यो चुनावको जतिसुकै आलोचना गरे पनि जतिसुकै महँगो भने पनि यसको आकर्षण बढ्दो छ । १ लाख ४५ हजारभन्दा बढीले उम्मेदवारी दर्ता गरेबाट यसको महत्व छर्लंग हुन्छ । यसमा पनि यस पटक जनक्रान्तिको नारा दिएर चुनाव बहिस्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ को समूहले पनि स्थानीय तहमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छ । सो सिके राउतको जनमत पार्टीले पनि आफ्ना कार्यकर्ताहरुलाई उम्मेदवार बनाएको छ । त्यस पार्टीले १ सय ५० भन्दा बढी पालिकामा उम्मेदवारी दिएको जनाएको छ । उता विप्लव समूहका केन्द्रीय सदस्य पनि पालिका अध्यक्षमा प्रत्यासी भएकोले यो चुनावको महत्व अरु बढेको प्रतीत हुन्छ । त्यस पार्टीले पार्टीगत रुपले नै निर्वाचनमा भाग लिन खोजेको थियो तर समय अभावका कारण त्यसले निर्वाचन आयोगमा आफ्नो पार्टी दर्ता गर्न पाएन । निर्वाचन आयोगमा पार्टी दर्ता गर्न नपाएकोले त्यसका नेता र कार्यकर्ताहरुले स्वतन्त्र भएको चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
यो चुनावको अर्को महत्वपूर्ण पक्ष के पनि छ भने यो चुनावको क्रममा हुने महानगर पालिका र उपमहानगरपालिकाका प्रमुख पदमा मन्त्री पदमा बहाल रहेकाहरुले आँखा गाडेका थिए । केही सांसदहरुले सांसद पदबाट राजीनामा गरेरै पनि यसमा उम्मेदवार भएका छन् । माथिल्लो पदमा आसीन तिनीहरु नगर प्रमुख पदमा किन आकर्षित भए, किन लोभिए, यो पनि महत्वपूर्ण कुरा छ । कुनै मानिसको स्वभाव नै हुन्छ कि जहाँ चुनाव हुन्छ, जुन चुनाव हुन्छ, त्यही र त्यसैमा आफूलाई प्रस्तुत गर्ने तिनीहरु आफूभन्दा तलमाथि कुनै पनि पद नपाएका थुप्रै कार्यकर्ता र नेताहरु छन् भन्ने बिर्सन्छन् । जहाँ पनि जुन पदमा पनि तिनीहरु आफैलाई मात्र योग्य सम्झन्छन् ।
नेपालको सन्दर्भमा चुनावको चर्चा गर्दा चुनाव धेरै किसिमको पाउन सकिन्छ । पञ्चायतकालमा धेरै किसिमको चुनावमा परीक्षण गरियो । कुनै बेला सानो दायरामा चुनाव गरिन्थ्यो भने कुनै बेला अर्कै कुनै चुनावमा पञ्चायतइतकाहरु आउलान् भनेर घेरा साँघुरो पारिएको थियो भने कुनै बेला चुनावमा उठ्न वर्गीय संगठनको सदस्यता अनिवार्य पनि गरिएको थियो । गाऊँ फर्क राष्ट्रिय अभियानले जनप्रतिनिधि चुन्ने काम पनि गरिएको थियो । त्यसबेला नेपालको माटो सुहाउँदो व्यवस्था भनेपछि जे–जस्तो गरे पनि हुने अवस्था थियो । प्रजातन्त्रको पुनर्बहालीपछि चुनाव स्वतन्त्र र खुला वातावरणमा आयोजना गर्ने गरिएको थियो । यो चुनावमा सबैले पार्टीगत रुपमा पनि र व्यक्तिगत रुपमा पनि भाग लिन पाउँछन् । यसमा कोही चुनावको परीक्षण गर्ने भनेर आउँछन् भने कोही सदुपयोग गर्ने भनेर आउँछन् । जे जस्तो नारा दिएर आए पनि यसमा प्रवेश निषेध छैन । यो सबैका लागि खुला छ । यो राम्रो कुरा हो । तर केही वर्षदेखि यो चुनाव खर्चिलो र महँगो हुँदै गएको छ । चुनाव महँगो हुँदै गएकोले सर्वसाधारणको पहँुचदेखि बाहिर जाने खतरा बढेको छ । यसमा नियन्त्रण गरिनु आवश्यक छ ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
चैत्र १४, २०८०