बिपीको आदर्श नबिर्स

सम्पादक
जेठ ३१, २०७८

बिपी कोइराला नेपाली राजनीतिका आदर्श पुरुष हुन् । नेपाली राजनीतिमा उनको दलमात्र होइन, कम्युनिस्टहरुले पनि बिपीको चिन्तन र विचारको प्रशंसा गरेकै हुन्छन् । कारण थियो उनको समाजवादी चिन्तन । त्यसो त बिपी महात्मा गान्धीका अनुयायी हुन् । तैपनि उनको अर्थतन्त्र र आर्थिक चिन्तन गान्धीको भन्दा फरक थियो । गान्धी आवश्यकता परिपूर्तिका लागि औद्योगिक सहरीकरण र प्रविधिको घोर विरोधी थिए । गान्धीले ग्रामीण स्वराज र आत्मनिर्भर गाउँलाई प्राथमिकता दिन्थे । बिपी मुलुकको विकासका लागि औद्योगिक क्षेत्रलाई सम्भाव्य विकल्पको रुपमा लिन्थे । आर्थिक साधनको अभाव पूर्तिका लागि वैदेशिक सहायतालाई आवश्यक पनि मान्थे । तर पनि सामाजिक रुपान्तरणका लागि बिपी वैदेशिक सहायतामा पूर्णरुपले विश्वास भने राख्दैनथे । उनको मत वैदेशिक सहायता पर्याप्त र दिगो दुबै हुन्न र यसले आर्थिक परनिर्भरता बढाउँछ र राष्ट्रियतालाई कमजोर पार्छ भन्ने थियो । उनका आर्थिक दृष्टिकोणले राजनीतिक रणनीति प्रतिबिम्बित गर्थे । उनको राजनीतिक रणनीति सामन्तवादी सामाजिक राजनीतिक संस्कारलाई प्रत्याक्रमण गर्ने हुन्थ्यो ।

बिपीको अर्थतन्त्र र आर्थिक चिन्तन स्पष्ट थियो । बिपीको दृष्टिकोण अनुसार आर्थिक प्रजातन्त्रका लागि राजनीतिक प्रजातन्त्र आवश्यक छ । उनले अर्थतन्त्र र आर्थिक विकासका लागि पूर्णरुपले विकसित प्रजातान्त्रिक समाज र समाजवादको सिद्धान्त चाहिन्छ भन्थे । अर्थतन्त्रको आर्थिक रुपान्तरणको ढाँचा आफ्नै स्थानीय आधार हुनुपर्छ, समानतामा आधारित सहभागितात्मक उत्पादन प्रक्रियामा राज्यको अभिभावकीय भूमिका रहनुपर्ने उनको धारणा थियो । राज्यले नागरिकलाई उनीहरुको क्षमताले सकेसम्मको परिश्रम गरी उत्पादन गर्न प्रेरित गर्नुपर्ने बिपीको अर्थतन्त्र र आर्थिक चिन्तन थियो । उनको विचारमा भूमिमा मात्र निर्भर रह्यो भने विकास महँगो पर्छ । भूमिबाट आउने राजस्वले मात्रै विकासको आधार धान्न सक्तैन । भूमिको उत्पादकत्वमा निर्भर हुने हो भने स्वच्छ समाजवाद जोखिममा पर्छ । त्यसैले मुलुकको विकासको लागि औद्योगिक क्षेत्र सम्भाव्य विकल्प हुनसक्छ । समाजमा विद्यमान सामाजिक विकृति, सामाजिक असमानताहरु औद्योगीकरणबाटै परिवर्तन गर्न सकिन्छ । तसर्थ यसलाई गति दिने काम सार्वजनिक र निजी दुबै क्षेत्रले गर्न सक्छन् ।

संघीयता कार्यान्वयन भएपछि बनेको प्रदेशमा पहिलोपटक नेपाली कांग्रेसले नेतृत्व गर्ने अवसर पाएको छ । उनै बिपीको विचारबाट प्रभावित भएका सादगी नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्री भएका छन् । नागरिकहरु अब विकास र समृद्धि चाहन्छन् । त्यसो त समयअनुसार विकासको मोडल परिवर्तन भएको छ । ग्रामीण भेगमा दैनिक सहज बनाउने खालका पूर्वाधारको खाँचो छ । सहरी भेगमा अवस्था फरक छ । पूर्वाधारसँगै प्रविधिको खाँचो छ अहिले । नेताहरु सुविधाभोगी भएर होइन कि नागरिकका आवश्यकता पहिचान गरी प्राथमिकताक्रम तोकेर काम गर्नु जरुरी छ । सुविधा र खर्चसँग जोडिएका निर्णय गर्दा कम्तीमा बिपीलाई स्मरण गर ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width