कोरोनाको खतरा कायमै

सम्पादक
असार १३, २०७८

दोस्रो लहरको कोरोनाको प्रभाव अहिले आएर केही कम भएको छ । वैशाख दोस्रो साताबाट सुरु भएको निषेधाज्ञालाई अहिले मुलुकभर खुकुलो पारिएको छ । सरकारी कार्यालयदेखि यातायातका साधन चल्ने र खुल्ने क्रम बढेको छ । जसका कारण खतरा पनि बढेको छ । त्यसो त पोहोरको लकडाउनमा जस्तो यो वर्ष त्यतिधेरै कडा गरिएन । बजारमा चहलपहल केही न केही रुपमा भइ नै रह्यो । त्यसैले त यसपालि आर्थिक क्रियाकलाप थोरै नै भए पनि भयो । तर पर्यटन, यातायात लगायतका क्षेत्र भन निकै प्रभावित भए । पोहोरको लकडाउनले आर्थिक क्षेत्र थला नै परेको भएर होला सरकार यसपालि केही लचक भएको । जनजीवन ठप्प हुँदा उद्योग कलकारखाना र अन्य क्षेत्र बन्द थिए पोहोर । जसका कारण धेरैले जागिर गुमाए । कति त व्यवसायबाट पलायन नै भए । व्यवसायीहरुले आत्महत्या गर्नुपर्नेसम्मको अवस्था आएको थियो ।
मुलुकभरजस्तै गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण दर कम भएको छ । पोहोरदेखि अहिलेसम्म प्रदेशमा कोरोनाबाट ९ सय २३ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयले दिएको पछिल्लो २४ घन्टाको विवरण अनुसार देशभर गरी थप ३० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ । यसैगरी प्रदेशमा कोरोना जित्नेको संख्या ५० हजार ६ सय ७ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार २ सय ७३ पुगेको छ । कुल संक्रमितका आधारमा निको हुनेको दर ९१ दशमलव ९ प्रतिशत छ । नेपालमा पिसिआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३२ हजार ३ सय २६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ४२ हजार २४ छ भने क्वारेन्टाइनमा ३ सय ६१ जना छन् । हालसम्म पिसिआर परीक्षण ३३ लाख १७ हजार ३९ भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
अहिले संक्रमणदर कम देखिएको भए पनि खतरा भने कायमै रहेको विज्ञहरुले बताएका छन् । अहिले त नेपालमै पनि तेस्रो भेरियन्ट देखा परिसकेको छ । जुन भेरियन्ट पहिलो र दोस्रोभन्दा निकै खतरा छ । तेस्रो भेरियन्टबाट बालबालिकालाई बढी खतरा हुने विज्ञहरुको आकलन छ । पहिलोभन्दा दोस्रो भेरियन्ट खतरा थियो । जसका कारण विश्वभर धेरैले ज्यान गुमाए । त्यसो त संक्रमणको खतरा बढ्दै जाँदा खोपको प्रभावकारिता पनि बढेको छ । विश्वका धनीमानी देशहरुले आफ्ना धेरैजसो नागरिकहरुलाई खोप लगाइसकेका छन् । हाम्रो देशमा पनि ३ चरणसम्मको खोप अभियान सञ्चालन भइसकेको छ । तर खोपको मात्रा माग अनुसार प्राप्त हुन सकेको छैन । तर पनि कोरोनाबाट बच्नका लागि खोप अपरिहार्य छ भन्ने प्रमाणित भइसकेको छ । तर अन्य सावधानी भने अपनाउनु नै पर्छ । अहिले मुलुकभर चहलपहल बढ्दा लाग्छ अब फेरि अर्कोपटक कोरोना आउँदैन, अब पूरै साम्य भइसक्यो । तर त्यस्तो होइन । कोरोनाको खतरा कायमै छ । भौतिक दूरीलगायत स्वास्थ्य सचेतना अपनाउन चुक्नुहुँदैन ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width