आर्थिक स्थिति सुधारमा ध्यान देऊ

सम्पादक
असार १०, २०७९

देशको आर्थिक स्थिति खस्कदै गएकोमा बराबर प्रश्न उठ्ने गरेको छ । हामीले आर्थिक स्थिति सुधार्न उत्पादन बढाएर निर्यात गर्न सकेको भए परिणाम हाम्रो पक्षमा आउने थियो तर स्थिति त्यस्तो छैन । त्यसविपरीत आयात परिमाण भने प्रत्येक महिना बढ्दै गएको छ । आयात बढेकोले हाम्रो विदेशी मुद्राको संचिती घट्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवन कष्टकर बनाउँदै छ । यातायातको साधनको मूल्यवृद्धि भएको छ । दैनिक खाद्य पदार्थ उपभोग्य सामग्रीदेखि विलासिताका सामानको पनि मूल्यवृद्धि भएको छ । बढ्दो महँगीले चुल्होमा आगो बाल्न समेत कठिनाइ भएको छ । यो स्थितिले नेपालको अवस्था पनि श्रीलंकाको जस्तो हुने होकि भन्ने आशंका उत्पन्न गरेको छ ।

सरकार आफ्नो कमजोरी देखाउन चाहँदैन । सरकारकै कारण अवस्था बिग्रेको हो । अर्थमन्त्री जनार्दन शर्माले सुधारको नाममा केही गर्न सकेका छैनन् । उनले अर्थ मन्त्रालयमा जे–जस्ता बिचौलिया राखेका छन्, त्यसबाट आर्थिक स्थिति सुधार हुने अवस्था छैन । उनी बिचौलियाबाट घेरेर बसेकाले उनका महत्वपूर्ण निर्णय एकपछि अर्को विवादास्पद भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई उनले कारबाही गर्ने जुन प्रयास गरे, त्यो विफल भयो । उनले गरेको निलम्बन कारबाहीलाई सर्वोच्च अदालतले अमान्य घोषणा गरी गभर्नरलाई काममा फर्कने अवसर दिए । त्यही बेला उनले राजीनामा दिनु पर्ने थियो । आफ्नो नैतिकता देखाउनु पर्ने थियो तर त्यसो गरेनन् । त्यसपछि पनि उनीमाथि संगीन आरोप लागेको छ । तर त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले केही गरेनन् । न त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै त्यस सम्बन्धमा केही भने ।

राष्ट्र बैंकका गभर्नरले फेरि पनि ६ महिनामा पनि हामीले स्थिति सुधार्न नसके हाम्रो अवस्था श्रीलंकाको जस्तो हुने भन्दै खबरदारी गरेका छन् । राष्ट्र बैंकले विलासिताका सामान आयात नगर्न विभिन्न कदम चालेको छ तर यस पटक त्यसले चाहेका कदम त्यत्ति प्रभावकारी नभएको आर्थिक विशेषज्ञको विचार छ । सरकारले यो खराब स्थितिको उपचारका लागि तत्काल केही कदम चाल्नु आवश्यक छ । यस्तो काममा अर्थमन्त्री र गभर्नरले गहन र गम्भीर विचार विमर्श गरी देशको बिगँ्रदो आर्थिक स्थितिलाई सुधारका कदम चाल्नुपर्नेमा तिनीहरु संवादहीनताको अवस्थामा रही रहनु दुर्भाग्य हो । प्रधानमन्त्री देउवाले समन्वयको भूमिका खेली सुधारका कदम अविलम्ब चाल्न लगाउनु पर्दछ । यस विषयमा प्रधानमन्त्री देउवा अझै चुप लागेर बसे भने स्थिति अरु नाजुक हुनेछ । हामी सम्बद्ध सबैको ध्यान विषयवस्तुको गम्भीरतातिर ध्यान आकर्षित गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width