नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको महिनौं पहिलेदेखि विवाद चर्कदै गएको सर्बविदित छ । त्यो विवादले गर्दा प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरे भने अर्काे दाहाल–नेपाल पक्ष त्यो संसद विघटन अवैधानिक भएको जिकिर गर्दै सर्वाेच्च अदालत पुगेका छन् । त्यति मात्र होइन, दाहाल–नेपाल पक्षले सडक पनि तताउँदै छन् । तिनीहरुको त्यो विवाद यत्ति चर्केर गएकोछ कि त्यो पार्टी आफै विभाजन भएको छ । विभाजनमा प्रधानमन्त्री ओली एक पक्ष भएका छन् भने दाहाल–नेपाल अर्काे पक्ष भएका छन् । तिनीहरु अहिले पक्ष र विपक्ष मात्र भएका हेइनन् आफ्नो पक्षको आधिकारिकताका लागि निर्वाचन आयोगमा पुगेका छन् । ती २ पक्ष हरेक मोर्चामा लड्न तयार भएका छन् । तिनीहरुको त्यो लडाइँ केन्द्रमा मात्र होइन, क्रमशः प्रदेशतिर पनि सर्दैछ । प्रदेश र जिल्लाहरुमा पनि नेता र कार्यकर्ताहरु विभाजित भएका छन् । ती दुवै पक्षहरु दिनहुँ भने झैं सडकमा नारावाजी गरेर शक्ति प्रदर्शन गरिरहेका छन् ।
तिनीहरुको पक्ष र विपक्षको शक्ति प्रदर्शनको क्रम प्रदेश सरकारहरुमा पनि पुग्दै छ । देशको ७ प्रदेशहरुमध्ये ६ प्रदेशमा नेकपाको सरकार छ । प्रदेशमध्ये कुनैमा ओली पक्षका मुख्यमन्त्री छन् । तिनीहरु एक पक्षले अर्काे पक्षलाई सरकारबाट हटाउने तयारीमा जुटेका देखिएका छन् । तिनीहरुले अर्काे पक्षलाई सरकारबाट हटाउने अभियान वागमती प्रदेशबाट सुरु गरेका छन् । वागमती प्रदेशमा ओली पक्षका डोरमणि पौडेल मुख्यमन्त्री छन् । उनलाई हटाउन दाहाल–नेपाल पक्षका ४५ जना प्रदेश सभासदहरुले उनको विरुद्धमा शुक्रबार अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
ती पक्ष र विपक्षले अर्काे प्रदेशको पनि जोड घटाउ सुरु गरेका छन् । अब एक पछि अर्काे प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता हुने निश्चितप्राय छ । स्थिति गम्भीर अवस्थामा पुगेको छ । केही मुख्यमन्त्रीले आफ्नो कार्यालयमा कति दिन रहन सक्लान्, त्यसको दिन गन्ती सुरु गरेका छन् । तिनीहरुले पक्ष र विपक्ष भएर अविश्वास प्रस्ताव दर्ता गर्दा कुनै प्रदेशमा नेपाली कांग्रेस निर्णायक हुने अवस्था पनि छ । त्यो अवस्थामा तिनीहरुका लागि कांग्रेसको साथ र सहयोग महत्वपूर्ण हुन सक्छ । पछि त्यो जे भए पनि अहिले नेकपाको विवादको कम्पन प्रदेशहरुमा पुगेको छ र नेकपाका मुख्यमन्त्रीहरुमा कुर्ची हल्लिन सुरु गरेको छ । यसले पार्टी त कमजोर भएको छ नै सिंगो संघीय राज्यप्रणालीमाथि नै खेलवाड गरेको छ ।
Related News
सम्बन्धित समाचार
कमलपोखरीमा कमल फुल्न देऊ
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
hero news full width
मुख्य समाचार
बेवारिसेका अभिभावक विद्यालय
प्रधानमन्त्रीले शिलान्यास गरे प्रदेश प्रशिक्षण प्रतिष्ठान
फागुन १७, २०७७ड्यामसाइडदेखि चंखपुरको सेरोफेरो, फेवातालकाे चौघेरो
फागुन १७, २०७७स्कुल टिकाउन विद्यार्थी वन्धक !
फागुन १६, २०७७नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७