छिमेकी भारतको १५औं राष्ट्रपतिमा आदिवासी समुदायकी द्रोपदी मुर्भू निर्वाचित भएपछि आदिवासी जनजाति क्षेत्र र त्यस समुदायलाई अघि बढाउनु पर्दछ भन्नेहरुमा उत्साहको सञ्चार भएको छ । द्रौपदी मुर्भू आदिवासी समुदायबाट पहिलो पटक राष्ट्रपति निर्वाचित भएकी हुन् । भारतको संविधानमा यो यो समुदाय र जातजातिबाट राष्ट्रपति बनाउनु पर्दछ भनेर कतै लेखेको छैन । तर त्यहाँका नेताहरुले राष्ट्रपतिको उम्मेदवार बनाउँदा विभिन्न दृष्टिकोणबाट हेर्ने गर्दछन् । त्यसरी हेर्ने क्रममा यसपटक भारतीय जनता पार्टीले उनलाई उम्मेदवारी बनाएको हो । यस अघि दलित समुदायका रामनाथ कोविन्द राष्ट्रपति थिए । भारतमा पटक–पटक मुसलमान राष्ट्रपति भएका छन् । यस अघि एकताका महिला राष्ट्रपति भएका थिए ।
राष्ट्रपति मुर्भूले भूइँमान्छेबाट आफ्नो व्यक्तित्वको विकास गरेका थिए । उनी ओडिसा राज्यको मयुरमन्ज जिल्लामा सन् १९५८ मा जन्मेर त्यहींको विद्यालय र कलेजमा पढी स्नातक उत्तीर्ण गरिन् । आफ्नो पढाइ सकेपछि कर्कको नोकरी गरिन् । केही समय शिक्षण पेसामा पनि लागिन् । पछि उनी राजनीतिमा लागिन् । उनी भारतीय जनता पार्टीको तर्फबाट सन् २००० देखि २००९ सम्म २ पटक विधायक बनिन् । विधायक पदमा रहँदा उनले सर्वश्रेष्ठ विद्यायको पुरस्कार पाइन् । त्यो पुरस्कारले उनको भद्रता र सौम्यताको परिचय दिएको थियो । त्यसपछि उनी प्रान्तको मन्त्री पनि बनिन् । मन्त्री बन्दा पनि उनले आफ्नो जिम्मेवारीलाई राम्ररी निभाइन् । त्यो जिम्मेवारी राम्ररी पूरा गरेकाले केन्द्रीय नेताहरुको दृष्टि उनीमाथि प¥यो । २०१५ मा उनलाई झारखण्डको राज्यपाल नियुक्त गरियो । त्यसबेला झारखण्डको राज्यपाल हुनु ठूलो चुनौतीको कार्य थियो । तर उनले त्यो चुनौतीलाई सफलतापूर्वक सम्पादन गरिन् । ६ वर्ष राज्यपाल हुनु ठूलो कुरा हो । उनले राज्यपालको जिम्मेवारीलाई सरलता र सहजतापूर्व निर्वाह गरेकाले उनको लागि राष्ट्रपतिको ढोका खुलेको हो ।
भारतका प्रधानमन्त्री मोदीले चतु¥याइँपूर्वक उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएका थिए । विपक्षी दलहरुले भने पहिले–पहिले झैं माथिल्लो जातको वरिष्ठ राजनीतिज्ञ यशवन्त सिन्हालाई प्रत्यासी बनाएको थियो । भाजपासँग चुनाव जित्ने भोट थिएन । तर आदिवासी समुदायमा यस्तो लहर चल्यो कि विपक्षी पार्टीका मतदाताहरु पनि विवेकको आवाज सुन्ने भन्दै मुर्भूलाई मत दिए । मत परिणाममा आउनुभन्दा पहिले मुर्भूले जित्ने निश्चय भएको थियो । उनले ७२ प्रतिशत मत पाए । आदिवासी समुदायका एक जना भूइँमान्छे साधारण कर्कदेखि राष्ट्रपतिको आसनसम्म पुग्नु यसै पनि महान् कार्य हो । त्यो महान् कार्य भारतमा भएको छ । त्यसबाट आदिवासी पिछडिएका जातिहरुलाई पनि स्थान दिनुपर्दछ, महत्व दिनुपर्दछ र सके प्राथमिकता दिनुपर्दछ भन्ने प्रष्ट हुन्छ । भारतको यो निर्वाचनबाट आदिवासी जनजातिको क्षेत्रमा उत्साह फैलिएको छ ।
Related News
सम्बन्धित समाचार
परराष्ट्रमन्त्री खड्काको चीनमा व्यस्त कार्यक्रम
देश चुनावी माहोलमा प्रवेश
बढ्दो हत्या–हिंसामा जिम्मेवार को ?
चुनावको मिति छिटो घोषणा गर
पोखरामा अविरल वर्षाको प्रभााव
hero news full width
मुख्य समाचार
संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९किताब पढ्नु र पास हुनुुमात्र शिक्षा होइन
श्रावण २४, २०७९चुनावकाे मुखमा कर बढाउन किन हौसिए गण्डकीका अर्थमन्त्री बराल ?
श्रावण २४, २०७९नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
श्रावण २३, २०७९