स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न एडुफेयर भन्ने ब्यानरले धेरैको मनलाई आकर्षित गरेको छ । त्यसरी आकर्षित हुनेहरु काठमाडौं भृकुटीमण्डपमा सञ्चालित शैक्षिक मेला हेर्न जाने गरेका छन् । मेला राष्ट्रिय परीक्षा बोर्ड, कान्तिपुर पब्लिकेसन तथा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) को संयुक्त आयोजनमा सञ्चालन भएको हो । शिक्षासँग गहिरो रुचि राख्ने दर्शकहरु स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न भनेर जुन लेखिएको छ, त्यसबाट बढी प्रभावित भएका छन् । तिनीहरु स्वदेशी शिक्षा भनेको केही र कहिलेदेखि त्यसलाई पहिचान गरियो भनेर त्यस विषयलाई खोजी खोजी हेर्ने गरेका छन् । तर त्यसरी खोज्नेहरु आफैं हैरान भएका छन् । किनभने तिनीहरुले भेलामा स्वदेशी शिक्षा भनेर कुनै छुट्टै कुरा केही फेला पार्न सकेनन् ।
स्वदेशी शिक्षाले निश्चय नै मन छोएको छ । प्राचीनकालमा हाम्रो देश निश्चय नै शिक्षा दीक्षाले सम्पन्न थियो । प्राचीन धर्मग्रन्थहरुले त्यो कुरा प्रमाणित गरी देखाइसकेका छन् । तर आज ती ग्रन्थहरुको खोजी भएकौ छैन । अर्थात् ती ग्रन्थहरु कतै भए पनि त्यसलाई वास्ता गरिएको छैन । हामी जन्मन्छौं हाम्रो देशमा । जन्मेपछि हाम्रै संस्कार, संस्कृति र सभ्यतामा हामी हुर्कन्छौं । बाल्यकालदेखि किशोरावस्थासम्म हाम्रो दिल र दिमागले त्यही संस्कार संस्कृति र सभ्यताको बीजारोपण गरिएको हुन्छ । तर त्यसपछि जान हामी बढ्दै जान्छौं, उति हामी विदेशी हावा, विदेशी शिक्षा दीक्षा, संस्कार, संस्कृति र सभ्यताबाट प्रभावित हुँदै जान्छ । वर्णशंकर हुन्छौं । यस्तो अवस्थाबाट पालित पोषित भई हुर्केका हामी जटिलताबाट ग्रसित हुन्छौं अन्योल हुन्छौं । धार्मिक ग्रन्थ पढेर हामी धार्मिक बन्न सक्दैनौं । विज्ञान विषय पढेर वैज्ञानिक दृष्टिकोण राख्न सक्दैनौं । अर्थशास्त्र पढेर पनि अर्थाेपार्जन गर्न सक्दैनौं । र राजनीति पढेर पनि राजनीतिमा सफल हुन सक्दैनौं । यो हाम्रो पुस्ताले भागेको तीतो अनुभव हो ।
बाह्य हावाले हामीलाई यत्ति धेरै प्रभाव परिसकेको छ कि हामीले हाम्रो विरासत भुलिरहेका छौं । हामीले हाम्रो इतिहास पढ्न चाहँदैनौं तर अर्काको इतिहास अत्यन्त रुचिका साथ पढ्ने, सुन्ने र हेर्ने गर्दछौं । यो अहिलेको हाम्रो वास्तविकता हो । यस्तो स्थितिबाट रुमालिएका हामीले भृकुटी मण्डपमा सञ्चालित त्यो भेलाले विद्यार्थी र अभिभावकलाई स्वदेशकै शिक्षण संस्थामा पढ्न–पढाउन प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो । तापनि त्यसलाई स्वदेशी शिक्षालाई प्रोत्साहन गर्न भनेर ब्यानर राखियो । मेलाको उद्देश्य स्वदेशी नेपाली विद्यार्थीलाई नेपालमै बसेर शिक्षा लिन प्रोत्साहन गर्ने राखिएकोमा स्वेदशी शिक्षालाई प्रोत्साहन गर्ने भनेर प्रचार गरियो । त्यो अन्तर पनि सरस्वतीका बरद् पुत्रहरुले ख्याल गरेको देखिएन । यी सबै कुराले हामी चिन्तन मनन र सोचाइ विचारको कुन तहमा छौं भन्ने प्रष्ट गर्दछ । यी सबै कुराहरुले हामीलाई फेदैदेखि सोच्नुपर्ने महसुस गराउँछ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१