चुनावी घटनाको संकेत

सम्पादक
माघ १४, २०७८

राष्ट्रिय सभा सदस्यमध्ये आगमी फागुन २० गते १९ जना सदस्यको पदावधि समाप्त हुँदैछ । पदावधि समाप्त हुनेमध्ये १८ जना निर्वाचनद्वारा र १ जना मनोनीतबाट पदपूर्ति गरिने प्रावधान भएकोले बुधबार १८ जनाको लागि निर्वाचन सम्पन्न भयो । निर्वाचनमा सत्तारुढ गठबन्धन पक्षधरहरुले उम्मेदवार छनोटमा तालमेल गरेका थिए भने प्रमुख प्रतिपक्षमा रहेका एमालेले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको थियो । तालमेलको परिणाम गठबन्धनको पक्षमा १८ जनाले विजय हासिल गरेका छन् भने एमालेबाट १ जना निर्वाचित भए । एमाले पराजित हुने निश्चय थियो तापनि त्यसले सबै सिटमा उम्मेदवारी खडा गरेको थियो । यो चुनावले एमालेलाई ठूलो धक्का दिएको छ । कुनै बेला त्यो पार्टीको झण्डै दुइतिहाइ बहुमत थियो भने अहिले साधारण बहुमतमा झरेको छ ।
एमालेले प्रतिनिधिसभा भंग गर्न खोज्दा धेरै नोक्सानी ब्येहोर्नु परेकोछ । त्यसले केन्द्रीय सरकार गुमाउनु प¥यो भने प्रदेश सरकारबाट पनि बाहिरिनु पर्‍यो । एकपछि अर्काे घटनाक्रमले उसलाई कमजोर पार्दैछ । स्थिति उसको प्रतिकूलको बन्दै गएको छ । यो चुनावले एमालेलाई धक्का दिए पनि राष्ट्रिय सभामा अझै एमालेकै बहुमत छ । राष्ट्रिय सभामा संरचनात्मक किसिमले हेरौं भने एमाले १६, माओवादी १५, कांग्रेस १० एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, जनमोर्चा १, स्वतन्त्र १, मनोनीत २ र मनोनीत हुन कुन बाँकी १ छ । अध्यक्षले कुनै प्रस्तावमा बराबर मत खसेमा निर्णायक मत दिन सक्छन् ।
सामान्य हिसाबले राष्ट्रिय सभाको त्यत्ति महत्व मानिंदैन । त्यसरी महत्व नमान्नेले यो चुनावलाई पनि त्यत्ति महत्व नदिएको हुन सक्छ । तर यो चुनावले धेरैलाई धेरै कुरा बताएको छ । मान्नु नमान्नु, सम्झनु नसम्झनु आफ्नो कुरा हो । यो चुनावमा सरकारमा सामेल पार्टीहरुले गठबन्धन गरेको र गठबन्धन या चुनावी तालमेल गरिएकोले एमालेलाई नराम्ररी हराएको सर्वविदित छ । यो तालमेलले आगामी गाउँ सभा, नगर सभा लगायतका चुनावमा पनि तालमेल सम्भावना देख्नेहरु छन् । तर त्यसरी सम्भावना देख्नेहरुलाई यो चुनावमा भएको फ्लोर क्रसका घटनाले सजग र सतर्क पारेको छ । नेताहरु माथिमाथि मिल्दैमा हुँदैन भन्ने कुराको बलियो संकेत त्यसले देखाएको छ । सत्ता गठबन्धनकाहरुले फ्लोर क्रस नगरेको भए एमालेले १ सिट पनि जित्न सक्ने थिएन । त्यत्तिमात्र होइन, गठबन्धनका उम्मेदवारले आशाअपेक्षा गरेको संख्यामा मत पाएनन् । सोच्यो भने यो गम्भीर कुरा हो । अर्काेतिर यो चुनावमा एमालले लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको किन होला भन्नेहरुलाई प्रशस्त जवाफ दिएको छ । तिनीहरुको गठबन्धनले अहिले ठोस परिणाम ल्याउन नसके पनि आगामी चुनावका लागि यो गठबन्धन अर्थपूर्ण छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेस विरोधीका रुपमा जे जसरी देखाउन खोजिएको छ, त्यसमा यो गठबन्धनले प्रभावकारी भूमिका खेल्न सक्ने अनुमान गरिएको छ । ती सबै घटनाक्रमलाई कसले कसरी लिन्छन् र घटनाक्रम के कसरी विकसित हुन्छन्, त्यो अहिले भन्न सकिने कुरा होइन तर यो चुनावको घटनाले धेरै कुरा बताएको छ, यो निश्चय हो ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width