नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरे लगत्तै देशको राजनीतिले अर्को मोड लिएको छ । कांग्रेसले यो निर्णय लिए लगत्तै गठबन्धन सरकार गठन गर्न मार्गप्रशस्त भएको ठानिएको छ । साथै नेताहरुले दौडधुप पनि सुरु गरेका छन् । यो निर्णय लिन काँग्रेसमाथि ठूलो दबाब परेको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवा यस पटक प्रधानमन्त्री हुन कत्ति पनि आत्तिएको देखिएन । उनले धैर्यधारण गरेर स्थितिको मूल्यांकन गरिरहेका थिए । उनले पार्टीले यस्तो निर्णय लिन स्थिति परिपक्व भइनसकेको टिप्पणी गर्दै धैर्यधारण गरिरहेका थिए । उनले एकातिर माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता गरिनुपर्ने जिकिर गरिरहेका थिए भने अर्काेतर्फ जनता समाजवादी पार्टीको लाइन प्रष्ट हुनुपर्ने भनाइ राखेका थिए । जनता समाजवादी पार्टीको एक पक्ष आफ्नो माग पूरा गर्न सरकारसँग वार्ता गरिरहेको सर्वविदित छ । जसपाको त्यो पक्ष जसले आफ्नो माग पूरा गर्दछ, आफूहरु उतै लाग्ने भन्दै आएका छन् । तिनीहरुले विगतमा गठित धेरै सरकारसँग आफ्नो माग राखेका थिए तर कसैले पनि त्यसको सुनुवाइ गरिदिएन भन्ने तिनीहरुको गुनासो छ । यो सरकारले पनि ती माग पूरा गरेन भने देउवाका लागि पनिे भोलि त्या ठूलो चुनौतीको विषय हुनेछ ।
राजनीतिले नयाँ मोड लिएकाले सरकारका विरोधमा रहेकाहरुमा उत्साहको सञ्चार हुनेछ । तिनीहरु अब के कसो गरेर अघि बढ्ने भन्ने सम्बन्धमा विचार विमर्शमा व्यक्त रहने छन् । विचार विमर्श सुरुआत भइसकेको छ । तर पनि स्थिति त्यति सजिलो र सरल छैन । एक त जनता समाजवादी पार्टीका नेता यस सम्बन्धमा एकै विचारका हुन्छन् कि हुँदैनन्, त्यसमा अझै सन्देह छ । तिनीहरुको सहयोग विना वैकल्पिक सरकार बन्न सक्दैन । यो कुरा संसदको अंकगणितले देखाएको छ । त्यसमा पनि माधव नेपाल पक्ष के कसरी प्रस्तुत हुन्छ भन्ने पनि प्रष्ट छैन । यो परिवर्तनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सबैभन्दा बढी उत्साही भएको हुनुपर्दछ । उनको क्रियाकलापमा शनिवारदेखि नै गति थपिएको छ । सक्रियता बढेको छ । त्यो जे भए पनि कांग्रेसले अन्यौलग्रस्त देशको राजनीतिलाई निकास दिने काम गरेको छ । यो स्वागतयोग्य छ । तर अब ढिलो हुँदैन । रात गए अग्राख पलाउँछ ।
Related News
सम्बन्धित समाचार
मुलुक डुबाउने खेल रोक
वैकल्पिक सरकारका प्रस्ताव
देउवा र प्रचण्डको भेटघाट
राजनीतिमा विश्वासको संकट
अग्रज पत्रकारको अवसान
hero news full width
मुख्य समाचार
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
पोखरामा कोरोना संक्रमितको मृत्यु
वैशाख ६, २०७८गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन वैशाख १३ गतेलाई डाकियाे
वैशाख ६, २०७८लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
वैशाख ६, २०७८कास्कीसहित १४ जिल्ला काेराना अति प्रभावित, पाेखराका स्कुल वैशाखभर खुल्ने छैनन्
वैशाख ६, २०७८जसपाका नेता कार्यकर्ताको मुद्दा फिर्ता, रेशम चाैधरीकाे मुद्दा के भयाे हाेला ?
वैशाख ६, २०७८