हाम्रो देशमा मनसुन प्रवेश भएको छ । यस पटकको यो मनसुन साधारण अवस्थामा भन्दा केही समय पहिले प्रवेश भएको बताइएको छ । यो मनसुनलाई कृषकहरुले हार्दिकतापूर्वक स्वागत गरेका छन् । मनसुन छिट्टै आउनुको मतलब कृषकहरुको खेतबारीमा छिटै पानी भर्नु हो । खेतबारीमा छिट्टै पानी भर्नुको मतलब तिनीहरुले छिट्टै काम गर्न पाउनु हो । तिनीहरुले आफ्नो खेतबारीमा छिट्टै बालीनाली लगाउन पाउने अपेक्षा गरेका छन् । सिँचाइको सुविधा नपुगेको ठाउँमा कृषकहरु आकाशको पानीमा भरपर्नु पर्दछ । त्यसो भएकाले कृषकहरुले यसलाई वरदानको रुपमा लिने गर्दछन् ।
हाम्रो देशमा मनसुन वरदान मात्र होइन, अभिशाप पनि हुन्छ । मनसुनले यसपटक औसतभन्दा धेरै पानी पार्ने विशेषज्ञहरुले बताएका छन् । हाम्रो देशमा धेरै वर्षा हुनुको मतलब धेरै बाढी पहिरो आउनु हो । धेरै भूक्षय हुनु हो । धेरै धनजनको नोक्सान गर्नु हो । विगतले हामीलाई यही सिकाएको छ । गतवर्ष पूर्वदेखि पश्चिमसम्म धेरै ठाउँमा बाढी आयो, पहिरो गयो, धेरै धनजनको क्षति ग¥यो करिब १ सय ५० जना जतिको बाढी पहिरो खोला नालाले बगाए भने त्यत्ति नै संख्यामा मानिस बेपत्ता भए । धनजनको ठूलो क्षति भयो । त्यसबेलाका बाढी पहिरो पीडितहरुको राम्ररी उद्धार भएको छैन, मनसुन सुरु भयो । खोलानाला पीडितहरु अधिकांश सुकुमवासी भएर जीवनयापन गरिरहेका छन् । केही जंगलमा पाल राखेर अत्यन्त कठोर जीवन बिताइरहेका छन् । त्यस्ताहरुको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । सरकारले समयमा नै दृष्टि पु¥याउन नसक्दा नागरिकले कस्तो जीवनयापन गर्नुपर्दो रहेछ भन्ने उदाहरण तिनीहरु भएका छन् ।
सरकारले विगतका घटनाबाट पाठ सिक्नुपर्दछ र बाढी पहिरो पीडितहरुको छिटो उद्धार गर्नुपर्दछ । यस पटक मनसुनको सुरुआतमा नै पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा जमिन भासिएर धनजनको क्षति गरेको अवस्था छ । त्यसले हामीलाई पूर्व संकेत गरेको छ कि यस पटकको मनसुनले धेरै बर्बादी ल्याउन सक्छ । सरकारको सम्बन्धित मन्त्रालय र कार्यालयहरु, रेडक्रसलगायतका परोपकारी संस्थाहरु राहत सामग्रीका साथ तयारी अवस्थामा रहनुपर्दछ । कहि पनि कुनै पनि बेला प्राकृतिक प्रकोपका घटना हुन सक्छन् । उद्धार टोलीहरुको यस्तो अवस्थामा ठूलो महत्व हुन्छ । त्यसको साथै, यस पटक भरोसालाग्दो के पनि छ भने स्थानीय तहको नवनिर्वाचित पदाधिकारीहरु वास्तवमा आफूले के काम देखाऊँ र कसरी काम गरौं भनेर उत्साहित भएको बेला मनसुन सुरु भएको छ । तिनीहरुको उत्सुकता र तत्परताले धेरै काम गर्न सक्दछ । यो अवस्थालाई तिनीहरुको परीक्षाको घडी पनि मान्न सकिन्छ । तर यो उनीहरुको मात्र काम होइन, सबैको समझदारी र सहयोगात्मक भावनाले यस पटक हामीले बाढी पहिरो पीडितको उद्धारको काम गर्नुपर्नेमा हामी जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१