प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको दिनदेखि नेपाली राजनीतिमा नयाँ अध्याय सुरु भएको छ । त्यस दिनदेखि दलहरु सडकमा उत्रेर नाराबाजी गरिरहेका छन् । उनीहरुले प्रधानमन्त्रीको त्यस कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर चर्काे स्वरमा विरोध गरिरहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) त्यस दिनदेखि प्रष्ट रुपमा विभाजित भएको छ । ओली पक्ष प्रधानमन्त्रीको त्यस कार्यलाई संवैधानिक कार्य भनेर प्रमको बचाउ गरिरहेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत पार्टीहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् । राजनीतिमा पक्ष र विपक्ष हुनु, आलोचना र प्रत्यालोचना हुनु विरोध हुनु स्वभाविक मानिन्छ । त्यसलाई लोकतन्त्रको गहना पनि भनिन्छ तर त्यस्तो विरोध अति भयो भने खति ल्याउँछ । यस्तोमा नेताहरुले विचार पु¥याउनु पर्दछ ।
हामी कहाँ त्यसरी विचार पुर्याउने नेताहरुको सर्वदा अभाव छ । नेताहरुको भाषणको स्तर गिर्दैछ । तिनीहरु निम्न स्तरमा आएर एक अर्काेलाई हिलो छ्यापाछ्याप गरिरहेका छन् । त्यसमा पनि भर्खरै विभाजित भएका सत्तारुढ पार्टीका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई उत्तेजना बढाउने भाषण दिन थालेका छन् । उत्तेजनाले राजनीतिमा के कस्तोसम्म गर्दछ भन्ने कुरा भर्खरै अमेरिकाको घटनाले पनि देखाएको छ । अमेरिका जस्तो स्थापित लोकतन्त्र भएको देशमा राष्ट्रपति ट्रम्पको उत्तेजित भाषणले गर्दा दङ्गा भयो । अप्रिय घटना घट्यो । ५ जना मानिसको ज्यान गयो ।
उत्तेजना फैलाउने भाषणले अमेरिकामा त त्यस्ता अप्रिय घटना हुन्छन् भने हाम्रो देशमा कस्तो होला ? सोच्नु पर्ने विषय हो । विशेषतः सत्तारुढ पार्टीका २ पक्षका नेताहरुले त्यस्तो उत्तेजना फैलाउने विचार व्यक्त गर्न थालेका छन् । कार्यकर्ताहरु पनि त्यसैगरी जुर्मु¥याए भने स्थिति कस्तो होला भन्ने प्रश्न उब्जेको छ । भर्खरै छुट्टिएका दाजुभाइ सबभन्दा ठूला शत्रु हुन्छन् भन्ने कुरा नेकपाका विभाजित समूहहरुमा देखिएको छ । तिनीहरुको विभाजन केन्द्रदेखि वडा स्तरसम्मै फैलिएको छ । तल्लो स्तरमा पनि विभाजनको प्रभाव नराम्ररी परेको छ । यस्तो बेलामा कतै उत्तेजित काम भयो भने त्यसको असर दीर्घकालीन रुपमा पर्न सक्छ । यस्तोमा नेताहरुले सम्यक किसिमले सोच्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
वार्तापछि पलाएको आशा
देशमा अन्योलको स्थिति
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
hero news full width
मुख्य समाचार
पूर्व बजेट छलफल : ‘अस्थिर कर्मचारीतन्त्र विकासको बाधक’
खेलकुदको अब्बल ब्रान्ड : पोखरा म्याराथन
फागुन २२, २०७७पोखरा विश्वविद्यालयमा उद्यमशीलता विकास विषयको पढाइ सुरू
फागुन २१, २०७७झुठो विवरण सिफारिस गर्ने वडाध्यक्ष र सचिवले गरे आत्मसमर्पण
फागुन २१, २०७७गण्डकीमा खोप भण्डारगृह शिलान्यास
फागुन २१, २०७७तालवाराही मन्दिरमा क्युआर कोडबाट भेटी
फागुन २१, २०७७