गाई फर्ममा प्रदेश

सम्पादक
असाेज २०, २०७७

१. गण्डकी प्रदेश सरकारले गत वर्ष प्रदेशलाई दुधमा आत्मनिर्भर बनाउने भन्दै गाई फर्म स्थापनाका लागि २२ करोड बजेट छुट्यायो । दैनिक एउटैले ३० लिटर सम्म दिने १५/२० हजारबाट गाई पालिने हल्ला चल्यो । प्रदेशको निजी साझेदारी फर्मसँग सहकार्य हुने उक्त गाई फर्ममा किसानहरुको पनि सेयर रहने चर्चापछि सेयर लिन पनि धेरै उत्सुक थिए । तर यसैवीच आयोजना निस्तेज जस्तै भयो ।

२. दूधको खोलो बगाउने हो हल्ला सहित आएको यो आयोजना बारे सुरुमै विवाद भयो । गाईफर्मका लागि सम्झौता गरिएको निजी कम्पनकिा सञ्चालकका विगतका गतिविधिहरु सञ्चारमाध्यममा आएपछि आयोजना सफल हुनेमा अनेक शंका उपशंका गरियो । पार्टी कार्यकर्ता पोस्न आयोजा ल्याइएको भन्ने सम्मका आरोप लाग्यो । त्यसबारे प्रदेश संसदमा समेत आजाव उठ्पछि वास्तविकता बुझन् सार्वजनिक लेखा समितिले यसबारे छानविन गर्न समिति नै गठन गर्‍यो ।

३. छानविन उप–समितिले सुझाव समितिको प्रतिवेदन शुक्रबार लेखा समितिलाई बुझाएको छ । सार्वजनिक निजी साझेदारी रुपमा गाईपालनका लागि लगानी गर्न तम्सिएको प्रदेश सरकारको उक्त आयोजनामा के भूमिका हुने भन्नेबारे स्पष्टटा देखिएन । वैदेशिक लगानी र सहयोग समेत प्राप्त हुने देखिएको उक्त फर्ममा के कति हिस्सा, ऋण, अनुदान, सहुलियत ऋण हुने हो भन्ने बारे अस्पष्टता रहेको प्रतिवेदनमा उल्लेख छ । अनुदानमा जोड दिनु पर्ने र आयोजनाका प्रत्येक कुरा हचुवामा नभै स्पष्ट रुपमा प्रकाश पार्नुपर्ने पनि सुझाव समितिले दिएको छ । साथै सरकारको पनि नियमित अनुगमन हुनुपर्ने जोड दिइएको छ ।

४. प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा ल्याएको गई फर्म सञ्चालनको कुरा अत्यावश्यक नै हो । दूधको अभावमा यहाँका कतिपय डेरीहरुले भारतबाट दूध ल्र्यारहेका छन् । यस अवस्थामा यही नै पर्याप्त दूध उत्पादन गर्ने योजनालाई कसैले नराम्रो भन्न सक्दैन । उक्त आयोजनाले अरु दुग्घ व्यवासइहरुको दूध पनि संकल गरेर दुग्धजन्य पदार्थहरु उत्पादन गर्ने, दुग्ध व्यवसाय सम्बन्धी नयाँ प्रविधिहरु समेत ल्याउने हूँदा स्थानीय किसानहरुलाई समेत फाईदा पुग्ने देखिन्छ । धेरैले रोजगार समेत पाउने छन् ।

५. गण्डकी प्रदेश बढी पहाडी भूभाग भएको क्षेत्र हो । यस भूभागमा फलफूल तथा पशुपालतको सम्भावना बढी रहेको विज्ञहरुले धेरै अघि देखि सुझाव दिदै आएका हुन् । परम्परागत रुपमा उक्त कार्यहरु हुँदै आएका भए पनि व्यवसायिक रुपमा त्यति धेरै भएको देखिदैन । सम्भावना भएपनि आवश्यक ज्ञान, तालिम, जनशक्ति वा लगानीका अभावमा कति कुराहरु निष्कृय रहेका छन् । सम्भावनाहरुको खोजीगरी त्यसतर्फ लगानीका आकर्षण बढाउनु आवश्यक छ । फलफूल, तरकारी दूध तथा मासुमा गण्डकी प्रदेश आत्मनिर्भर बन्न सक्छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width