आउनै लाग्यो दशैं

सम्पादक
असाेज २७, २०७७

१. दशै लाग्न अब केही दिन मात्र बाँकी छ । कार्तिक १ गते घटस्थापनादेखि दशै सुरु हुन्छ । कार्तिक १० गते दशमी अर्थात टीका छ । पूर्णिमा सम्मै १५ दिन मनाइने यो चाड सवैभन्दा ठूलो भएकोले पनि बडादशैं भन्ने गरिएको हो ।

२. अहिले स्थितिमा धेरै मानिसलाई एक छाक जुटाउन पनि मुस्किल छ । पन्ध्र दिनको चाड झन् कसरी मनाउनु । हुने खानेको छुट्टै कुरा हो । सर्वसाधारणलाई सधैँ गार्‍हो छ । यसपालि त झन् कोरोनाले चौपट पा¥यो । उद्योग धन्दा बन्द भए । धेरैको रोजगारी नै खोसियो । यसले गर्दा धेरेको मीठो मसिनो खाने, राम्रा कपडा गाउने भन्ने सपना पनि खोसिएको छ ।

३. तर पनि धेरै पहिलेदेखि मान्दै आएको चाड नमानीकन को बस्न सक्छ र ? तर चाड भनेर पनि भएन । घाँटी हेरी हाड निल्नु अवस्था हेरी काम गर्नु भन्छन् । अहिलेको अवस्था नै कमजोर छ त यसलाई त्यही रुपमा मनाउनु पर्छ । एकदिन मात्र खाएर र एकदिन मात्र लाएर हुने भए किन दुःख गर्नुपथ्र्यो र ? भएको वेला गरौँला पनि तर अहिले त्यो अवस्था छैन । भन्नुको अर्थ यही दशैँ दशा नबनोस् ।

४. अहिले हामीलाई ठूलो चुनौती छ, कोरोना महामारीबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने । हामीले मुखमा मास्क लगाउने, नियमित हात धुने सेनिटाइजर लगाउने एक मान्छे र अर्काे मान्छे बीच कम्तीमा ३/४ मिटरको दूरी राख्ने, कोरोना लागेको शंका लागे तुरुन्तै स्वास्थ्य जाँच गराईहाल्ने गर्नुपर्दछ । भीडभाडमा नजाने कम्तिमा यतिमात्र गर्न सकियो भने पनि कोरोनाबाट बँच्न सकिएला । नत्र कसरी दशैं मनाइएला र ?

५. कोरोनाबाट बच्न अपनाउनु पर्ने मापदण्डको कुरा गर्दा यसपालि सबै भेला भएर दशै मनाउन पाइने अवस्था छैन । आफ्नै घरमा मात्र टीका, आफ्नै घरमा पिङ, आफ्नै घर वरपरको सरसफाई मै दशै सिमित बनाउुपर्छ । महामारीबाट बँच्न सकियो भने त भेटघाट रमाइलो त्यसपछि पो गरौला । कसेको दुःख मान्नु पनि हुदैन । हाम्रो भनाई यक्ति हो दशैँ दशा नबनोस् ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width