चुनावको नतिजा असन्तोषको परिणाम

सम्पादक
जेठ ८, २०७९

स्थानीय तहको निर्वाचनको मतगणना घोषणा पनि भएको छ । मतगणना अन्तिम चरणमा पुगेको छ । यस पटकको चुनावका सम्बन्धमा धेरैले धेरै अध्ययन, मूल्यांकन र विश्लेषण गर्दै छन् । त्यो कार्य आगामी केही हप्तासम्म पनि निरन्तर चलिरहने छ । निर्वाचन आयोगले देशैभर एकैदिन वैशाख ३० गते निर्वाचन सम्पन्न गरेको छ । आयोगले देशैभर एकैदिन निर्वाचन गरेकाले कहीं कतै सुरक्षा चुनौती भएको पनि जनाएको छ । निश्चय नै कहीं कतै झडप पनि भए । पुन निर्वाचन गर्नुपर्ने अवस्था पनि आए । यतिन्जेल त्यस्तो निर्वाचन पनि सम्पन्न भइसकेको छ ।

यस पटकको निर्वाचनमा धेरै फरक विशेषताहरु देखिएका छन् । त्यसबारे क्रमशः उल्लेख हुने नै छन । तर एउटा महत्वपूर्ण के हो भने मतदाताहरु राजनीतिक पार्टी र पार्टीका नेता एवं पदाधिकारीबाट सन्तुष्ट छैनन् भन्ने प्रष्ट देखाएका छन् । पहिलो निर्वाचितहरु जो दोहोर्‍याएर चुनाव लडे, उनीहरु अधिकांशतः पराजित भएका छन् । उनीहरु पराजित पनि यस्ता उम्मेदवारबाट भए कि जसलाई पहिले उनीहरुले पराजित गरेका थिए । त्यसरी परिवर्तन गरिनुपर्ने कारण तिनीहरुले गरेका काम कारबाहीबाट असन्तुष्ट भएर हो । अधिकांश जनप्रतिनिधि सुविधाभोगी भए । तिनीहरुविरुद्ध अख्तियार दुरुपयोग निवारण आयोगमा धेरै उजुरी आएको स्वयं अख्तियारले पनि उल्लेख गर्ने गरेका थिए । मतदाता नेताबाट मोहभंग भएकाले यस पटक बागी उम्मेदवारको चर्चा खुब भयो । ती बागी उम्मेदवारमध्ये केहीले चुनाव पनि जितिसकेका छन् । काठमाडौं महानगरपालिकाको चुनावमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले मत गणनाको सुरुदेखि जे–जसरी अग्रता हासिल गरेको देखियो, त्यसबाट नेताहरु लज्जित भएको हुनुपर्ने हो ।

चुनावका धेरै सकारात्मक पक्ष पनि छन् । यस पटक दलित एवं सीमान्तकृत वर्ग र जातिकाले चुनावमा उम्मेदवार भएका र तिनीहरुमध्ये आफ्नै जाति र वर्गको एकताको आधारमा चुनाव पनि जितेका छन् । शोषित, दलित, पीडित एव सीमान्तकृत जाति र वर्गकाले चुनाव जित्नु ठूलो कुरा हो । यस्तै गरेर चुनाव जित्दै नीति निर्धारणको तहमा तिनीहरु पुग्नसके संविधानमा उल्लेखित समानताको नारा छिटो व्यवहारमा परिणत हुने अपेक्षा गर्न सकिन्छ । तर यस पटक राजनीतिक पार्टीहरुले नगरप्रमुख, उप–प्रमुख, वडाध्यक्षको पदमा महिला प्रत्यासी बनाउन ज्यादै कञ्जुस्याइँ गरेको देखियो । तिनीहरुको त्यो कञ्जुस्याइँले गर्दा विगतमा भन्दा यस पटक ती पदहरुमा महिलाको संख्या घट्ने देखिन्छ । यस्ता धेरै कमी कमजोरी यस पटकको चुनावी अभियानमा देखिन्छन्, जसको उल्लेख क्रमशः हुँदै जाने अपेक्षा गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width