गुटबन्दीको पराकाष्ठा

सम्पादक
मंसिर ९, २०७८

देशभर राजनीतिक पार्टीहरुको आन्तरिक चुनाव भइरहेका छन् । अधिकांश पार्टीहरुले आफ्नो आन्तरिक तहको चुनाव सम्पन्न गरी सकेका छन् । चुनावका अनेक थरीका समाचारहरु आइरहेका छन् । एमालेले चुनाव प्यानल गरेर लड्न नपाइने निर्देशन जारी गरेको छ । त्यसको साथै त्यसले चुनाव सहमतिको आधारमा सम्पन्न गर्ने प्रयास गर्दै आएको छ । तल्लो तहहरुमा त्यो प्रयास सफल पनि भएको छ । तर केन्द्रीय तहको चुनावमा उपाध्यक्ष भीम रावलले अध्यक्ष पदको प्रत्याशी बन्ने घोषणा गरेपछि स्थितिले कोल्टे फेरेको छ । अध्यक्ष केपी ओलीलाई आगामी अवधिका लागि सर्वसम्मत अध्यक्ष बनाउने सपना चक्नाचूर भएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष तीन नेतामध्ये एक अध्यक्ष हुने सपनालाई पनि राजेन्द्रप्रसाद लिंदेलले अध्यक्षको उम्मेदवार हुने घोषणाले ठूलो चुनौती खडा गरेको छ । ती सबैभन्दा फरक र भिन्न अवस्था नेपाली कांग्रेसको छ ।
नेपाली कांग्रेसको सुरुमा नै क्रियाशील सदस्यको विवाद चक्र्याे । त्यो विवाद यत्ति चक्र्याे कि त्यसका केही नेता र कार्यकर्ताहरु केन्द्रीय कार्यालय गएर अनसन नै बस्नु पर्‍यो । हप्तौंसम्म भएको त्यो अनसनले राम्रो सन्देश दिएन । तैपनि शीर्ष नेताहरुले त्यसलाई सुरुमा मिलाउने प्रयास गरेनन् । त्यो अनसनले पार्टीभित्रको प्यानल कति गहिरोसँग गएको रहेछ र त्यसले खराब परिणाम दिन सक्छ भन्ने कुरा नेताहरुले सोचेनन् । गुटबन्दीको भावना बढ्दै गर्‍यो । गुट पनि प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेताहरुको मात्र होइन, अरु नेताहरुको पनि गुट बन्यो । जिल्लामा हेरियो भने जिल्लाहरुमा पनि स्थानीय गुटहरुको निर्माण भयो । गुटहरु कसैलाई जिताउनलाई बनाइन्छ । त्यो बुझ्न सकिने कुरा हो तर अहिले त जिताउनमात्र होइन, कसैलाई हराउन पनि निर्माण गरियो । निषेधको राजनीति चर्केर गर्‍यो ।
गुट खडा गर्नु र गुटको कुरा गर्नु साधारण भयो । जसले गुट खडा गर्‍यो, उही बलियो भयो । गुटमा नबस्नेहरु निर्धा निमुखाजस्तै भए र उनीहरुले चुनाव पनि हारे । यो नराम्रो प्रवृत्ति हो । त्यसलाई नराम्रोभन्दा भन्दै सबै त्यही नराम्रो गर्नेतिर गए । सबैले त्यस्तो अभ्यास गरेपछि त्यो शाश्वतजस्तै भयो । कांग्रेसमा गुट भन्ने कुरा साधारण भयो । गुट पनि एउटा होइन, दुइटा होइन, कति गुट छ भन्ने कुरा अध्ययनकै विषय भयो । गुटले यस्तो वैमस्यता ल्याएको छ कि तिनीहरु एउटै पार्टीको भन्न नै नसुहाउने जस्तै भएका छन् । त्यसै भएर हो ती गुटहरुका बीच हानाहान, कुटाकुट भएका छन् । प्यूठान जिल्लामा जिल्ला अधिवेशन र रुपन्देहीमा महाधिवेशन प्रतिनिधि चयनका क्रममा कांग्रेसका कार्यकर्ताहरुबीच मतगणना स्थलमा कुटाकुट नै भएको छ । त्यस्तै रुपन्देहीमा पनि भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नुपर्ने अवस्था आउनु दुखको कुरा हो । आपसी आन्तरिक चुनावमा यस्तो हुन्छ भने भोलि अरु पार्टीहरुसँग चुनाव लड्नुप¥यो भने तिनीहरु कसरी मिल्लान्, त्यो ठूलो प्रश्न बनेर आएको छ । यस्तोमा नेताहरुले छिटो हस्तक्षेप गरेर मिलाउन सक्नुपर्दछ । गुटबन्दी पराकाष्ठमा पुगेको बेलामा पनि टुलुटुलु हेरि राख्नु त्यसलाई प्रोत्साहन गर्नु हो । नेता र कार्यकर्ताहरुले त्यस्तो अवस्थालाई पनि गम्भीर किसिमले लिएनन् भने त्यसको परिणाम कदापि सुखद हुनेछैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width