Worldlink ads

कांग्रेस महाधिवेशन र लोकतान्त्रिक अभ्यास

सम्पादक
भाद्र २७, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत यतिखेर चुनावी सरगर्मी बढेको छ । तल्लो तहदेखि माथिल्लो तहसम्मै चुनावी माहोल तातेको छ । कांग्रेसको क्रियाशील सदस्यदेखि गाउँ, नगर, जिल्ला र केन्द्रसम्म नेतृत्वबीच तीव्र प्रतिस्पर्धा देखिन्छ । जीतहारको हिसाबकिताब हुन थालेको छ । जनमानसमा कांग्रेसप्रतिको आकर्षण कमी देखिँदैन । लोकतान्त्रिक पार्टी कांग्रेसको यो महाधिवेशनले दक्षिण एशियाका देशहरूमा भएका राजनीतिक दलको लागि उदाहरण पेश गर्दैछ । कांग्रेसको भावी नेतृत्व चयन कांग्रेसजनको मात्र विषय रहेन, यो आमनेपालीको र अन्तर्राष्ट्रिय चासो पनि यसमा जोडिएको पाइन्छ । कांग्रेसमा सदा आन्तरिक लोकतन्त्रको बलियो जरा छ । त्यसैले पनि यस महाकुम्भलाई अन्तर्राष्ट्रिय राजनीतिका खेलाडीले पनि चासोका साथ हेरेका छन् ।
पार्टीको केही जिल्लामा तल्ला तहको अधिवेशन पूरा भएकोमा केहीमा अधिवेशनको निर्धारित मिति सारिएको छ । कांग्रेस निर्वाचन समितिको बैठकले शुक्रबार अधिवेशनको कार्यतालिका संशोधन गरेको हो । संशोधित कार्यतालिकाअनुसार बाँकी २० जिल्लाका वडा अधिवेशन असोज ५ मा गर्नुपर्नेछ । पालिकाको अधिवेशन भदौ २३ मा गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने भनिएकाले आगामी असोज ९ सम्मलाई सारिएको हो । प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ मा गर्ने, एकमात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ मा गर्ने, एकभन्दा बढी क्षेत्र भएको जिल्लामा असोज १८ मा जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको हो । प्रदेश अधिवेशन कात्तिक १० देखि १२ र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म यथावत रहेको छ ।
त्यसो त तत्कालीन समयमा बनारसमा गठित अखिल भारतीय राष्ट्रिय कांग्रेसको संगठित प्रयासको निरन्तरता र चेतनाको बिस्तारले २००३ माघ १२ र १३ गते कलकत्ताका भवानीपुरमा सम्पन्न भेलाले नेपाली राष्ट्रिय काँग्रेसको जन्म दिएको इतिहास हाम्रा सामु छ । सो सम्मेलनलाई कांग्रेसको प्रथम राष्ट्रिय अधिवेशनका रुपमा लिइन्छ । तत्कालीन अवस्थामा जेलजीवन बिताएका टंकप्रसाद आचार्य सभापति र विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापति बनाइएको थियो । प्रजातन्त्र पुनस्र्थानापछि आठौंदेखि गत १३ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेकोमा अहिले १४ आंै महाधिवेशनको महायज्ञमा होमिएको हो ।
विसं २००३ देखि नेपाली राष्ट्रिय काँग्रेसरुपमा आफ्नो यात्रा थालेको पार्टीले यसबीचमा विभिन्न आरोहअवरोह पार गर्दै आएको छ । २००३ सालको मजदुर आन्दोलनदेखि २००७ सालको प्रजातन्त्रको स्थापना, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्रको पुनःस्थापना, २०६२÷०६३ को दोस्रो लोकतान्त्रिक जनआन्दोलन, संविधानसभाबाट संघीय गणतन्त्र नेपालको संविधान जारी जस्ता देशका प्रमुख राजनीतिक आन्दोलन र अभियानमा नेतृत्वदायी भूमिका खेलेको हामीहरु पाउँछौं । कांग्रेस राणा शासनकालदेखि नै अनवरत रुपमा बहुदलीय लोकतन्त्रका पक्षमा लड्दै आएको पुरानो पार्टी हो । राष्ट्रियता, बहुदलीय प्रतिष्पर्धामा आधारित लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक समाजवादी अर्थराजनीति, व्यक्तिगत स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, यसको मूल्यमान्यता छन् । ती उद्देश्य प्राप्तिसँगै सामाजिक रुपान्तरणमा कांग्रेस सदा अग्रपंक्तिमा छ । यसैले नेतृत्व विकासको महत्वपूर्ण माध्यमका रुपमा महाधिवेशनलाई लिने गरिएकोले कांग्रेसको यो महाधिवेशन पनि सोही अर्थमा लोकतान्त्रिक अभ्यासको बलियो नमुना प्रस्तुत गर्नुपर्छ । त्यसमा सिंगो कांग्रेस कहीं कतै चुक्नु हुँदैन ।

Related News

सम्बन्धित समाचार

    • भीसी विजेता कुलवीरको सालिक

      सम्पादक असाेज १२, २०७८
      बेलायतको अन्डरसटस्थित प्रिन्सेस गार्डेनमा बेलायती सेनाको सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा राइफल म्यान कुलवीर थापाको सालिक…
    • पर्यटनका लागि सुरक्षित पोखरा

      सम्पादक असाेज ११, २०७८
      विश्व पर्यटन दिवसको उपलक्ष्यमा आज संसारभर विभिन्न कार्यक्रम राखेर पर्यटन दिवस मनाइ रहेका छन् । संयुक्त राष्ट्र संघले २७ सेप्टेम्बरका…
    • आमसञ्चार विधेयक फिर्ता गर

      सम्पादक असाेज १०, २०७८
      नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ, कास्की शाखाको आयोजनामा शुक्रबार पोखरामा आयोजित गण्डकी प्रदेश सरकारद्वारा प्रस्तावित…
    • प्रधानमन्त्री देउवाको रेकर्ड

      सम्पादक असाेज ८, २०७८
      प्रधानमन्त्री शेरबहादुर देउवाले साढे २ महिना बिताएर पनि आफ्नो मन्त्रिपषिद्लाई पूर्णता दिन सकेनन् भनेर व्यापक गुनासो आइरहेको बेला बुधबार उनले…
    • परराष्ट्रमा गाम्भीर्यताको अभाव

      सम्पादक असाेज ७, २०७८
      एउटा राष्ट्र सञ्चालनका लागि परराष्ट्र नीतिको ठूलो भूमिका हुन्छ । परराष्ट्र नीतिकै आधारमा छिमेकी राष्ट्र र अन्य मित्र राष्ट्रहरुसँग सम्बन्ध…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads