‘अनिकालमा बिउ जोगाउनू, महामारीमा जिउ जोगाउनू ।’ यो धेरै पुरानो र तपाईं हामीले सुन्दै आएको उखान हो । सुन्दा र पढ्दा सामान्य लाग्न सक्छ यो उखान । तर निकै ओजपूर्ण छ यसको अर्थ । अहिले हेरौं त एकातिर विश्व कोरोना महामारीको चपेटामा छ । अर्कोतिर हाम्रो मुलुक खाद्यान्नमा परनिर्भर हुँदै गएको छ । व्यावसायिक खेतीका नाममा परम्परागत खेती प्रणाली लोप हुँदै गएका छन् । उत्पादन केही हदसम्म बढेको होला तर हामीलाई खान पुग्ने अन्न अहिले मुलुकमा उत्पादन हुँदैन । खेतीयोग्य जमिनमा बस्ती बसेको छ । पहाडका खेतबारी अहिले बाँझै छन् । काम गर्ने युवाशक्ति विदेशिएका छन् । यसैले पनि परनिर्भरता बढाएको छ । जसका कारण खाद्य सुरक्षामा चुनौती थपिएको छ ।
संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त आह्वानमा जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ । ‘भोलिका स्वास्थ्यका लागि आज खाद्य सुरक्षा’ नाराका साथ विश्वभरि नै यो दिवस मनाइएको छ । आलीदेखि थालीसम्म नै खाद्य सुरक्षाका तहगत रूपमा ध्यान नदिइए त्यसले विभिन्न किसिमका रोगव्याधी उत्पन्न गरी मानव जीवन चक्रमै असर पार्ने भएकाले यसबारे सचेतना बढाउन विश्वव्यापी रूपमा खाद्य सुरक्षा दिवस मनाउन थालिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार अस्वस्थकर खानाकै कारण विश्वभर हरेक वर्ष ४ लाख २० हजार मानिसको ज्यान जाने गरेको छ । तीमध्ये ५ वर्षमुनिका बालबालिकाहरू सबैभन्दा ठूलो जोखिममा छन् । खाद्यसम्बन्धी रोगहरूका कारणले मात्र वार्षिक १ लाख २५ हजार बालबालिकाहरूको ज्यान जाने गरेको छ । कुल खाद्यजन्य रोगको ४० प्रतिशत साना बालबालिकामात्रै प्रभावित हुने गरेका छन् । डब्लुएचओका अनुसार असुरक्षित खानामा रहेका ब्याक्टेरिया, भाइरस, परजीवी वा रासायिनक पदार्थबाट दूषित खानाहरूका कारण हरेक वर्ष विश्वका १० मध्ये एक जना मानिस बिमारी हुने गरेका छन् । दूषित र असुरक्षित खानाकै कारण बर्सेनि ६ करोड मानिस बिमारी हुने गरेका छन् ।
खाद्यान्न अब स्वास्थ्यको मात्र विषय होइन । यो दिगो विकासका लक्ष्यसित पनि जोडिएको छ । दिगो विकास लक्ष्यका १७ बुँदा खाद्य सुरक्षासँग सम्बन्धित छन् । खाद्यजन्य रोगहरू जीवाणु, विषाणु, परजीवी वा रासायनिक पदार्थहरूले दूषित भोजन वा पानीको माध्यमबाट शरीरमा प्रवेश गरेका कारण लाग्ने गर्छन् । हामी एकातिर खाद्य सुरक्षाको जोखिममा छौं भने अर्कोतिर खाद्यजन्य रोगबाट । खानाको सन्तुलन मिलाउन नसक्दा बिमारीपना बढ्ने क्रम पनि उस्तै छ । यतातिर पनि ख्याल राख्न जरुरी छ । अहिले लकडाउन र महामारीका कारण मानिसहरु गाउँतिर फर्कने क्रम बढेको छ । बाँझा जमिनमा केही हदसम्म खेती गर्न लागिएको छ । यो ज्यादै सकारात्मक हो । खाद्यान्नमा परनिर्भरता कम गर्न यस्तै ससााना मेहनत सहायकसिद्ध हुनेछन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१