अहिले हामी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरी अभियान मनाउँदै छौं । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियानमा विविध कार्यक्रम जारी रहन्छन् । १० डिसेम्बरका दिन विश्वव्यापी मानव अधिकार दिवसका दिन यसको समापन हुन्छ । यस वर्ष अभियानको नारा ‘धरैबाट सुरु ग¥यौं, महिला हिंसा अन्त गरौं’ भन्ने राखिएको छ । महिला हिंसा जताजतै हुन्छ भनी महिला अधिकारकर्मीहरुले बताउने गर्दछन् । वास्तवमा भन्ने हो भने महिला हिंसा धेरैबाट सुरु हुन्छ । त्यस हिसाबले यस वर्षको नारा ‘धेरैबाट सुरु ग¥यौं, महिला हिंसा अन्त गरौं’ भनी जुन भनिएको छ, त्यो उपयुक्त र व्यावहारिकतामा आधारित छ । यो १६ दिने अभियान नेपालमा पहिले महिला अधिकारकर्मीहरु र उनीहरुको संघ संस्थाले मात्र आयोजना गर्दथे भने २०७५ सालदेखि सरकारले राष्ट्रिय स्तरमा नै मनाउने गरेकोे छ । यसको महत्व बढ्दै गएको छ ।
महिला हिंसाको अन्त्य गर्न तथा महिला हक अधिकारको सुनिश्चितता गर्न विभिन्न कदम चालिएका छन् । संयुक्त राष्ट्र संघले नारी दिवस घोषणा गरेको छ । वर्षको १ पटक नारी दिवस मनाएर मात्र नारीको समस्यामा समुचित ध्यान आकर्षित गर्न नसकेकोले राष्ट्र संघले सन् १९७५ लाई नारी वर्ष घोषणा गरेको थियो । त्यसपछि नारी दशक पनि घोषणा गरियो । त्यस दशकमा अन्तर्राष्ट्रिय स्तरका महिला सम्मेलनहरु भए । महिलाको हक अधिकारका लागि देशका विद्यमान ऐन, कानुन संशोधनका लागि सिफारिस गरिए । दबाबको रुपमा गरिएका ती सिफारिसले धेरै काम गरेको महिला अधिकारकर्मीहरु बताउँछन् । नेपालमा पनि धेरै ऐन कानुनको परिवर्तन गरिए । राजनीतिक क्षेत्रमा ३३ प्रतिशत महिला हुनु पर्ने व्यवस्थाले यस क्षेत्रमा निश्चय नै ठूलो काम गरेको मान्नु पर्दछ । त्यस्तै अन्य राजनीतिक पदहरुमा पनि महिलाको अनिवार्यता गरिएका छन् ।
हाम्रो पितृप्रधान समाजले निर्माण गरेका धर्म, संस्कृति र संस्कारका कतिपय अवसरहरुमा महिलालाई निषेध गरिएको छ । धर्म, संस्कार र संस्कृतिका दस्ताबेजहरुमा पुरुषको अनिवार्यता उल्लेख गरिएबाट महिला र पुरुषको विभेद त्यसै बेलादेखि रहि आएको छ । त्यसका लागि धेरै महिलाहरुले आन्दोलन गरेका थिए । महिला अधिकारका लागि योग मायाले आफ्ना अनुयायीहरुका साथ नदीमा हेलिएर जीवन उत्सर्ग गरेका थिए । महिला अधिकारका कुरा गर्दा हामीले ती वीरांगनाहरुलाई सम्झनु पर्दछ । त्यस्तै मंगला सिंह लगायतका नेतृहरुले नेपाल महिला संघ भन्ने संस्था खोलेर महिला हक अधिकारको लागि लामो संघर्ष गरेका थिए । त्यो चरणबाट अहिलेसम्म आउँदा महिलाहरुको अधिकारमा धेरै परिवर्तन भएको छ । हिजो विद्यालय गएर पढ्न नपाउने महिलाहरु अहिले राष्ट्रपति भएकी छन् । त्यो निश्चय नै गौरवको कुरा हो तर त्यत्ति भयो भन्दैमा सन्तोष मान्नु हँुदैन । अझै पनि थिचोमिचोमा पिल्सिएका महिलाहरु अनगिन्ति छन् । तिनीहरुको स्थितिमा सुधार ल्याउनु आवश्यक छ । त्यसको लागि धेरैबाट महिला हिंसा अन्त गर्नु आवश्यक छ । त्यसको लागि महिलाहरु निडर र निर्भीक भएर आफ्नो पीडा वेदना बाहिर ल्याउनु पर्दछ भने पुरुषहरुले पनि परंपरागत रुपको आपैmं ठूलो भन्ने भावना परित्याग गरी समयअनुसार सकारात्मक एवं समानताको सोचको विकास गर्नु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१