Worldlink ads

प्रधानन्यायाधीश राजीनामा देऊ

सम्पादक
मंसिर १४, २०७८

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै नेपालबाट एसोसिएसन र उनकै अदालतका न्यायाधीशहरुले गर्दै आएको विरोध कार्यक्रमले ५ साता पार गरेको छ । विगत ५ सातादेखि अदालतको काम ठप्पप्रायः छ । यसको निकास के कसरी निस्कन्छ भन्नेमा कसैले केही भन्न सकेका छैनन् । नेपाल बार एसोसिएसन प्रधानन्यायाधीशको राजीनामा एकमात्र निकास हो भनेर विरोध कार्यक्रम सशक्त बनाउँदै छ भने प्रधानन्यायाधीश भने राजीनामा दिने पक्षमा देखिंदैनन् । बार एसोसिएसनको विरोध कार्यक्रममा अरु व्यवसायी संगठनहरु पनि सहभागी भएर ऐक्यबद्धता जनाएका छन् । बारले अब राजनीतिक पार्टीका नेताहरुलाई सहयोगका लागि आग्रह गरेका छन् । बारका पदाधिकारीहरुले संसदले प्रधानन्यायाधीशविरुद्धमा महाभियोग लगाउनु पर्नेमा जोड दिँदै छन् ।
सर्वाेच्चमा जतिसुकै लामो अवधि गतिरोध भए पनि टुलुटुलु हेरिरहेका सत्तारुढ पार्टीहरुले पनि गतिरोधको विषयमा छलफल गरी प्रधानन्यायाधीशको बहिर्गमनको लागि पहल गर्ने सहमति भएको समाचार आएको छ । गठबन्धनका नेताहरुले त्यो सहमति गर्नु उनका लागि एक धक्का हो । उनले त्यो कुरा के–कति गम्भीरतापूर्वक लिन्छन्, त्यो उनको कुरा हो तर उनीहरुको त्यस्तो सहमति भएर पनि कुर्सीमा टाँसिरहनु उनकै लागि खतरा हो ।
मानिसका लागि सत्ता भन्ने प्यारो हुन्छ । सत्ता प्यारो हुने भएकाले अनेक छलफल गरेर पनि मानिस सत्तामा टिकिरहन चाहन्छन् । त्यो हामी सबैले बराबर देखेकै कुरा हो । त्यसकारण प्रधानन्यायाधीश राणाले पनि राजीनामा गर्दिन भन्नुलाई अन्यथा मान्न सकिन्नँ । यो सामान्य कुरा हो तर अहिले उनको विरोधमा यत्ति धेरै कुरा बाहिर आएको छ कि ती कुराले उनको बदनाम गरेका छन् । अब जति धेरै समय उनी प्रधानन्यायाधीश रहिरहन्छन्, उति धेरै उनको बदनाम हुने सम्भावना बढी रहन्छ । फेरि उनकाविरुद्ध पूर्वन्यायाधीशहरु पनि लागेका छन् । उनका साथ काम गरेका अन्य न्यायाधीशहरुले समेत उनलाई राजीनामा दिन सल्लाह दिएका छन् । नेताहरुले सर्वाेच्च अदालतको कुरामा आपूmले हात हाल्नु उचित नहुने भन्दै मौन बसिरहेका थिए । तर स्थिति गम्भीर बन्दै गयो । उनले स्थिति सम्हाल्ने अवस्था पनि रहेन । त्यसैले गठबन्धनका शीर्ष नेताहरुले बहिर्गमनको संकेत गरेका हुन् । तिनीहरु सबैको संकेत, सल्लाह, सुझाव दृष्टिगत गरेर प्रधानन्यायाधीश राणाले राजीनामा गरेर गतिरोधको अन्त्य गर्नु आवश्यक छ । यो गतिरोध अभैm लम्ब्याउनु कदापि उचित होइन ।

Related News

सम्बन्धित समाचार

    • विवाद छिटो टुंग्याऊ

      सम्पादक पौष २६, २०७८
      भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हालै आफ्नो पार्टीको चुनावी भाषणको क्रममा भारत सरकारले लिपुलेका भएको बाटो चक्ल्याउने कुरा बताएपछि नेपालमा त्यसको…
    • पोखरामै मिर्गौला प्रत्यारोपण

      सम्पादक पौष २३, २०७८
      पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले चालु आर्थिक वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने निर्णय भएको कुरा बाहिर आएपछि मिर्गाैला पीडित, त्यसका परिवार…
    • दाहाल अध्यक्षमा निर्विरोध

      सम्पादक पौष २१, २०७८
      माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको अध्यक्ष पदमा फेरि निर्वाचित भएका छन् । उनी पार्टीको आठौं महाधिवेशनबाट निर्विरोध भएका छन्…
    • धान किसानलाई छिटो क्षतिपूर्ति देऊ

      सम्पादक पौष १९, २०७८
      हाम्रो देश कृषि प्रधान देश हो । कृषि प्रधान देश भएकाले अधिकांश नागरिकहरु किसान छन् । तिनीहरुको आम्दानीको मुख्य स्रोत…
    • कास्की कांग्रेसको संहिता

      सम्पादक पौष १८, २०७८
      राजनीतिक पार्टीका महाधिवेशनबाट नयाँ–नयाँ पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । भर्खरै निर्वाचित ती पदाधिकारी र सदस्यहरुमा उत्साह छ, उमंग…

    hero news full width