हामीले अहिले फागुनको तेस्रो साता बिताएर अन्तिम सातामा पदार्पण गरिरहेका छौं । त्यसपछि चैत र चैतपछि वैशाख महिना आउँछ । यो अवधि भनेको हुरी बतासको अवधि हो । अर्काे दृष्टिबाट भन्ने हो भने यो सुक्खा याम हो । हिउँदे वर्षा सकिएको छ भने खास वर्षा आउन धेरै समय लाग्छ । नेपालको सन्दर्भमा भन्ने हो भने यो डढेलोको खतरा हुने बेला हो । यो अवधिमा धेरै ठाउँमा डढेलो लाग्छ । डढेलोबाट हाम्रो धनजनको क्षति गर्दछ भने अर्काेतिर जंगली जनावरहरुको पनि नाश हुन्छ । कहिलेकाहीं डढेलो हाम्रो घर गोठमा पनि आइपुग्छ र भागाभागको स्थितिको सिर्जना हुन्छ ।
यस्तो स्थिति सधैं आउँछ । यो हाम्रो परम्परा जस्तै भएको छ । सधैं वन विनाश भइरहेको छ । तैपनि हामी डढेलोबाट त्यत्ति सजग र सतर्क छैनौं । सजग र सतर्क पनि त्यत्ति प्रयास पनि भएको देखिँदैन । त्यसैले डढेलो हाम्रो नियत्ति जस्तै भएको छ । तर यो नियत्ति होइन, सावधानी अपनाएर डढेलोलाई हटाउन सकिन्छ र डढेलोबाट हुने नोक्सानीलाई घटाउन सकिन्छ तर हामी कहाँ आधारभूत रुपमा त्यस्तो प्रयास पनि भएको पाइँदैन । एकताका पोखरामा डढेलो प्रत्यक वर्ष बढ्दै गएकोले केही युवाहरुले त्यसको संवदेनशीलतालाई दृष्टिगत गरेर डढेलोविरुद्धको अभियान नामक संस्था गठन गरेका थिए । एउटा सामाजिक संस्थाका रुपमा गठित त्यस संस्थाले डढेलो विरुद्धमा अभियाननै सञ्चालन गरेका थिए । त्यस संस्थाले डढेलो विरुद्धका पर्चा, पम्ल्पेट प्रकाशित गरेर तथा रेडियोहरुबाट सन्देशमूलक विज्ञापन दिएर सर्वसाधारणलाई सजग र सतर्क पार्ने प्रयास गरेको थियो भने डढेलो भएपछि त्यो डढेलो निभाउन के कस्तो विधि अपनाउने र त्यसबाट कसरी बच्ने भन्ने सम्बन्धमा सावधानी अपनाउने तालिम र प्रशिक्षणको आयोजना पनि गरेको थियो । त्यसबेला पोखरा र पोखराको सेरोफेरोमा डढेलोको घटनामा कमी आएको महसुस गरिएको थियो ।
आफ्नो क्षेत्रमा रुख रोप्ने र रुख बिरुवाको संरक्षण गर्ने काम स्थानीयलाई दिएपछि वन जंगल बाक्लो भएर आएको छ । वनजंगल बाक्लो हुनुको साथै डढेलोको सम्भावना पनि बढेको छ । त्यस समितिले डढेलोको प्रभाव र असरलाई न्यूनीकरण गर्न निश्चय नै केही कदम चालेको छ । त्यसले डढेलोका कारणबारे कसैको मृत्यु भएमा र घाइते भएमा बिमाको व्यवस्था गरेको छ । मृत्यु भएमा १ लाखको क्षतिपूर्ति घाइते भएमा १० हजारसम्मको खर्चको व्यवस्था गरेको छ । यो निश्चय नै सकारात्मक कदम हो । तर यो नै पर्याप्त होइन । डढेलो कतै मानिसको असावधानीको कारणबाट भएको देखिन्छ भने कतै घर घडेरी बनाउनलाई र खेती गर्नलाई पनि गर्ने गरिएको हुन्छ । यस्तो काम कतै संस्थागत रुपले पनि गरेको देखिन्छ । यस्तोमा उपभोक्ता समिति र अन्य संबद्ध संस्थाहरु सक्रिय र चनासो हुनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
सरकारबाटै संविधानको अवहेलना
गण्डकी सरकारमा एमालेको सहभागिता
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
hero news full width
मुख्य समाचार
पोखराको पुम्दीभुम्दीमा प्रथम पर्वतीय दौड हुने
पर्यटकीय याममा पोखराको तयारी
भाद्र २७, २०८१उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
भाद्र २६, २०८१सडक यातायात पुरस्कारबाट सापकोटा सम्मानित
भाद्र २६, २०८१पोखरामा रवि लामिछानेविरुद्ध प्रदर्शन
भाद्र २६, २०८१पोखरामा हाप्किडो सेमिनार
भाद्र २५, २०८१