अझै बाढी पहिरो

सम्पादक
भाद्र २१, २०७७

१. भदौ महिनाको आधी कटिसक्दा पनि बाढी पहिरोको खतरा अझै टरेको छैन । बागलुङको ढोरपाटन स्थित भुजीखोलामा बुधबार आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । सो बाढी पहिरोबाट ३१ द्धर बग्दा १४ जनाको मृत्यू भएको छ भने २४ वेपत्ता छन् । बाढीमा परेका १४ जनाको शव भेटिएको अरुको खोजी भईरहेको छ ।

२. सो घटनामा ३१ घर पूर्ण क्षतिग्रस्त र आंशिक रुपमा सहित १ सय २५ घर क्षति पुगेको जनाइएको छ । बाढीमा परेका मध्ये ४ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । गम्भीर अवस्थामा रहेको एकजनाको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भईरहेको छ। विद्यालय, जलविद्युत आयोजनाको भवन समेत बगाएको छ ।

३. ढोरपाटन देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीले ढोरपाटनको वडा नं. ७, ८ र ९ मा क्षति पुर्‍याएको र सबैभन्दा बढी ९ नंं वडामा भएको छ । सो क्षेत्रमा ठाडो खोलाहरु धेरै भएको र ठूलो वर्षाद हुँदा एकैसाथ बाढी आएपछि धेरै क्षति पुग्ने गरेको छ । रातको वेला बाढी आएको पीडितले तत्काल गुहार पाउन समेत पाउन सकेनन् ।

४. उक्त द्धटनापछि उद्धारका लागि वुर्तिबाङ र जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी, सेना र सशस्त्रको टोली गएको थियो । यसैगरी स्थानीय र जनप्रतिनिधीहरु खटिएका थिए । गृहमन्त्री रामबहादुर थापा बादल सहितको टोली शुक्रबार पुगी घटनास्थनको अवलोकन गर्नका साथै केही राहत सामग्री उपलब्ध गराएको छ । साथै बाढी पीडितहरुलाई राहत र पुनस्थापनाको लागि सरकारबाट सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त भएको छ ।

५. साउन, भदौ सबैभन्दा बढी वर्षा हुने महिना हो । कहिले असोज महिना सम्म पनि ठूलो वर्षा हुने गर्छ । त्यसैले बाढी पहिरोबाट अझै ढुक्क हुने अवस्था छैन । बाढी पहिरो आउन सक्ने सम्भावित स्थानमा होशियारी अपनाएर बस्नु पर्दछ । सम्बन्धित निकायहरुले उद्धाका सामग्री र जनशक्तिको तयारी पनि गरिरहनु आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width