देशको व्यापार घाटा प्रत्येक महिना बढ्दै गएकोमा सबै चिन्तित छन् । आयात बढ्दै गएको छ तर निर्यात भने बढाउन सकिएको छैन । सधैं घाटाको व्यापार गर्नु देशको लागि उचित छैन, घाटाको परिमाण पनि प्रत्येक महिना बढ्दै गएकोले सरकार आलोचनाको सिकार भएको छ । प्रतिपक्षी दल एमालेले मात्र होइन, स्वतन्त्र आर्थिक विशेषज्ञहरुले समेत कुरा गर्दा श्रीलंकाको अवस्था सम्झाउने गरेका छन् । श्रीलंकामा सर्वसाधारणलाई चाहिने अत्यावश्यकीय औषधी र पेट्रोल खरिद गर्न पनि विदेशी मुद्रा नभएर हाहाकार मच्चिएको छ । एकातिरको स्थिति यस्तो छ भने अर्कोतिर त्यसले विदेशी ऋण तिर्न नसकेर देशको स्थिति नाजुक बन्दै छ । नेपालको अवस्थालाई श्रीलंकाको अवस्थासँग तुलना गर्दा मानिसहरु चिन्तित हुनु स्वाभाविकै हो जुनसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भनेझैं कहींकतै सकारात्मक लक्षण पनि देखिएको छ । त्यो हो—बिजुलीको व्यापारबाट ४ अर्बको आम्दानी ।
नेपाल जलस्रोतको धनी देश पनि हो । यहाँको जलस्रोतबाट पर्याप्त बिजुली उत्पादन हुन्छ । जुन नेपालको आवश्यकताभन्दा बढी हुने भएकोले बढी भएको बिजुली बाह्य देशलाई बेचेर नेपाल सम्पन्न हुन सक्छ । यो नेपाल र नेपालीको पुरानो सपना हो । एकताका लोडसेडिङले त्यो सपना चकनाचुर पारेको थियो भने अहिले त्यो सपना विपनामा परिणत भएको छ । नेपाल विद्युत प्राधिकरणले विगत डेढ महिनादेखि भारतलाई बिजुली निर्यात गर्न थालेको छ । लामो समय भारतबाट बिजुली आयात गरिरहेको देशले अब निर्यात गर्न थालेकोलाई सुखद् संयोग सम्झनु पर्दछ । देशको लागि डेढ महिनामा ४ अर्ब रुपयाँको व्यापार गर्नु ठूलो कुरा होइन, तर आयात गरिरहेको ठाउँमा निर्यात गर्नु ठूलो कुरा हो । त्यसमा पनि यो नयाँ कुराको निर्यात हो । त्यसैले यसको महत्व छ ।
बढ्दै गएको व्यापार घाटा नियन्त्रणको लागि सरकारले विभिन्न कदम चालेको छ भने उता राष्ट्र बैंकले आफ्नो मुद्रा नीतिमा पनि परिवर्तन गरी केही सामानहरुको आयातमा नियन्त्रण गरेको छ । सरकारका ती कदमहरुले पनि व्यापार घाटा कम गर्न सघाउ पुग्ने अनुमान गरिएको छ । नेपालको विद्युत बंगलादेशले किन्न पनि तयार भएको छ । अब नेपालले जलविद्युत् परियोजनाहरु छिटो सम्पन्न गरी विद्युत् निर्यातमा आफ्नो ध्यान केन्द्रित गर्नु पर्दछ । हिजो निर्यात गर्ने वातावरण थिएन भने अहिले त्यो वातावरण छ । त्यो अवस्थाको भरपुर फाइदा उठाउन सक्नु परेको छ । त्यसको अतिरिक्त, नेपालको छड पनि भारतमा निर्यात हुन थालेको छ । सरकारले वातावरण मिलायो भने सिमेन्ट उत्पादक कम्पनीहरु पनि आफ्नो उत्पादन भारत लैजान तयार छ । सिमेन्ट निर्यात गर्न सकिए त्यसले व्यापार घाटा कम गर्न महत्वपूर्ण सघाउ पु¥याउनेछ । सरकारको त्यसमा सकारात्मक दृष्टिकोण रहिरहनु पर्दछ र राजनीति पार्टीका नेताहरुले पनि त्यसलाई दुहुनो गाई सम्झेर चन्दा माग्ने र नदिए बन्द हड्ताल गरेर उद्योग कम्पनीलाई नोक्सान हुने काम गर्नु हुँदैन ।
Related News
सम्बन्धित समाचार
नेतालाई देशको भन्दा आफ्नै पार्टीको चिन्ता बढी
नीति निर्धारणमा जनगणनाको महत्व
असन्तोष फैलिँदै गएको समाज
द्वन्द्व पीडितलाई न्याय
स्ववियुको महत्वपूर्ण चुनाव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९