चलचित्र उद्योगको पीडा

सम्पादक
असार ९, २०७७

१. कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि देशमा लकडाउन भएपछि चलचित्र उद्योग पनि नराम्ररी प्रभावित भएको छ । नेपालमा लकडाउन शुरु भएपछि चैत ११ देखि नै सिनेमा हलहरु बन्द भएका छन् । खुला रुपमा चलचित्र निर्माणका कार्य समेत रोकिए पछि तीन हजार भन्दा बढी प्राविधिक, कर्मचारी लगायतको रोजिरोटी गुमेको छ । साथै कलाकारहरु पनि आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसरबाट वञ्चित हुन पुगेका छन् ।

२. अहिले देशमा ५० वटा फिल्म सुटिङ सकेर रहेको र २५ वटा फिल्म प्रदर्शनको मिति कुरेर बसेको जनाइएको छ । लकडाउनकै कारण यस क्षेत्रमा धन्नै सवा अर्व रुपैंया फ्रिज भएर वसेको चलचित्र निर्माता संघका पदाधिकारीले बताएका छन् । तत्कालै हल खुले पनि लगानी उठ्ने सहज अवस्था नभएकोले सरकारले सहुलियत प्रदान गर्नुपर्ने माग गरिएको छ ।

३. चलचित्र क्षेत्रमा देखिएका चुनौती र सम्भावनाबारे चलचित्र पत्रकार संघ कास्कीले हालै पोखरामा चलाएको वहस कार्यक्रममा यस क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुले आफ्नो धारणा राखेका छन् । कलाकार, निर्देशक, हल सञ्चालहरु सहितको सहभागिता रहेको सो कार्यक्रममा लकडाउनपछि परेको प्रभाव र चुनौती पार लगाउने सम्बन्धि धारणा पनि व्यक्त भएको थियो । सयम मै ध्यान दिन सकिएन भने चलचित्र व्यवसायी समेत पलायन हुन सक्ने अवस्था उनीहरुले दर्शाएका छन् ।

४. मनोरञ्जन विषयहरु मध्ये चलचित्र पनि एक हो । ठूलो पर्दामा सिनेमा हेर्नुको आनन्द छुट्टै रहेको यसका पारखीहरु बताउँछन् । दर्शकलाई मनोरञ्जन त छदैछ । यससँग कलाकार, प्राविधिक सहितका ठूलो संख्यामा रोजगारी पनि जोडिएको छ । हल मालिकको भाडाको मात्र कुरो होइन, सरकारले यस क्षेत्रबाट धेरै कर समेत संकलन गर्ने गरेको छ ।

५. हरेक देशमा चलचित्र पनि एक संस्कृति बनेको छ । संस्कृतिको संरक्षणमा पनि चलचित्रको योगदान रहेको छ । स्वस्थ्य मनोरञ्जन र समाजलाई प्रेरणादायी सन्देश दिन चलचित्र निर्माण गर्ने तर्फ सम्बन्धितहरुले ध्यान दिनु पर्दछ । यसैगरी चलचित्र उद्योगलाई बचाउन सबैको साथ सहयोग पनि आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width