१. प्रजातन्त्रका सेनानी लमजुङ निवासी दलबहादुर कामीको मंगलबार आफ्नै निवास भोर्लेटारमा मंगलबार निधन भयो । उनी ८४ वर्षका थिए । उनको पाथिव शरीरमा प्रदेश सांसदद दोवाटे विश्वकर्मा, काँग्रेस जिल्ला सभापति भेषबहादुर पौडेल लगायतले नेपाली काँग्रेसको झण्डा ओडाएका थिए ।
२. उनको नाम दलबहादुर कामी भएता पनि घोइरो कामीको नामबाट चिनिन्थिे । २००६ सालमा उनी १४ वर्षको हुँदा नेपाली काँग्रेसले आन्दोलनको घोषणा गरेपछि उनी काँग्रेसको झण्डा लिएर एक सुरले राणा शासन मुर्दावाद भन्दै गाउँ गाउँ घुमेका थिए । त्यसरी एकोहोरो रुपमा लागेकाले उनीलाई घोइरो कामी भनेर बोलाउन थालिएको थियो ।
३. त्यसवेला राणा शासनको विरोधमा खुल्लम खुल्ला निस्किने मानिसको संख्या अभाव थियो । जान्ने सुन्नेहरु भित्रभित्रै संगठन गर्दथे, अरुलाई उत्साही गर्दथे तर आफू निस्किदैनथे । त्यस्तो अवस्थामा उनले काँग्रेसको झण्डा बोकेर गाउँगाउँ गएका थिए ।
४. उनले पञ्चायतको पनि त्यसै गरी विरोध गरेका थिए । एकजना दलित परिवारमा जन्मेर पनि उनमा राजनीतिक चेत थियो । नागरिकहरु अधिकारको लड्नु पर्दछ भन्थे । काठमाडौं पुगेरपनि उनले जुलुसहरुमा भाग िलिने गरेका थिए । एकताका काँग्रेसका नेताहरु विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईको नजिक पुगेका थिए । नेताहरुले उनको कदमको प्रशंशा गर्दथे ।
५. उनी पनि नेताहरुको नाम सुन्नासाथ उत्साही हुन्थे । उनले नेताहरुको सम्बन्धमा अनेक कथा सुनाउथे । नेताहरुको त्याग, तपस्याको खुव प्रसंशा गर्दथे । बृद्धि उमेरमा पन िउनी काँग्रेसका सच्चा कार्यकार्ता रहेका थिए । काँग्रेसले लमजुङमा १५ जना नेताहरुलाई प्रजातन्त्र सेनानी घोषणा गरेकामा ती १५ मध्ये उनी पनि एक थिए । पार्टीले उनलाई सम्मानको दृष्टिले हेर्दथ्यो ।
६. पार्टीले उनको योगदानको कदर गरेर नवलपरासीमा तीनकठ्ठा जग्गा दिएको थियो । पछि त्यो जग्गा बेचेर उनी आफन नातिका साथ भोर्लेटारमा बसाई सरेका थिए । उनी विपी स्मृति ट्रष्टद्वार २०७२ मा सम्मानित भएका थिए । लमजुङको जिल्ला समितिले पनि ६ वर्ष पहिले सम्मान गरेको थियो । त्यस वेला उनलाई काग्रेसको खम्बा भनेर सम्बोधन गरिएको थियो ।
७. घोइरो कामी निडर र निर्भीक थिए । अन्याय अत्याचार सहन सक्दैनथे । इमान्दारिता थियो । कृष्णप्रसाद भट्टराइले आफूले लगाइरहेको कोट दिएर सम्मान गरेका थिए । कोटको गोजीमा भएको नाट भने उनले फर्काएका थिए । उनी पेशाले सिकर्मी थिए । सिकर्मी भएरै उनले दैनिक जीवन गुजारेका थिए ।
Related News
सम्बन्धित समाचार
योग्य व्यक्तिको अवसान
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
hero news full width
मुख्य समाचार
स्कुल टिकाउन विद्यार्थी वन्धक !
नेपालकै ठूलो धनराशिको फुटसल
फागुन १६, २०७७नाइकेको विषयमा कारागार भित्रै झडप
फागुन १६, २०७७संसद बैठकः सत्तापक्षको बेन्च झमेला
फागुन १६, २०७७आगामी शैक्षिक सत्र १० महिनाको हुने, असार १ गतेबाट सुरु
फागुन १६, २०७७रघु पन्तकाे भनाइप्रति काेमल वलीकाे आपत्ति : पिँडुला देखाएर सांसद बनेकाे हाेइन
फागुन १६, २०७७