१. देशमा कोरोना भाइरसको संक्रमणका कारण चार महिना लकडाउन हुँदा उद्योग व्यवसायहरु बन्द भए । दिनभर काम गरेर साँझ विहानको गाँस जुटाउनेहरुका लागि हातमुख जोड्न धौ धौ भयो । सरकारले बाँडेको नाम मात्रको राहतले महिना धान्ने कुरै भएन । कति प्राण धान्न कै लागि डेरा छाडेर गाउँ फर्के । गाउँमा पनि अन्न भए पो पेटभरी खानु ? जे छ जति छ बाँडेर खानुको विकल्प रहेन । रोगले भन्दा पनि भोकले नै धेरैले ज्यान गुमाउनु पर्यो ।
२. नेपाल कृषि प्रधान देश हो । तर याँको कृषि उत्पादनले आफ्नै देशलाई खान पुगदैन । वार्षिक साढे दुई खर्ब रुपैयाँको कृषिजन्य पदार्थ त विदेशबाट आयात हुन्छ । कस्तो विडम्बना ! हामी कहाँ जग्गा नभएको होइन, तर भएका जग्गा बाँझो राखेर युवा शक्ति विदेश पलायन भएको छ । वेसाएर खानु परेको छ । यो अवस्था कसरी आयो ? सरकारले किन सोच्दैन ।
३. एउटा अन्नको गेडाको मुल्य कति पर्छ ? शायद हामीले ख्याल गरेका छैनौं । जुन किसानले व्याड बनाएर खेतमा बिऊ छर्छ । त्यसमा सबै उम्रदैन, जति उम्रन्छ त्यो सबै लगेर अर्काे ठाउँमा रोपिन्छ, गोडमेल गरिन्छ तर, रोपेजति सबै बच्दैन । किरा फट्याङ्ग्रा लाग्छ, गाईवस्तु आदि जनवारले आइदिन्छ । त्यसबाट बचेको जति फल लाग्छ । त्इसमा पनि असिनाले झार्छ, मुसा लाग्छ, अरु किसिमले पनि नोक्सानी हुन्छ । यसरी सबैलाई चढाउँदै जाँदा अन्न थन्काउने वेला सम्म त्यो अन्नवाली बच्छ र त्यसमा कति मिहेनत पसिना परेको हुन्छ । किसानी गरेकालाई मात्र थाहा हुन्छ । अन्न यस्तो अमूल्य छ ।
४. हाम्रा ऋषिमुनिहरुले अन्नलाई रत्न भनेका छन् । त्यस्तो रत्न जुन रत्न विना आजको मानिस बाँच्न पनि सक्दैन । त्यो रत्न को ख्याल नराखेर हामीले कति लापारवाही गरिरहेका छौं । हाम्रा बुढापाकाहरुले पनि भन्ने गर्थे अन्न नफालौ अन्नको श्राप लाग्छ । कतिपय भोज भतेरमा पकाएको अन्न फालेको देख्दा किसानहरुको मन धर्कन्छ । हाम्रा घरभान्छाहरुमा पनि त्यस्तै हाल छ । देशभरको हिसाब गर्दा कति अन्न फालिन्छ होला , यस्तै हेर्दै जाने हो भने भोलि हामीलाई प्राण धान्न कुकुरले झै रछानमा फालिएका सिता टिपेर खानुपर्ने दिन आउन सक्छ ।
५. यसै सन्दर्भमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले त्यो खाना नफालौं भन्ने जुन अभियान ल्याएकाले उदाहरणीय छ । सबैलाई खड्कीरहकेो यो अभियानले गाउँपालिकाको नाम सार्थक मात्र बनाएको छैन । सबैलाई अन्नका बारेमा सोच्न पनि बाध्य बनाएको छ । कसैले पनि खेतबारी बाँझो राख्न नपाउने नियम बनाएर गाउँपालिकाले सिर्जनामूलक सुशासन लागु गरेकोमा पनि हार्दिक बधाई दिनै पर्छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१