संक्रमण बढ्यो

सम्पादक
श्रावण १६, २०७७

१. लकडाउन खुलेपछि कोरोना भाइरसको संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार लकडाउन खुल्ने अगाडीको ८ दिन र खुलेपछि ८ दिनपछिको परीक्षण र संक्रमितको संख्या हेर्दा संक्रमण दर बढेको देखिएको हो । लकडाउन खुल्नु अघिको ८ दिन ३ प्रतिशतमा रहेको कोरोना संक्रमण बढेर ३.७ प्रतिशत पुगेको जनाइएको छ ।

२. केही स्थानहरुमा संक्रमण अलि बढी देखिएको कारण सिल गरिएका छन् । पुतलीबजार नगरपालिका गत मंगलबार देखि १० दिनका लागि बन्द गरिउको छ । पुतलीबजारस्थित जिल्ला प्रहरी कार्यालयका ३७ जना प्रहरीमा कोरोना पुष्टि भएसँगै फैलिन नदिन नगरपालिका सिल गरिएको हो । त्यहाँ सार्वजनिक तथा निजी सवारी, अत्यावश्यक उपभोग्य सामग्री बाहेकका पसलहरु बन्द गरिएका छन् । यसैगरी वैंक तथा वित्तीय संस्था स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र सेवा प्रदान गर्ने र उत्यावश्यक बोहकका उद्योग व्यवसाय पनि बन्द गरिएको छ ।

३. यसअघि नवलपुरको गैंडाकोट नगरपालिका पनि सिल गरिएको थियो । त्यहाँ पनि सुरक्षामा खटिएका प्रहरीहरुमा कोरोना संक्रमण बढी देखिएको थियो । विभिन्न स्थानमा अग्रभागमा रहृर कार्यरत प्रहरी तथा सैनिकहरु कोरोना संक्रमणबाट बढी प्रभावित भएका छन् । यसरी संक्रमित भएका सुरक्षाकर्मीहरुको संख्या ३८२ पुगेको जनाइएको छ । यसैगरी अग्रभागमा रहेर सेवा पुर्‍याईरहेका स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरु समेत संक्रमित भएका छन् ।

४. देशभर अहिले संक्रमितको संख्या पाँचहजार नाघेको छ । क्वारेन्टिनमा रहनेहरुको संख्या १४ हजार भन्दा बढी छ । कुल संक्रमितमध्ये ७२.७ प्रतिशत कोरोना मुक्त भएर घर फर्किसकेको जनाइएको छ । लकडाउन खुलेपछि बजारमा भिड बढ्दै जाँदा र आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदै संक्रमण बढ्ने देखिन्छ ।

५. जनजीवन कष्टकर बन्दै गएका कारण लकडाउन खोलिएको हो । कोरोना संक्रमण घटेर खोलिएको होइन भन्ने आम मानिसले बुझ्नु जरुरी छ । यस्तो वेला झन् बढी सर्तकता अपनाउनु आवश्यक छ । अनिवार्यरुपमा हात धुने, सेनिटाइजर र मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम राख्ने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किने, भिडभाडमा नजाने, संक्रमणको लक्षण देखिएमा तुरुन्त स्वास्थ्य जाँच गर्ने आदि विधिहरु अवलम्बन गर्नुपर्दछ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width