बुद्ध जयन्ती परम्परागतरुपमा साप्ताहिक कार्यक्रम राखेर मनाउने गरिएको भए तापनि कोभिड–१९ को महामारीका कारणले बितेका २ वर्ष बुद्धजयन्ती समारोह हुन सकेको थिएन । तर यस पटक २५६६ औं बुद्ध जयन्ती भने विशेष उत्साहका साथ मनाउन सुरु भएको छ । पोखरामा सप्ताहव्यापी कार्यक्रम सुरु हुनुभन्दा पहिले धर्मशिला बुद्धविहारस्थित युवा बौद्ध संघले स्वास्थ्य शिविरको आयोजना गरेर कार्यक्रमको सुरुआत गरेको छ । पोखरामा बुद्धजयन्ती सबै गुम्बा र विहारहरुले संयुक्त रुपमा मनाउने परम्परा छ । बुद्धजयन्ती समारोह समिति कास्कीले सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रमअनुसार २६ गते सोमबार बिहान ध्ये छिङ्ग लिङ गुम्बा दीपबाट एउटा ¥याली प्रारम्भ भई विश्वशान्ति स्तूपा पुगेर विशेष सभामा परिणत हुनेछ ।
एक सातासम्म प्रत्येक विहार र गुम्बामा विभिन्न कार्यक्रमहरु हुने भएको छ । जेठ २ गते देशभर बुद्धजयन्ती मनाउने गरिन्छ । त्यस उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । बुद्धजयन्ती मनाउने चलन व्यापक हुँदै गएको छ । लुम्बिनी विकासको लागि संयुक्त राष्ट्र संघले गुरुयोजना तयार गरेको र बुद्धजयन्तीको अवसरमा राष्ट्र संघका कार्यालय बिदा दिएपछि यसको व्यापकता अरु बढेको छ । गत वर्ष अमेरिकाकी उपराष्ट्रपति ह्यारिस कमलाले राष्ट्रपति भवन ह्वाइट हाउसमा भिक्षु लामाहरु राखेर बुद्धजयन्ती मनाएपछि त्यसको प्रभाव अन्यत्र पनि परेको छ । यस पटक विश्वका विभिन्न भागहरुमा बुद्धजयन्ती मनाउने तयारी गरेको समाचारहरु आइरहेका छन् । बुद्ध फाउन्डेशन युकेले लन्डनस्थित ट्राइफलगर स्क्वायरमा सार्वजनिकरुपले बुद्धजयन्ती मनाउने तयार गरेको समाचार आएको छ । त्यस समारोहमा लन्डन मेयरलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ ।
बाहिरको स्थिति त्यस्तो छ भने लुम्बिनीमा यसपटक बुद्धजयन्ती मनाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएका छन् । यी मन्त्री लेखिँदासम्म उनको आगमनको औपचारिक घोषणा त भएको छैन तर त्यसको तयारी व्यापकरुपले भइरहेको छ । उनले मायादेवी मन्दिरमा पूजा आराधना गरी अशोक स्तम्भमा दीप प्रज्ज्वलन गर्ने छन्, त्यसपछि १ अर्ब भारतीय रुपैयाँ खर्च गरेर एक भव्य विहारको निर्माणका लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनले संयुक्त रुपले शिलान्यास गर्ने कार्यक्रम छ । मोदीको लुम्बिनी आगमनलाई महत्वका साथ हेरिएको छ । उनले यस अघि नै लुम्बिनीको दर्शन अवलोकनमा आउने चाहना व्यक्त गरेका थिए तर कार्यक्रम बनेको थिएन यी सबै कुरालाई नेपालीहरुले गम्भीर किसिमले चिन्तन मनन गर्नुपर्छ र भगवान् बुद्ध र बुद्ध धर्मका कुराहरुलाई आत्मसाथ गरी बुद्धजयन्तीलगायतका समारोहरुमा व्यापक सहभागिता जनाएर आफ्नो राष्ट्रिय विभूतिप्रतिको श्रद्धा र सम्मान व्यक्त गरी गौरवान्वित हुनु वाञ्छनीय देखिन्छ ।
Related News
सम्बन्धित समाचार
विप्लवको पार्टी विभाजित
निर्वाचनमा युवाको सक्रियता
वेद विद्याश्रमलाई हाम्रो शुभकामना !
सरकारको अधुरो कदम
चर्चामा जगन्नाथ पौडेल
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री देउवासँग मुख्यमन्त्री पोखरेलले भने : भृकुटी कागज कारखाना प्रदेशले साझेदारीमा चलाउन चाहन्छ
सौन्दर्य प्रतियोगिता नाममा बलात्कार प्रकरणः आरोपित पाण्डे पक्राउ
जेठ ७, २०७९बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
जेठ ७, २०७९पोखरामा एमालेको वडा खोस्दै कांग्रेस
जेठ ६, २०७९गाउँपालिका अध्यक्षको सपथ
जेठ ६, २०७९मेयरमा अन्तर ३ हजार पार
जेठ ६, २०७९