१. कोरोनाको महामारीबाट विश्व नै आक्रान्त भएको वेला त्यस रोगको निवारणको औषधी तैयार हुँदैछ भन्ने समाचार मात्रले पनि एउटा आश जगाएको थियो । अहिले त त्यस रोग विरुद्धको खोप परीक्षणको अन्तिम चरणमा पुगेको समाचार आएको छ । विज्ञानको यो चमत्कारले महामारी अव रोकिन्छ भन्ने भरोसाा उत्पन्न भएको छ ।
२. यो खोप तैयार गर्ने काममा विश्वका दर्जानौ औषधी उत्पादक कम्पनीहरु लागि परेका छन् । ती मध्ये चार वटा कम्पनीहरुको खोप अन्तिम चरणमा पुगेको र सम्बन्धित सरकारहरुले इजाजत दिएमा सर्वसाधरणलाई खोप लगाईदिन तैयार भएको वैज्ञानिकहरुले वताएका छन् । सरकारहरुले पनि छिट्टै इजाजत दिन आवश्यक जाँचबुझ गर्दैछन् ।
३. तैयार भएपछि ती खोप नेपालमा के कसरी ल्याउने त्यस सम्बन्धमा सरकारले चासो देखाएको छ । सरकारले त्यसरी खोप आयात गर्न कुनै नियम कानून वाधक नहोस् भनेर अध्यादेश जारी गरिउको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशले खोप आयात गर्ने बाटो प्रशस्त गरेको छ ।
४. अहिलेसम्म विश्वका चार वटा कमपनीको काम अन्तिम चरणमा पुगेको छ । अन्य कम्पनीहरुले पनि सकेसम्म छिटो आफ्नो खोप बजारमा ल्याउन रातादिन प्रयास गरिरहेका छन् । अन्तिम चरणमा पुगेकामध्ये अमेरिकाको फाइजर बायोटेक र मोडर्ना, बेलायतको अक्सफोर्ड, अष्ट्रेलियाका र रुसको ग्यामेलिया इन्ष्टिच्यूट रहेका छन् ।
५ सरकारले ती मध्ये कुन कम्पनीको उत्पादन हाम्रो लागि उपयुक्त हुन्छ, त्यसको अध्ययन गर्दैछ । त्यसरी आयात गर्न छिटो छरितो होस भनेर सरकारले अर्थ, स्वास्थ्य र परराष्ट्र मन्त्रालयका सचिवहरुको एक समिति पनि गठन गरेको छ । त्यसले आफ्नो काम प्रारम्भ गर्दैछ ।
६. यसैबीच एक दुई जनाल खोप चीनबाट ल्याउनु पर्दछ पनि भन्दैछन् । यस्तो महामारीको वेला हामीले कुनै देशप्रति लालयित हुनु र झुकाव राख्नु हुदैन । जहाँबाट ल्याउँदा उपयुक्त हुन्छ त्यहीबाट ल्याउनु पर्दछ । विगतमा झै अहिले पनि विचौलियाहरु सक्रिय हुन सक्दछन् । त्यसमा सरकार सतर्क हुनुपर्दछ ।
७. विचौलियाहरुबाट सरकार बदनाम भएको अवस्था छ । कोरोनाकै बन्दोबस्तीका सामान ल्याउँदा पनि सरकार विवादमा फसेको थियो । अव त्यस्तै अवस्था आउन दिनु हुँदैन । कोरोनाबाट सबै पीडित भएको वेला जहाँबाट खोप छिटो ल्याउन सकिन्छ सस्तो हुन्छ र जलवायु अनुसार उपयुक्त हुन्छ त्यहीबाट ल्याउनु पर्दछ । यो काममा ढिलो गर्नु हुँदैन, अलमलिनु हुँदैन र पूर्वाग्रह राखिनु हुदैन ।
Related News
सम्बन्धित समाचार
प्रधानमन्त्रीको आपत्तिजनक अभिव्यक्ति
नागरिक आन्दोलनको घोषणापत्र
सम्भावनाका ढोका खोलेको दिन
पर्यटकीय गन्तव्यको छनोट
बलात्कार र सामाजिक चिन्ता
hero news full width
मुख्य समाचार
कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : नेकपा फुटेको छैन, हतारमा निर्णय नगरौँ
पोखराको फुटपाथ र पार्किङ व्यवस्थापन गर्न पाेउवा संघले बुझायो ज्ञापनपत्र
फागुन १३, २०७७नेपाली खानालाई विश्वभर पस्किँदैछुः सन्तोष साह
फागुन १३, २०७७काठमाडौंमा राजनीतिक हावाहुरी, पाेखरामा भने सुनसान
फागुन १३, २०७७माछापुच्छ्रेका छाेरीबुहारी चुलोचौको छाडेर लोक सेवा तयारीमा जुटे
फागुन १३, २०७७फेवातालको क्षेत्रफल ११२५५ रोपनी
फागुन १३, २०७७