१. नीति–नियम भनेको महत्वपूर्ण कुरा हो । समाजमा नीतिनियमको पालना गरिमा शान्ति सुरक्षा कायम हुन्छ । समाज व्यवस्थित हुन्छ । त्यो समाज र देशमा विकास निर्माणको कामले गति लिन्छ । समाज स्थिर र सभ्य हुन्छ । मर्यादाको पालना हुन्छ । एकले अर्काेलाई आदर र सम्मान गर्दछन् । हामी सबैले चाहने यस्तै समाज हो ।
२. त्यस्तै समाज व्यवस्थापनका लागि मानव समाज अग्रसर छ । त्यस्तो समाज स्थापना गर्ने काममा राजनीति गर्नेहरु अग्रसर हुनछन् । त्यसैले नीतिहरुमा राजनीतिलाई धेरै महत्वको मानिन्छ । जति पछि भयो उति राजनीतिको महत्व बढ्दै भएको छ । हाम्रै देशमा पनि राजनीतिको महत्व अरु बढेको छ ।
३. हाम्रो देशमा सर्वसाधरण जनताले राजनीति गर्न थालेका १९९७ सालभन्दा केही पहिले देखि हो । देशमा प्रजापरिषद पार्टी स्थापना गरिएपछि राजनीतिको कुरा खुलेर बाहिर आएको हो । त्यसवेला राजनीतिको कमाण्ड सम्हाल्ने टंकप्रसाद आचार्यदेखि अरुहरु सबै शिष्ट र सभ्य थिए । उनीहरुको आचारण र व्यवहार चोखो निस्कलंक थिए ।
४. नेपाली कांग्रेसको नेतृत्वमा जहानीया राणा सरकारको विरुद्धमा आन्दोलन भयो । आन्दोलन सफल भयो । प्रजातन्त्र आयो । नेपाली जनताले प्रजातन्त्रको स्वच्छ हावामा स्वास फेर्न पाए । विकास निर्माण देखि सबै पक्षको ढोका खोलियो । मानिसहरुमा त्यागको भावना थियो । देशको र समाजको लागि केही गर्छाैं भन्ने भावना थियो ।
५. २०१७ सालमा पञ्चायत आएपछि सबैकुरा राजामा केन्द्रीत भयो । राजनीति राजाको इद्रगिर्दै घुमेर रह्यो । राजनीतिको चरित्र विग्रियो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनले प्रजातन्त्रको पुनःवहाली त भयो तर राजनीति अपेक्षित रुपले स्वच्छ किसिमले जान सकेन ।
६. जति पछि भयो उति राजनीतिक नेताहरुको चरित्र विग्रियो । धन दौलत कमाउन, सुख सयल साथ जीवनयापन गर्न थाले । भ्रष्टाचार घुसखोरी बढ्यो । पदको ाललसा बढ्यो । पदको लागि जे पनि गर्न थाले । पदको लागि पार्टीहरु एकभए भने पदकै लागि पाटी विभाजित पनि भए ।
७. पार्टीमा गुटगत भावना मौलायो । हिजो सिद्धान्त र आदर्श ठूलो हुन्थ्यो भने अहिले गुट ठूलो भयो । नेताहरु सिङ्गो पार्टीको नेता नभएर गुटको नेता भए । उनीहरुको कद खुम्चिदै गयो । आचरण र व्यवहारमा दाग लाग्न थाल्यो । बोली निम्न स्तरमा झर्यो । राजनीति राजनीति भएन । राजनीति भद्रगोल भयो । राजनीति भद्रगोल भएकोले देशको अवस्था पनि भद्रगोल भएको छ । यहाँ नीतिको सर्वदा अभाव छ भने नियम अस्तित्व विहीन भएको छ । सर्वसाधरण जनता नेताहरु आजित भएका छन्, निराश भएका छन् ।
Related News
सम्बन्धित समाचार
कोभिडको खोप सुरु
गुरुङ भाषाको सम्मान
संवेदनशील राजनीति
कांग्रेसको बढ्दो भूमिका
राष्ट्रपति वाइडेनबाट अपेक्षा
hero news full width
मुख्य समाचार
विेदेश पठाइदिन्छु भन्दै ३३ जनाबाट १ करोड उठाउने धीरज पक्राउ
सातै प्रदेशमा तालिम केन्द्र सञ्चालन गर्दै श्रम मन्त्रालय
माघ १५, २०७७कक्षा १० को एसइई राष्ट्रिय कि प्रदेशस्तरबाट ?
माघ १५, २०७७मनाङकाे नासाे गाउँपालिकामा आगलागी, मानव बस्ती जोगाउनै हम्मेहम्मे
माघ १५, २०७७घरपरिवारबाटै अपहेलित छन् बहिरा
माघ १५, २०७७स्वस्थानी व्रत आजदेखि
माघ १५, २०७७