सत्तारुढ नेपाली कांग्रेसको महामन्त्री भएर कीर्तिमान कायम गरेका छन् ।
गगन थापा र विश्वप्रकाश शर्मा दुवै नेपाली कांग्रेसका जुझारु नेतामा गनिन्छन् । केही वर्षदेखि उनीहरुको चर्चा पार्टीभित्र मात्र होइन, पार्टी बाहिर र सञ्चार क्षेत्रमा पनि उत्तिकै हुने गरेको छ । पुस्तान्तरणको नारा चर्किएको बेला ती युवा नेताहरुको विजयले धरै आशा अपेक्षा जन्माएको छ । कांग्रेसको महाधिवेशनबाट त्यही नारा चर्काएर अरु पनि धेरै युवाहरु निर्वाचित भएका छन् । तीमध्ये उपसभापति पदमा जीत हासिल गरेका धनराज गुरुङ पनि एक हुन् । उनीहरु कांग्रेसका स्वच्छ छबिका लोकप्रिय नेता मानिन्छन् । गगन थापा संविधान सभाको चुनावमा पनि निर्वाचित भएका थिए भने २०७४ को चुनावमा पनि जीत हासिल गरी प्रतिनिधि सभामा पुगेका थिए । उनी एकपटक स्वास्थ्य मन्त्री पनि भए । मन्त्री भएपछि कतिपय नेताहरुले आफ्नो स्वच्छता गुमाउँछन् भने गगन थापाको हकमा त्यस्तो भएन । उनले मन्त्री भएर पनि आफ्नो स्वच्छता कायम राखे र सक्रियता जारी राखे । उनको जुझारुपनमा कहिले कमी आएन । जसको कारण पार्टीभित्र मात्र होइन बाहिर पनि उनी उत्तिकै चर्चित भइरहे । विश्वप्रकाश पनि विद्यार्थी अवस्थादेखि प्रभावशाली नेताको रुपमा गनिएका व्यक्ति हुन् । पार्टीभित्र उनी लोकप्रिय थिए तर बाहिर त्यत्ति चिनिएका थिएनन् । सभापति शेरबहादुर देउवाले उनलाई पार्टीको प्रवक्तामा मनोनीत गरेपछि उनको लोकप्रियता बाहिर पनि बढ्दै गएको हो । प्रवक्ताका रुपमा उनको अभिव्यक्ति र प्रस्तुतीकरणलाई अधिकांशले मन पराए । आफ्नो काँधमा आएको जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्‍यो भने त्यसको परिणाम के हुन्छ भन्ने कुराको उदाहरण विश्वप्रकाश भएका छन् ।
केन्द्रीय समितिमा सबै गुटका प्रतिनिधिहरु छानिएर आएका छन् । उनीहरु अधिकांश युवा पुस्ताका छन् । युवाहरुको हातमा आए केही गर्न सकिन्छ भन्नेहरुका लागि यो अवसर पनि हो । पुरानो पुस्ता गुटबन्दीमा रुमलिएर बिग्रेको थियो । त्यसबाट युवा पुस्ताले शिक्षा सिक्नु पर्दछ र स्थायी गुट बनाउनतिर नलागेर एकताबद्ध हुन सक्नुपर्दछ । यो उनीहरुको परीक्षाको घडी पनि हो । विगतमा धेरै परीक्षा उत्तीर्ण भएर आएकाहरुले यस पटकको परीक्षामा पनि सफल हुने अपेक्षा गरिएको छ । गगन थापा र विश्वप्रकाश बेग्ला–बेग्लै समूहबाट चुनाव जितेर आएको भए तापनि अब उनीहरु त्यो बिर्सनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width