आज नेपाल र नेपालीका लागि विशेष महत्वको दिन हो । देशवासीहरु कोभिड–१९ महामारीबाट बच्ने कुनै औषधी र उपचार विधि नपाएर त्राहीमाम हुनुपरेको बेला आज पहिलो पटक त्यस रोगविरुद्ध नेपालीहरुले खोप लगाउन पाउने भएका छन् । आजदेखि देशमा खोप अभियान सुरु हँुदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट खोप अभियान शुभारम्भ हुन गइरहेको छ । यो खोप भारत सरकारको सौजन्यताबाट प्राप्त भएको हो । कोभिडसिल्ड नामक यो खोप भारतस्थित सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । यो खोपको तेस्रोे पटक ट्रायल भइसकेको छ र भारतमा १० लाख बढीले यो खोप लगाइसकेका छन् ।
नेपालमा पहिलो पटक ४० हजार डोज खोप ल्याइएको सरकारले जनाएको छ । यो खोप सरकारले प्रदेशहरुमार्फत जिल्लाहरुमा पुर्याएको छ । जिल्लामा पहिलो चरणमा कोभिड–१९ उपचारक्रममा फ्रन्टलाइनमा खटिएका फोहोर व्यवस्थापकदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवकलाई खोप लगाइने छ । यो खोप लगाएको निश्चित दिनपछि दोस्रो डोज लगाउनु पर्ने हुन्छ । कोभिड–१९ महामारीबाट विश्व नै आक्रान्त भएको बेला वैज्ञानिकको अथक प्रयासबाट खोप पत्ता लागेको हो यो खोप मानव जीवनकै लागि एउटा चमत्कार भएको छ । यसको प्रयोगबाट सुरक्षाको अनुभूति भएको छ । अब कोभिडबाट बच्न सकिन्छ भन्ने भरोसा मिलेको छ ।
कोरोना भाइरसबाट नेपालमा मात्र २ लाख ७० हजारभन्दा बढी संक्रमित भएका छन् । हालसम्म २ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । विश्वमा कतै पनि यसको औषधी विधि नभएबाट मानिसहरु, त्यसमा पनि वरिष्ठ चिकित्सक निरीह र विवश थिए । यसको उत्पादनले मानव जीवनमा एउटा आशा तरंगित भएको छ । नेपालका खोप लगाउन त सुरु गरिएको छ । यो सुखद समाचार हो । तर यो खोपलाई सरकारले निरन्तरता दिनु पर्दछ । अहिले त सहयोग स्वरुप निशुल्क खोप पाइरहेको छ भने सधैं निशुलक पाइने छैन । किनेर भए पनि खोपको व्यवस्था गरिनुपर्दछ । खोप किन्ने काममा सरकार गम्भीर हुनु पर्दछ । फेरि यो दिनदिनकै समस्या भएकोले ढिलो गर्नु हँुदैन । सरकारले आफ्नो महत्वपूर्ण दायित्व रुपमा लिनुपर्दछ । भारत सरकारले सुरुमै १० लाख खोप दिएर जे जसरी सहयोग गरेको छ, त्यो हाम्रो लागि ठूलो कुरा भएको छ । त्यसको लागि हामी धन्यवाद ज्ञापन गर्दछौं ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
बलात्कार र सामाजिक चिन्ता
hero news full width
मुख्य समाचार
टाइगर कपबाट १९ लाख बचत
म्याग्दीमा पालिका र वडा थप्ने निर्णय
फागुन १५, २०७७पर्यटक डाक्न आतुर छ म्याग्दीकाे मालिका धुरी
फागुन १५, २०७७जहाँ माछाको काजकिरिया गरिन्छ
फागुन १५, २०७७एचआइभी संक्रमितलाई छैन डायलासिस सेवा
फागुन १५, २०७७प्रतिनिधिसभा बैठक २३ गते बोलाउन सिफारिस
फागुन १४, २०७७