Worldlink ads

चुनावमा अडेको आशा

सम्पादक
मंसिर ३, २०७८

नेपालमा चुनावको लहर सुरु भएको छ । अहिले संसदमा प्रतिपक्षमा रहेको नेकपा एमाले र गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस पार्टीको तल्लो तहको निर्वाचन भइरहेको छ । यसै महिनामा ती दुवै महत्वपूर्ण ठूला पार्टीहरुको केन्द्रीय नेतृत्व चयन हुने भएको छ । अर्काे ठूलो पार्टी माओवादी केन्द्रले पनि आफ्नो राष्ट्रिय सम्मेलनको निकट भविष्यमा नै आयोजना गर्दैछ । अहिलेको यो राजनीतिक गतिविधि हुँदा कुनै पनि पार्टीको केन्द्रीय नेतृत्व तहमा खास परिवर्तन हुने देखिएको छैन । पार्टीको केन्द्रीय नेतृत्व तहमा परिवर्तन भएन भने आगामी आमचुनावमा पनि त्यत्ति परिवर्तन हुने छैन । त्यसमा परिवर्तन भएन भने सरकारमा बस्नेहरु त्यही त्यही अनुहारका हुनेछन् । सरकारमा रामको ठाउँमा श्याम र श्यामको ठाउँमा राम बस्दैमा देशका लागि केही हुनेवाला छैन ।
अहिले पार्टीहरुको तल्लो तहको चुनाव सम्पन्न हुँदैछ । १ वर्षपछि स्थानीय तहको चुनाव, प्रदेशको चुनाव र संघीय प्रतिनिधि सभाको लहर चल्नेछ । चुनावको जतिसुकै ठूलो लहर चले पनि त्यसले सर्वसाधरणमा आशाको किरण ल्याउने संकेत छैन । चुनाव झन्–झन् महँगो हुदैछ । महँगो हुदै गएको चुनाव के–कसरी सस्तो बनाउने भन्नेतिर कुनै राजनीतिक पार्टीका नेताहरुले चासो देखाएका छैनन् । नकि निर्वाचन आयोगले नै कुनै ठोस कदम चाल्ने संकेत देखाएको छ । चुनाव सर्वसाधारणको पहुँचदेखि टाढाको कुरा भएको छ । यत्तिसम्मकि मध्यम वर्गका राजनीतिक कार्यकर्ता नेताहरुले पनि उम्मेदवार हुन धेरै पटक सोच्नु पर्ने देखिन्छ । तिनीहरुले त्यत्ति धेरै पैसाको जो हो कसरी मिलाउने त्यो ठूलो समस्याको कुरा भएको छ ।
चुनाव धेरै खर्चालु र महँगो भएकोले देशको राजनीति प्रत्यक्ष/परोक्ष धनाढ्य र नवधनाढ्यको हातमा गएको छ । राजनीति राजनीतिक नेताहरुको हातबाट धनाढ्यको हातमा जानु दुर्भाग्य हो । त्यो दुर्भाग्य अहिले देशले भोगिरहेको छ । नेताहरु बाहिर देखिएजस्तो स्वतन्त्र छैनन् । धनाढ्यको आर्थिक सहयोगमा चलेकाले उनीहरु धनाढ्यको कठपुतली जस्तै भएका छन् । कतिपय धनाढ्य त संसदमा पुगेर मन्त्री बन्नसमेत सफल भएका छन् । राजनीतिमा यस्तो विकृति र विसंगति बढ्दो छ । तर त्यो विकृति र विसंगति पन्छाउने र राजनीतिलाई शुद्ध राजनीति गर्नेतिर कसैको ध्यान छैन । नागरिक समाजका अग्रजहरु यस विषयमा धेरै चिन्तित छन् । तिनीहरुमध्ये केहीले संगठन गरेर तथा संगठित भएर चुनाव लड्ने जमर्काे गरी रहेका छन् । राजनीतिमा केही राम्रा व्यक्तिहरु जान खोज्छन् । राजनीतिक क्षेत्रमा भएको भ्रष्टाचार, घूसखोरी र यस्तै विकृति र विसंगतिबाट चिन्तित भएर केही गर्न खोज्छन् तर तिनीहरुले सकेका छैनन् । तिनीहरुमध्ये केहीले प्रयास भने गरिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

    • प्रधानन्यायाधीश राजीनामा देऊ

      सम्पादक मंसिर १४, २०७८
      प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपालबाट एसोसिएसन र उनकै अदालतका न्यायाधीशहरुले गर्दै आएको विरोध कार्यक्रमले ५ साता पार गरेको छ…
    • स्वतन्त्र पत्रकार संघको कार्यशाला

      सम्पादक मंसिर १३, २०७८
      स्वतन्त्र पत्रकार संघ, कास्कीको आयोजनामा स्थानीय रामबजारस्थित कालिका नमूना विद्यालयका विद्यार्थीलाई उद्घोषण तथा नेतृत्व विकास कार्यशाला भएको छ । कार्यशाला…
    • समानता एवं सकारात्मक सोचको आवश्यक

      सम्पादक मंसिर १२, २०७८
      अहिले हामी लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरी अभियान मनाउँदै छौं । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर…
    • एमालेको १० औं महाधिवेशन

      सम्पादक मंसिर १०, २०७८
      नेकपा एमालेको १० औं महाधिवेशन आज चितवनमा भव्यताका साथ सुरु हुन गइरहेको छ । मंसिर १२ सम्म हुने महाधिवेशन भव्य…
    • गुटबन्दीको पराकाष्ठा

      सम्पादक मंसिर ९, २०७८
      देशभर राजनीतिक पार्टीहरुको आन्तरिक चुनाव भइरहेका छन् । अधिकांश पार्टीहरुले आफ्नो आन्तरिक तहको चुनाव सम्पन्न गरी सकेका छन् । चुनावका…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग